बुटवलका सफल व्यवसायी, समाजसेवी थैवको अगुवाईमा बाढी प्रभावितका लागि २ लाख ४४ हजार सहयोग
बुटवलरसुवा भोटेकोशी बाढी प्रभावितको राहात तथा उद्धारका लागि बुटवलका सफल व्यवसायी एवं समाजसेवी अनन्तमान थैवको पहलमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा २ लाख ४४ हजार ८ सय ५० रुपियाँ सहयोग गरेका छन्।
थैवले व्यक्तिगत १ लाख १ हजार र उनको अगुवाई रहेको व्यायाम गर्ने सामाजिक संस्था सुनौलो बिहानी फुर्तिलो समुहका सदस्यहरुले १ लाख ४३हजार ८सय ५० गरी जम्मा २ लाख ४४ हजार ८ सय ५० रुपैयाँ सहयोग गरेका हुन्।
थैव बुटवलका पुराना व्यवसायी एवं रुपन्देही विद्युतीय व्यवसायी संघका संस्थापक अध्यक्ष हुन्। उनले स्वास्थ्यका लागि व्यायाम भन्ने उद्देश्यले रुपन्देहीमा सुनौलो बिहानी फुर्तिलो समुह नामको व्यायाम समुह समेत स्थापना गरी दैनिक हजारौंलाई व्यायाम गर्ने बाताबरण मिलाएका छन्।
प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा सहयोग गर्दै उनले "अहिले नेपाल र हामी नेपालीमा ठुलो पिडा परेको छ,धैरै ...








