बुटवलमा शुक्रबारदेखि ५ दिने बुटवल खाना महोत्सव हुँदै
Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलहोटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि बुटवलमा ‘बुटवल खाना महोत्सव’ आयोजना हुने भएको छ ।संघले मंसिर ११ गते शुक्रबारदेखि मंसिर १५ गतेसम्म बुटवलस्थित देवीनगर रंगशालामा महोत्सव सञ्चालन गर्न लागेको हो । महोत्सवमा सहभागी हुन आयोजकले सम्पूर्ण उद्योगी, व्यवसायी, संघसंस्था, सञ्चारकर्मी तथा आम नागरिकलाई हार्दिक निमन्त्रणा गरेको छ ।संघले विहिवार बुटवलमा पत्रकार सम्मेन गर्दै सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।स्थानीय खानाका परिकार, नेपाली स्वाद, संस्कृति तथा पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।महोत्सवमार्फत स्थानीय उत्पादनको प्रवद्र्धन गर्नुका साथै नेपाली खानाको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने लक्ष्य राखिएको छ ।आयोजकले स्थानीय उत्पादनको प्रयोग तथा प्रवद्र्धन गर्दै नेपाली खानाको मौलिक स्वाद...








