Author: संचार पत्र

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ पेस गर्ने भएकी छन् । बैठकमा मन्त्री गौतमले उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसमेत पेस गर्नेछिन्। साथै, मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै, मन्त्री गौतमले एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव पनि प्रतिनिधिसभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ । ...
देशमा फेरि गोली चलाउने कसैले हिम्मत गर्न सक्दैन: गृहमन्त्री

देशमा फेरि गोली चलाउने कसैले हिम्मत गर्न सक्दैन: गृहमन्त्री

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँगृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेले आफूमाथि गरेको विश्वासलाई निरन्तर कायम राख्ने बताएका छन् । जेनजी शहीदहरूको स्मृतिमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सभापति लामिछानेले आफूलाई दिएको जिम्मेवारीप्रति इमानदार रहने बताएका हुन् । ‘पार्टी सभापति रवि लामिछानेले विश्वास गरेर जेनजीको आशालाई मर्न दिन हुँदैन, तिमी त्यो कुर्सीमा बसेर देखाइदेऊ– सुशासन के हुन्छ भनेर । जुन विश्वास गर्नुभएको छ, त्यो विश्वासलाई निरन्तर जगाइराख्न चाहन्छु,’ गृहमन्त्री गुरुङले भने ।उनले आफू मन्त्री मात्र नभई दाइ, भाइ र छोरा पनि रहेको उल्लेख गर्दै आफूलाई जिम्मेवारीबाट हटाउने अवस्था सिर्जना हुन अर्को गोली चल्नुपर्ने दाबी गरे । देशमा फेरि गोली चलाउने हिम्मत कसैले गर्न नसक्ने उनको जिकिर थियो । ‘तपाईँहरूको यो मन्त्री, दाइ, भाइ, छोरा एउटै कुराले ढल्छ । त्यो भनेको अर्को गोली च...
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, दुई लाख ७० हजार यात्रु अलपत्र

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, दुई लाख ७० हजार यात्रु अलपत्र

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौँइन्डोनेसियामा ज्वालामुखी विस्फोटका कारण दुई हजारभन्दा बढी उडान प्रभावित भएका छन् । विष्फोटका कारण विमानस्थलले लगातार दोस्रो दिन पनि आफ्नो सेवा बन्द गर्नुपरेको छ । उडान रोकिँदा देशभर करिब दुई लाख ७० हजार यात्रु अलपत्र परेका छन् । जाकार्ताबाट १५० किलोमिटर (९० माइल) टाढा रहको अवस्थित ‘अनाक क्राकाताउ’मा शुक्रबार अबेर विस्फोट सुरु भएको थियो । विस्फोटबाट निस्केको लाभाको फोहरा र ज्वालामुखीको खरानी राजधानी र लाम्पुङ प्रान्तसम्म पुगेको थियो । सप्ताहन्तभरि नै यो ज्वालामुखी भूगर्भीय रूपमा सक्रिय रहेको थियो । आफ्नो हवाई क्षेत्रनजिकै ज्वालामुखीको खरानी कायमै रहेकाले जाकार्ताको सोकार्नो–हाट्टा अन्तर्राष्ट्रिय विमानस्थलले पूर्वनिर्धारित उडान तालिका रद्द गर्‍यो । विमानस्थलद्वारा जारी विज्ञप्तिमा अब स्थानीय समयअनुसार सोमबार राति ११ः५९ बजेदेखि उडानहरू पुनः सुरु हुने उल्लेख गरिएको छ । नागर...
कालिका मानवज्ञानद्वारा साढे १८ लाख बाढी प्रभावित कोषमा रकम जम्मा

कालिका मानवज्ञानद्वारा साढे १८ लाख बाढी प्रभावित कोषमा रकम जम्मा

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीको बुटवल स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १८ लाख ४२ हजार ५ सय ४० रुपैयाँ सहयोग गरेको छ। विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागितामा संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।विद्यालयको अभियान बाट ९६४०० र क्यु आर अभियान बाट १००१ गरि कुल १८ लाख ४२ हजार ५ सय ४० रुपैयाँ प्रधानाध्यापक दैवि प्रकोप कोष मा जम्मा गरिएको बिध्यालयका प्रधानाध्यापक बिष्णुहरि ज्ञवालीले जानकारी दिए ।गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय तथा भयावह बाढीका कारण रसुवा, धादिङ, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि विद्यालयले विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोग संकलन अभियान सञ्चालन गरेको बिध्यालयका प्रधानाध्यापक बिष्णुहरि ज्ञवाली...
मधेशबाहेकका प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना

मधेशबाहेकका प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना

Breaking news 2, ताजा अपडेट, माैसम, विविध, समाचार
काठमाण्डौ – मधेश प्रदेशको सिराहा र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा गएराति मध्यमसम्मको पानी परेको छ । साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बागमती प्रदेशका एक/दुई ठाउँमा पनि मध्यमसम्मको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै सिराहामा ३७.६ मिलिमिटर वर्षा मापन गरिएको छ । यस्तै सिन्धुपाल्चोक, कास्की, लमजुङ, गोर्खा, बाग्लुङ र पर्वत जिल्लामा पनि हल्कादेखि मध्यमसम्मको पानी परेको छ । महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी, कर्णाली प्रदेशको पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराईको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईको एक/दुई ठाउँमा धेरै ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । लगातार वर्षा भइरहेका बेला खोला तथा नदी आसपा...
जेन्जी आन्दोलनको एक वर्ष पूरा : आज सार्वजनिक बिदा

