Breaking news 1

भारत भ्रमणमा प्रधानमन्त्रीबाट खोजिएको मुख्य नतिजा

भारत भ्रमणमा प्रधानमन्त्रीबाट खोजिएको मुख्य नतिजा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार, समाज
काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण नेपाल–भारत सम्बन्धलाई गुणात्मक ढंगले अघि बढाउँदै दीर्घकालीन राष्ट्रिय हितका एजेन्डा प्रभावकारी रूपमा प्रस्तुत गर्ने अवसर हो।भ्रमणमा व्यापार घाटा न्यूनीकरण, भारतीय लगानी आकर्षण, नेपाली कृषिजन्य वस्तुको निकासी अवरोध हटाउने, नयाँ हवाईमार्ग र जलविद्युत् व्यापारका विषयलाई प्राथमिकता दिनुपर्छ।सीमा विवाद, पञ्चेश्वर आयोजना, ईपीजी प्रतिवेदन तथा विपद् जोखिम न्यूनीकरण संयन्त्रजस्ता जटिल विषयमा राजनीतिक तहको संवाद र निरन्तर कूटनीतिक पहल आवश्यक छ।नेपालले सबै किसिमका समस्या समाधानका लागि कूटनीतिक संवादलाई जोड दिँदै आएको छ । प्रधानमन्त्रीको भ्रमण त्यस्तै अवसर हो । यद्यपि, लामो समयदेखि विवादित विषय तत्कालै नटुंगिन सक्छन् । तर, त्यस्ता विषयमा आफ्ना सरोकार राख्नबाट भने पन्छिनु हुँदैन । कूटनीतिमा आफ्नो एजेन्डाको निरन्तरता महत्त्वपूर्ण हुन्छ ।६–७ मंसिरमा ह...
पत्रकार महासंघले गर्‍यो आन्दोलनका कार्यक्रम घोषणा

पत्रकार महासंघले गर्‍यो आन्दोलनका कार्यक्रम घोषणा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँनेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकारको सुनिश्चितताका लागि सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रमबारे जानकारी दिएका हुन्।समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायसहित प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याउनेमाथि हालसम्म कारबाही नभएको भन्दै महासंघले आन्दोलन घोषणा गरेको हो।त्यस्तै, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गर्दै आएको रकम प्रेस काउन्सिल नेपालको ...
यी हुन् यो वर्षका २० उत्कृष्ट करदाता

यी हुन् यो वर्षका २० उत्कृष्ट करदाता

Breaking news 1, जीवनशैली, ताजा अपडेट, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँयो वर्षका लागि उत्कृष्ट २० करदाताको नाम घोषणा भएको छ । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८३ को अवसरमा विषयगत क्षेत्रतर्फ सबैभन्दा धेरै कर तिर्ने उत्कृष्ट करदाताहरूको विवरण घोषणा गरेको हो ।विभागमा आयोजित कर दिवस समारोहमा सार्वजनिक गरिएको विवरणअनुसार निकायमध्ये सबैभन्दा धेरै आयकर दाखिला गर्ने करदातामा सूर्य नेपाल परेको छ भने व्यक्तिगत आयतर्फ राजबहादुर शाह उत्कृष्ट करदाता घोषित भएका छन् । त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ हिमालयन डिस्टिलरी लिमिटेडले सबैभन्दा धेरै कर तिरेको छ । बैंकिङ क्षेत्रबाट नबिल बैंक, पर्यटन व्यवसायबाट सोल्टी होटल लिमिटेड र सूचना प्रविधितर्फ तिन फाइनाइट सर्भिसेस नेपाल उत्कृष्ट करदाता बनेका छन् । प्रतिकूल व्यावसायिक अवस्थाका बाबजुद एक्सेप्सनल बिजनेस विधातर्फ भाटभटेनी सुपरमार्केटउत्कृष्ट करदाताको सूचीमा परेका छन् । भाटभटेनीको तर्फबाट सावित...
नियमित योग-व्यायाम: स्वस्थ शरीर

