विविध

बुटवलमा जारी मेलामा दर्शकको भिड

बुटवलमा जारी मेलामा दर्शकको भिड

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, राेचक जानकरी, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल बुटवलमा रोट्र्याक्ट क्लब अफ बुटवल साउथद्वारा आयोजित फिस टनेल एण्ड दुबई सिटी सांस्कृतिक तथा रमाइलो मेलामा दर्शकको भिड लागेको छ।कार्तिक १३ गतेदेखि जारी मेला मंसिर २ गतेसम्म चल्नेछ।बुटवल ११ देविनगर रंगशालामा सञ्चालित मेलामा शनिबार दर्शकको भिड उत्साहजनक रहेको थियो।उक्त मेलाका पछिल्ला दिनहरूमा दर्शकको उल्लेख्य सहभागिता रहेको छ।शनिबार कलाकारहरू वद्री पंगेनी र ज्वति मगरसंगै वसन्त लम्साल लगायतका स्थानिय कलाकारहरूले दर्शकलाई झमझमी नचाएको माहोल सांच्चिकै मनमोहक देखिन्थ्यो।यसैगरी प्रत्येक दिन राष्ट्रिय साथै स्थानीय कलाकारहरुको प्रस्तुती रहने क्लब सचिव शंकर काफ्लेले जानकारी दिए। मेलाको सबैभन्दा बढी आकर्षक फिस टनेलमा राखिएका 'जल परी' र दुबई सिटी, भारतको प्रसिद्ध मन्दिर वैष्णवदेवी, नेपालका विभिन्न पर्यटकीय स्थलहरूको प्रतिरूप रहेका छन्।'जल परी'को रूपमा सिसाको फ्रेमभित्र राखिएका युवती...
समाजमा विकृति देखिनु हरेक विधाको क्षमता गुणात्मक रुपमा बृद्धि नहुनु हो : सम्पादक केसी

समाजमा विकृति देखिनु हरेक विधाको क्षमता गुणात्मक रुपमा बृद्धि नहुनु हो : सम्पादक केसी

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीदैनिक लुम्बिनी पत्रिकाका सम्पादक तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष शेरबहादुर केसीले अहिले समाजमा विषेशत नेपालमा राजनीति, उद्यम-व्यवसाय, कर्मचारी, पत्रकारितालगायत हरेक विधामा विकृति देखिनु क्षमतामा गुणात्मक रुपमा वृद्धि नहुनु भएको वताएका छन्।पत्रकार महासंघ रुपन्देहीको आयोजनामा गरिएको नियमित श्रृंखला "नलेज सिरिज" कार्यक्रम"नयाँ सोच ,नयाँ सुरुवात "मा पत्रकारसंगको अन्तर्क्रियामा केसीले देशमा अहिले देखिएको समस्या समाधानका लागि सवै विधाका नागरिकले आफुलाई गुणात्मक सुधार गर्नु पर्ने वताएका हुन्।बिहीबार बुटवलमा सम्पन्न कार्यक्रममा वोल्दै उनले आफ्नो२५ वर्षको पत्रकारिता अनुभवमा आफुले पनि अझै वढि गर्न सकिन्थ्यो कि भन्ने लागेको वताएका हुन्।कार्यक्रममा उनले कुनै पनि क्षेत्रमा काम गर्न इच्छा, क्षमता लगनशीलता हुनुपर्ने र लहडमा र वाध्यताले सफल नहुने धारणा राखेका हुन्।आफ्नो सं...
रुपन्देही उद्योग संघको अधिवेशन : सर्वसम्मत नेतृत्व चयन गर्न उद्योगीहरुको बिचमा छलफल

रुपन्देही उद्योग संघको अधिवेशन : सर्वसम्मत नेतृत्व चयन गर्न उद्योगीहरुको बिचमा छलफल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देहीरुपन्देहीका उद्योगीहरुको छाता संस्था रुपन्दही उद्योग संघको ४७ औं साधारण सभा तथा २४ औं अधिवेशनको चर्चा संगै संघको नेतृत्वको आकांक्षीहरुका बिचमा छलफल सूरु भएको छ। कार्तिक २२ गते हुने अधिवेशन तथा साधारणसभा तथा अधिवेशनबाट चयन हुने नया नेतृत्व सर्वसम्मत बनाउने प्रयत्नमा संघको पुर्व नेतृत्व र बर्तमान नेतृत्व देखिएको छ। अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, सचिव[ (महिला), सहकोषाध्यक्ष गरी ९ पदाधिकारी र एशोसिएट, आजिवन, संस्थागत, खुल्ला र बिभिन्न क्षेत्रगत गरी २१ जना सदस्यहरुको निर्वाचन गर्नेछ। संघको ३३ सदस्यीय कार्यसमितीमा एकजना निवर्तमान अध्यक्ष र २ जना सदस्य अध्यक्षले मनोनित गरी ३३ सदस्यीय कार्यसमिती रहने ब्यवस्था संघको बिद्यानमा ब्यवस्था छ। संघका अध्यक्ष दिलिप सापकोटाले नेतृत्वबाट बिदा लिने निश्चित गरेपछि बरिष्...
प्रतिष्ठानको कल्याणकारी कोषका लागि देउसी भैलो