जेन्जी आन्दोलनको एक वर्ष पूरा : आज सार्वजनिक बिदा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ आज भदौ २३ गते जेन्जी आन्दोलनको एक वर्ष पूरा भएको छ । एक वर्षको अवधिमा देशमा राजनीतिक रूपमा ठूलो परिवर्तन भएको छ । यस्तै, आन्दोलनले उठाएका सुशासन र जबाफदेहीताका सवालमा अहिले राज्य सञ्चालनको मूल बहसको हिस्सा बनेको छ । आन्दोलनअघि तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो । सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढ्यो । डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केबल मनोरञ्जनको माध्यम थिएनस सूचना, अभिव्यक्ति, शिक्षा, व्यवसाय, रोजगारी र सामाजिक सम्बन्धको महत्त्वपूर्ण आधारसमेत बनिसकेको थियो । त्यसैले प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए । सामाजिक सञ्जालमै शुरु भएको विरोध केही दिनमै सडकमा पोखिएको थियो । भदौ २३ र २४ गते दुई दिन भएको आन्दोलनमा काठमाण्डौलगायत देशका विभिन्न ठाउँमा युवा प्रदर्श...
बाख्रीको मासुलाई खसीको भन्दै बेच्ने मासु पसल सञ्चालक पक्राउ

बाख्रीको मासुलाई खसीको भन्दै बेच्ने मासु पसल सञ्चालक पक्राउ

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
भैरहवाबाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरी उपभोक्तालाई ठगी गरेको आरोपमा रुपन्देही प्रहरीले एक मासु पसल सञ्चालकलाई पक्राउ गरेको छ। सिद्धार्थनगर नगरपालिका–८ स्थित आजम मासु पसलका सञ्चालक ३९ वर्षीय आजम कुरेसीलाई प्रहरीले पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले आइतबार बिहान पसलमा छापा मारेको थियो। सो क्रममा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरिरहेको अवस्थामा मासुसहित कुरेसीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। कुरेसीविरुद्ध कालोबजारीसम्बन्धी कसुरमा मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट ५ दिनको म्याद थप गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए। ...
नारायणीले बगायो सुस्ताको सीमा चिनारी, सिमानाको पहिचान दिने मुख्य आधारहरू खोसिदा बढ्यो अन्योल

नारायणीले बगायो सुस्ताको सीमा चिनारी, सिमानाको पहिचान दिने मुख्य आधारहरू खोसिदा बढ्यो अन्योल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवलइतिहास वा भूगोलका रेखाहरू कोर्दा देशको नक्सा केवल कागजको टुक्रा मात्र होइन, नागरिकको अस्मिता र पसिनाको दस्तावेज हो । तर, जब त्यही नक्सा जोगाउने भौतिक चिनारीहरू नै प्रकृतिको एउटा वित्यासमा बिलाएर जान्छन्, तब सीमाका बासिन्दाहरूको मनमा कति ठूलो पीडा र छटपटी हुन्छ भन्ने ज्वलन्त उदाहरण बनेको छ— नारायणी नदीको काखमा पश्चिम नवलपरासीमा अवस्थित सुस्ता ।वर्षौंदेखि आफ्नो अस्तित्व र माटोका लागि संघर्ष गर्दै आएका सुस्तावासीका लागि सिमलको एउटा रुख केवल वनस्पति मात्र थिएन, त्यो सिमाना पहिचान गर्ने एउटा जीवित स्तम्भ थियो । यस मामिलामा नेपाली पक्षले आफ्नो सिमाना दाबी गर्दै आएको सिमलको रुख र भारतीय पक्षले भने उक्त सिमलको रुखभन्दा करिब ५०० मिटर पश्चिमतर्फ रहेको भेल्लरको रुखलाई सिमाना दाबी गर्दै आएका थिए ।तर, हाल नारायणी नदीमा आएको बाढीले ती दुवै रुख बगाएर लगेपछि सुस्तामा सिमाना पहिचानलाई लिएर गम्भीर...
भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

Breaking news 2, ताजा अपडेट, माैसम, विविध, समाचार, स्थानीय
काठमाण्डौ – रसुवाको भोटेकोशी बाढीमा परी १ हजार ३४२ जनाको शव फेला परेको छ ।  तीमध्ये ९८ वटा मात्रै पहिचान भएर आफन्तले बुझेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार १३ हजार ३९१ जनाको उद्धार भएको छ । उनीहरुमध्ये ३ हजार ६५२ जना होल्डिङ सेन्टरमा छन् । ४ हजार ९९६ जना अझै सम्पर्कविहीन छन् । बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धारको काम भैरहेको प्राधिकरणले जनाएको छ । बेपत्ताको खोजी, उद्धार, शवको पहिचान तथा व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकायका टोली प्रभावित क्षेत्रमा परिचालित छन् । ...
भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, विविध, स्थानीय
काठमाण्डौ – यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ । विनाशकारी घटनाको १३ औँ दिनमा आज राष्ट्रिय शोक मनाउन लागिएको हो । मृतकप्रति सम्मान र शोकसन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । राष्ट्रिय शोकमा देशभरका सरकारी कार्यालय तथा विदेशका नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ । तर सार्वजनिक बिदा भने नरहेको सरकारले प्रष्ट पारेको छ । राष्ट्रिय शोकमा आजको दिन मृतकप्रति सम्मान व्यक्त गर्र्दै सम्पर्कमा नरहेकाहरुको खोजीलाई तीव्र बनाउने, विस्थापितलाई सुरक्षित घर फर्काउने तथा पुनर्स्थापना र पुनर्निर्माण गर्ने राष्ट्रिय संकल्पको दिनसमेत हो । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चार हजार ९९६ जना अझै सम्पर्कविहीन छन् ...