नियमित योग-व्यायाम: स्वस्थ शरीर

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, लेख रचना, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय
मानव जीवन प्रकृतिले दिएको एक अनुपम र दुर्लभ उपहार हो। यस जीवनलाई सार्थक, सफल, उत्पादनशील र आनन्दमय बनाउनका लागि सबैभन्दा आधारभूत तथा अनिवार्य सर्त नै 'स्वस्थ शरीर' हो। जीवनका सम्पूर्ण कर्तव्य, धर्म र लक्ष्यहरू पूरा गर्ने पहिलो र प्रमुख साधन नै शरीर हो। यदि शरीर अस्वस्थ, रोगी, अशक्त वा कमजोर छ भने संसारका जतिसुकै भौतिक सुख-सुविधा, धन-सम्पत्ति, मान-सम्मान र पद-प्रतिष्ठा भए पनि ती सबै निरर्थक साबित हुन्छन्।आधुनिक युगको तीव्र प्रतिस्पर्धात्मक र व्यस्त जीवनशैली, अस्वस्थ खानपान, मानसिक तनाव तथा शारीरिक निष्क्रियताका कारण आज मानिस विभिन्न किसिमका शारीरिक तथा मानसिक रोगहरूको शिकार बनिरहेको छ। यस्तो विषम परिस्थितिमा शरीरलाई निरोगी, फुर्तिलो र ऊर्जावान् राख्नका लागि 'नियमित योग र व्यायाम' एक अचुक औषधि र सर्वोत्तम जीवनशैलीका रूपमा स्थापित भएको छ।योग र व्यायामको अर्थ तथा अन्तरसम्बन्धसामान्य अर्थ...
निर्वाचनको मिति घोषणा हुँदै, निर्वाचन आयोगले दियो चैत ५ को डेडलाइन

निर्वाचनको मिति घोषणा हुँदै, निर्वाचन आयोगले दियो चैत ५ को डेडलाइन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारले स्थानीय तह निर्वाचनको मिति घोषणाको तयारी थालेको छ । निर्वाचन आयोगको परामर्शपछि सरकार निर्वाचनको मिति घोषणाको तयारीमा जुटेको हो ।२०७९ वैशाखमा निर्वाचित भएका जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा २ महिनअघि निर्वाचन हुनुपर्ने कानूनी व्यवस्था छ । २०७९ जेठ ५ गतेबाट अहिलेका जनप्रतिनिधिले काम थालेको मितिलाई गणना गर्दा चैत ५ सम्म निर्वाचन गर्न सकिने गरी आयोगले राय दिएको छ ।निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाल प्रेससँग कुरा गर्दै आयोगले स्थानीय तह निर्वाचनका लागि उपयुक्त मिति सरकारलाई सुझावका रुपमा दिइसकेको बताए । भट्टराईले भने- स्थानीय तह निर्वाचनका लागि १२० दिन (४ महिना) समय कानूनले भनेको छ । अहिलेका जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा २ महिनाघि निर्वाचन गर्नुपर्ने भएकाले आयोगले चैतको मिति सुझाएको छ । अब सरकारले उपयुक्त मितिमा निर्वाचन घोषणा गर्छ । चैत ५ भित्...
अन्तरिक्षमा भेटियो विज्ञानको नियमलाई चुनौती दिने ‘अदृश्य पिण्ड’

अन्तरिक्षमा भेटियो विज्ञानको नियमलाई चुनौती दिने ‘अदृश्य पिण्ड’

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंखगोलविद्हरूको एक टोलीले ‘लार्ज स्काई एरिया मल्टी-अब्जेक्ट फाइबर स्पेक्ट्रोस्कोपिक टेलिस्कोप’ (लामोस्ट) र ‘अपाचे पोइन्ट अब्जर्भेटरी ग्यालेक्टिक इभोल्युसन एक्सपेरिमेन्ट’ (अपोजी) बाट प्राप्त तथ्याङ्क अध्ययन गरी हालै एउटा रेड जायन्ट स्टारसँगै रहेको अदृश्य बाइनरी साथी पहिचान गरेका छन्। उक्त साथी पिण्डलाई प्रत्यक्ष रूपमा दूरबिनबाट हेर्न नसकिए तापनि खगोलविद्हरूले रेड जायन्ट स्टारमा परेको त्यसको गुरुत्वाकर्षण प्रभाव भने स्पष्ट देख्न सक्छन्।यो कुनै बिल्कुलै नौलो विषय भने होइन-गुरुत्वाकर्षण प्रभावका आधारमा अनुसन्धानकर्ताहरूले यस्ता अदृश्य साथी भएका बाइनरी प्रणालीहरू बारम्बार पत्ता लगाउने गर्छन्। यद्यपि, यो अदृश्य पिण्डको अनुमानित तौल र यस प्रणालीका अन्य विशेषताहरूले गर्दा यो केही अनौठो र अपवाद बन्न पुगेको छ।‘साइन्स एड्भान्सेस’ पत्रिकामा प्रकाशित यस जोडीसम्बन्धी अनुसन्धानले यो अदृश्य ...
२२ करोडको हेरोइनसहित पक्राउ परेका भारतीय नागरिक अन्तर्राष्ट्रिय लागु औषध सञ्जालका मुख्य व्यक्ति

