विद्युतीय व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान, पर्वहरू जस्तै जिवनपनि उज्यालो होस् भनी गरे कामना
रुपन्देहीरुपन्देही विद्युतीय व्यवसायी संघले आउंदै गरेका वडादशैं, दिपावली र छठ पर्वको अवसरमा व्यवसायीविच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।शनिबार बुटवलमा सम्पन्न कार्यक्रम जिल्ला अध्यक्ष केशव कुमार सिंह 'सुजित' को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वोल्दै नेपाल विद्युतीय व्यवसायी महासंघका तृतीय उपाध्यक्ष प्रकाश चन्द्र पाण्डेयले व्यवसायीक सफलता,सुख,शान्ति समृद्धिको शुभकामना व्यक्त गर्दै उज्यालो पर्व र उज्यालो विद्युत् व्यवसायीको भविष्य उज्यालो रहेको वताउदै, महासंघ र जिल्ला संघको सम्वन्ययात्मक भुमिका रहने कुरामा विश्वस्त रहेको धारणा राखेका थिए। निवर्तमान अध्यक्ष शान्ताराज खरालले व्यवसायमा प्रतिस्पर्धा रहेपनि सम्वन्धमा एकता रहोस् , व्यवसायीक सफलता मिलोस् भनी शुभकामना दिएका थिए। केन्द्रीय सल्लाहकार तथा संस्थापक अध्यक्ष अनन्तमान थैवले उज्यालोको व्यवसाय गर्ने विद्युतीय व्यवसायीको जि...