प्रतिष्ठानको कल्याणकारी कोषका लागि देउसी भैलो

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
मिलन गाहा बुटवललोक दोहोरी प्रतिष्ठान नेपाल रुपन्देहीले संस्कृतीको संरक्षणमा कलाकार कल्याणकारी कोषका लागी देउसी भैलो समपन्न गरेको छ । कलाकारको बिभीन्न समस्या समाधान गर्ने उदेश्य का साथ रास्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल जिल्ला कार्यसमिति रुपन्देही को आयोजनामा आयोजित कार्यक्रममा अध्यक्ष बिजय सापकोटाको नेतृत्वमा भएको हो । देउसी भैलो कार्यक्रममा सस्था का पुर्व केन्द्रिय सचिव प्रचण्ड जिसि केन्द्रिय सदस्य पुरुर्र्षेोतम भण्डारी पुर्खे बा, केन्द्रिय सदस्य सुशील गौतम, सस्थाका लुम्बिनी प्रदेश कमिटि बरिस्ठ उपाध्याक्ष दामोदर बस्याल,प्रदेश सचीव योगराज पोख्रेल ,गुल्मि जिल्ला अध्यक्ष चर्चित गाइका शिलु भट्टराई लगाएत प्रदेश कमिटि र रुपन्देही जिल्ला का सम्पुर्ण पदाधिकारी तथा सदस्य सस्थाका आजिवन सदस्य साधारण सदस्य हरूको उपस्थीती रहेको सचीब बिधान कार्कीले बताए ।कल्याण्कारी कोष जस्तो...
अध्यक्षको जन्मदिनमा गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजले गर्यो रक्तदान कार्यक्रम

अध्यक्षको जन्मदिनमा गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजले गर्यो रक्तदान कार्यक्रम

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलगुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजले अध्यक्ष बुद्धि प्रसाद ज्ञवालीको जन्मदिनमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।अध्यक्ष ज्ञवालीले फजुल खर्चलाई कम गरी मानवीय सेवा र धर्मको लागि सक्रियतापूर्वक आफ्नै खर्चद्वारा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन्। मंगलबार बुटवल रक्तसञ्चार केन्द्रमा गरिएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका हुन्।कार्यक्रममा सम्पर्क समाज को तर्फबाट सल्लाहकार बिन्दु गौतम, पुर्व अध्यक्ष बिर बहादुर क्षेत्री ,उपाध्यक्ष गिरिराज पन्त , हरि गौतम ,रामप्रसाद ज्ञवाली र नेपाल नियमित रक्तदाता संघको तर्फबाट केन्द्रीय उपाध्यक्ष लेखनाथ भण्डारी ,महासचिव दीपक अधिकारी, सचिव मञ्जु गिरी ,सदस्य गंगा विश्वकर्मा, तिलोत्तमा शाखाका अध्यक्ष लक्ष्मण पन्त, नेपाल औषधि थोक व्यवसायि सङ्घको तर्फबाट जिल्ला अध्यक्ष कृष्ण जिसी , सचिव मणि तिवारी ,कोषाध्यक्ष महेश पन्थी ,साथै नेपाल आयुर...
किन जाने बुटबलको सिद्धार्थ केवलकार

किन जाने बुटबलको सिद्धार्थ केवलकार

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलविकासको बढ्दो स्वरूप संगै मानिसलाई इतिहास ,प्रकृति ,धार्मिक, सांस्कृतिक ,पुरातात्विक जस्ता विषयहरु अत्यन्त महत्वपूर्ण हुन्छन्।मानिसले यी विविध पक्षहरूसँगै रमाउने वातावरणको अपेक्षा राखेको हुन्छ। जसका लागि प्राकृतिक सम्पदाहरू, धार्मिक सम्पदाहरू, ऐतिहासिक सम्पदाहरु, सांस्कृतिक सम्पदाहरु, पुरातात्विक सम्पदाहरु लाई आधुनिक प्रविधिसँगै श्रव्य, दृश्य अध्ययन , अवलोकन गरी मानिस रमाउन चाहन्छन्। जसका लागि आधुनिक प्रविधिमा यात्रा गरी प्रकृतिको मजा लिँदै धार्मिक, सांस्कृतिक, पुरातात्विक , प्राकृतिक पक्षहरूको अवलोकन गर्दै आनन्दित दिने गन्तव्य बनेको छ केवलकार। रूपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड नं १ देउराली डाँडाबाट पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वार्ड नम्बर २ नुवाकोट गढीसम्म पुग्ने २ कि.मि. दुरीको सिद्धार्थ केवलकार सुचारु भईरहेको छ। केवलकारमा सामुद्रिक सतहदेखि ८ सय मिटर उचाइमा रहेको...
विद्युत प्राधिकरणले लाइन काटेपछि रुपन्देहीका उद्योगी आन्दोलित

