सर्वोच्चमा बहस, अन्तरिम आदेशबारे बहस केन्द्रित गर्न न्यायाधीशहरूको आग्रह


काठमान्डौ

संवैधानिक इजलासमा रहेका न्यायाधीशहरूले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहसलाई अन्तरिम आदेशको विषयमा केन्द्रित गर्न आग्रह गरेका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारसमेत उक्त मुद्दामाथि निरन्तर बहस जारी छ । आजका बहसकर्तामध्ये अधिवक्ता प्रेमराज सिलवाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले आफ्नो पक्ष राखिसकेका छन् ।

बहसका क्रममा इजलासका न्यायाधीशहरूले कानुन व्यवसायीहरूलाई अन्तरिम आदेश जारी गर्ने विषयलाई मुख्यरूपमा स्पष्ट गर्न अनुरोध गरेका छन् ।
न्यायाधीश कुमार रेग्मीले सोधेका छन्, “अन्तरिम आदेश दिएर निर्वाचन रोक्ने कुरा हो भने, त्यसले त मुलुककै कार्यसम्पादन ठप्प पार्ने होइन र ?”

त्यस्तै न्यायाधीश सपना प्रधान मल्लले प्रश्न गरिन्, “अन्तरिम आदेश जारी गर्नुपर्ने कि नपर्ने ? यदि गर्नुपर्ने हो भने, कुन–कुन विषयमा आदेश दिन सकिन्छ ?”
अन्य न्यायाधीशहरूले पनि यस्तै प्रश्न उठाउँदै कानुन व्यवसायीहरूलाई अन्तरिम आदेशको दायरा, प्रभाव र संवैधानिक औचित्यबारे विस्तृत रूपमा तर्क प्रस्तुत गर्न सुझाएका छन् ।

उक्त संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन् ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...