२२ करोडको हेरोइनसहित पक्राउ परेका भारतीय नागरिक अन्तर्राष्ट्रिय लागु औषध सञ्जालका मुख्य व्यक्ति

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौंत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ५ किलो सेतो हेरोइनसहित पक्राउ परेका भारतीय नागरिक अन्तर्राष्ट्रिय लागुऔषध कारोबार सञ्जालका मुख्य व्यक्ति रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । भारतको महाराष्ट्रस्थित पुणेका ५२ वर्षीय रेवाराज तिघारेले यसअघि पनि नेपाललाई ट्रान्जिट बनाएर दुई पटक लागुऔषध भारत पु¥याएको खुलेको हो ।लागुऔषध नियन्त्रण ब्यूरोको विमानस्थलस्थित शाखाबाट खटिएको प्रहरी टोलीले उनलाई २०८३ कात्तिक २८ गते पक्राउ गरेको थियो । प्रहरीका अनुसार थाइल्यान्डबाट नेपाल आएका शङ्कास्पद यात्रुको प्रोफाइलिङ तथा चेकजाँच गर्ने क्रममा उनको लगेजभित्र खरायो र बिरालोको खानाको प्याकेटमा लुकाएर राखिएको अवस्थामा साढे ५ किलो सेतो हेरोइन बरामद भएको थियो ।लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार तिघारे यसअघि सन् २०२५ नोभेम्बर ४ र सन् २०२६ फेब्रुअरी २६ मा लाओसबाट नेपाल...
छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज
बुटवलछठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो ।ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवज...
मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौंदुई गठबन्धन दल एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि विश्वासको मत पाउने सम्भावना नरहेपछि मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका छन् । प्रदेशसभाको शनिबार बसेको बैठकमा मुख्यमन्त्री यादवले आफ्नो मन्त्वय राख्दै पदबाट राजीनामा दिएका हुन् । कांग्रेस नेतृत्वको सरकारमा सहभागी आफ्ना चार मन्त्रीलाई गत असोज २५ गते सामूहिक राजीनामा गराउँदै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । यस्तै सरकारमा सहभागी नेपाली कम्युनिस्ट पार्टीका चार मन्त्रीले कात्तिक २० गते राजीनामा दिए ।१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन् । त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक...
एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

Breaking news 1, खेलकुद, ताजा अपडेट, समाचार
काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज एउटा खेल हुँदैछ । आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल बेलुका ५ बजे त्रिवि क्रिकेट रङ्गशालामा शुरु हुनेछ । लुम्बिनी यसअघि नै प्ले अफमा पुगिसकेको टोली हो । त्यस्तै विराटनगरका लागि प्ले अफमा पुग्ने सम्भावना बलियो बनाउन आजको खेलमा जीत महत्वपूर्ण छ । लुम्बिनी ६ खेलमा ९ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । विराटनगर समान ६ खेलमा ६ अंकसहित पाँचौ स्थानमा छ । हिजो भएका खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई हराउँदै प्ले अफमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । अब प्ले अफमा पुग्न चितवनले अर्को खेलमा कर्णाली याक्सलाई हराउनुपर्नेछ । पहिलो संस्करणको च्याम्पियन जनकपुरसँगै कर्णाली र पोखरा एभेन्जर्स प्ले अफ होडबाट बाहिरिएका छन् । सुदूरपश्चिमले हिजो भएको खेलमा काठमाण्डौ गोर्खाजलाई ७ रनले पराजित गरी ...