साउदी अरेबियाको सुरक्षा स्थितिका कारण नेपाल वायुसेवा निगमको दमाम उडान रद्द
बुटवल साउदी अरेबियाको सुरक्षा स्थितिका कारण नेपाल वायुसेवा निगमको दमाम उडान रद्द गरिएको छ ।नेपाल वायुसेवा निगमले साउदी अरेबियामा जारी सुरक्षा स्थितिलाई ध्यानमा राख्दै कात्तिक ७ गतेका लागि निर्धारित काठमाडौं-दमाम-काठमाडौं उडानहरू रद्द गरेको हो ।यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै काठमाडौं-दमाम र दमाम-काठमाडौैंका उडान रद्द गरिएको निगमले जानकारी दिएको छ ।निगमले साउदी अरेबियाको सुरक्षा अवस्थालाई नजिकबाट नियालिरहेको र परिस्थितिमा सुधार आएपछि आगामी उडानहरूबारे अद्यावधिक जानकारी गराइने जनाएको छ ।
...