विद्युत प्राधिकरणले लाइन काटेपछि रुपन्देहीका उद्योगी आन्दोलित

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज
रूपन्देहीरुपन्देहीका दर्जनबढी उद्योगमा विद्युत लाईन काटिएपछि उद्योगी व्यवसायीहरुले बुधबार आन्दोलनको घोषणा गरेका छन् । आफूहरुले माग नै नगरेको ट्रंकलाइनको नाममा जबरजस्ती विद्युत महशुल तिराउन खोजिएको र नतिरेपछि उद्योगको लाईट काटिएको भन्दै उद्योगीहरु आक्रोसित बनेका छन् । उनीहरुले काटिएको लाईन नजोडिएको भन्दै आन्दोलनको घोषणा गरेका छन् ।उद्योगहरुले पहिलो चरणको कार्यक्रम अन्तर्गत कार्तिक १३ गते बिहिवार धर्नामा बस्ने जानकारी दिएका छन् । बुधबार रुपन्देहीको भैरहवास्थित सिद्धार्थ उद्योग वाणिज्य संघमा बसेको उद्योगी–व्यवसायी सम्बद्ध विभिन्न संघ–संस्था, श्रमिक संगठनका प्रतिनिधि, लाईन काटिएका उद्योगका प्रतिनिधिसहितको बैठकले बिहिवार एक घण्टा धर्ना दिने निर्णय गरेको हो ।सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले भोली बिहान ११ देखि १२ बजे नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्र अग...
सर्वोच्चमा बहस, अन्तरिम आदेशबारे बहस केन्द्रित गर्न न्यायाधीशहरूको आग्रह

सर्वोच्चमा बहस, अन्तरिम आदेशबारे बहस केन्द्रित गर्न न्यायाधीशहरूको आग्रह

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमान्डौ संवैधानिक इजलासमा रहेका न्यायाधीशहरूले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहसलाई अन्तरिम आदेशको विषयमा केन्द्रित गर्न आग्रह गरेका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारसमेत उक्त मुद्दामाथि निरन्तर बहस जारी छ । आजका बहसकर्तामध्ये अधिवक्ता प्रेमराज सिलवाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले आफ्नो पक्ष राखिसकेका छन् । बहसका क्रममा इजलासका न्यायाधीशहरूले कानुन व्यवसायीहरूलाई अन्तरिम आदेश जारी गर्ने विषयलाई मुख्यरूपमा स्पष्ट गर्न अनुरोध गरेका छन् ।न्यायाधीश कुमार रेग्मीले सोधेका छन्, “अन्तरिम आदेश दिएर निर्वाचन रोक्ने कुरा हो भने, त्यसले त मुलुककै कार्यसम्पादन ठप्प पार्ने होइन र ?” त्यस्तै न्यायाधीश सपना प्रधान मल्लले प्रश्न गरिन्, “अन्तरिम आदेश जारी गर्नुपर्ने कि नपर्ने ? यदि गर्नुपर्ने हो भने, कुन–कुन विषयमा आदेश दिन सकिन्छ ?”अन्य न्यायाधीशहरूले पनि यस्तै ...
छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ दिइँदै

छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ दिइँदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँकार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ दिइँदै छ ।बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका बर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूर्यले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने प...
तिहार सकियो : शुरू भयो छठ पर्वको चहलपहल

तिहार सकियो : शुरू भयो छठ पर्वको चहलपहल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाण्डौ यस वर्षको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । तराइ–मधेशमा छठ पर्वको आवश्यक तयारी र चहलपहल शुरू भएको छ । छठपर्व कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ । छठपर्व नजिकिँदै गर्दा तराइ मधेशका पोखरी तथा नदी किनारामा सिँगार्ने काम भइरहेको छ । कतिपय पोखरीका घाटमा सरसफाइ गरिएको छ । तराइमा छठको छुट्टै महत्व रहेको छ । मिथिलाञ्चलको पौराणिक महत्व बोकेको वीरगञ्जमा रहेको घडिअर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर, रानीघाटसहितका पोखरीलाई स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ ।वीरगञ्जको घडीअर्वा पोखरीमा दुई दशकभन्दा अगाडिदेखि छठ पर्व मनाउँदै आइरहेको छ । यस वर्ष छठ पर्वको मुख्य दिन यही कात्तिक १० गते कात्तिक शुक्ल षष्ठीको दिन परेको छ । ...