ऐतिहासिक,धार्मिक र पुण्यभुमी लुम्बिनी प्रदेशले समग्र राष्ट्रलाई दिशानिर्देश गरोस् : महानिरीक्षक कार्की
Breaking news 1, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज
बुटवलनेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले ऐतिहासिक, धार्मिक र पुण्यभुमी लुम्बिनी प्रदेशबाट शान्त र समृद्ध समाज निर्माणको शुरुवात भएको वताएका छन्।नेपाल प्रहरी लुम्बिनी प्रदेशको आयोजनमा जेष्ठ ३० देखि असार १ गते सोमबार तिन दिन सम्म सञ्चालन गरिएको सार्वजनिक सुरक्षा, सामाजिक जिम्मेवारी र सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ फरक-फरक स्थानमा तीनवटा विशेष कार्यक्रम गरि बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सम्पन्न गरिएको कार्यक्रमको समापनमा आईजिपी कार्कीले गौतम बुद्धको प्रदेशले हरेक हिसाबले अगुवाई गरोस् भन्ने अपेक्षा समेत रहेको वताएका छन्।उनले जानेर बुझेर मात्र दायित्व पूरा नहुने व्यवहारमा अंगाल्नु पर्ने औल्याएका थिए।कार्कीले हरेक नागरिक श्रृजनशील हुन आवश्यक रहेको र हिड्नेलाई ठेस लाग्छ तर हार खान नहुने वताएका थिए।व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सामुहिकताको भावना जागृत गर्नु दायित्व...








