विद्युत प्राधिकरणले लाइन काटेपछि रुपन्देहीका उद्योगी आन्दोलित


रूपन्देही
रुपन्देहीका दर्जनबढी उद्योगमा विद्युत लाईन काटिएपछि उद्योगी व्यवसायीहरुले बुधबार आन्दोलनको घोषणा गरेका छन् । आफूहरुले माग नै नगरेको ट्रंकलाइनको नाममा जबरजस्ती विद्युत महशुल तिराउन खोजिएको र नतिरेपछि उद्योगको लाईट काटिएको भन्दै उद्योगीहरु आक्रोसित बनेका छन् । उनीहरुले काटिएको लाईन नजोडिएको भन्दै आन्दोलनको घोषणा गरेका छन् ।
उद्योगहरुले पहिलो चरणको कार्यक्रम अन्तर्गत कार्तिक १३ गते बिहिवार धर्नामा बस्ने जानकारी दिएका छन् । बुधबार रुपन्देहीको भैरहवास्थित सिद्धार्थ उद्योग वाणिज्य संघमा बसेको उद्योगी–व्यवसायी सम्बद्ध विभिन्न संघ–संस्था, श्रमिक संगठनका प्रतिनिधि, लाईन काटिएका उद्योगका प्रतिनिधिसहितको बैठकले बिहिवार एक घण्टा धर्ना दिने निर्णय गरेको हो ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले भोली बिहान ११ देखि १२ बजे नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्र अगाडि धर्ना दिने कार्यक्रम रहेको जानकारी दिए । उनले उक्त कार्यक्रममा उद्योगी–व्यवसायी, व्यवसायिक संघ–संस्था, श्रमिक, कर्मचारीको सहभागीता रहने बताए ।
अन्य कार्यक्रमपछि पछि सार्वजनिक गरिने उनले जानकारी दिए । अध्यक्ष आचार्यका अनुसार १३ वटा उद्योगमा विद्युतको लाइन काटिएको छ । पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहूले उद्योगीलाई अन्याय भएको र नेपाल विद्युत प्राधिकरणले निशर्त रुपमा विद्युतको लाइन नजोडेसम्म अन्य वक्यौता पनि नतिर्ने बताए । जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमले सरकारले गलत निर्णयका कारण उद्योग बन्द भइ श्रमिक मर्कामा परेको बताउनुभयो । उहाँले १५ हजार बढी मजदूर बेरोजगार हुने अवस्थामा रहेको बताए ।

भोलीको धर्ना कार्यक्रममा श्रमिक संगठनको उपस्थिति रहने उनले जानकारी दिए ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...