दशैंमा ‘चमेलीको पोइ’, असोज १६ देखि देशभर प्रदर्शनमा
बुटवलनिर्देशक एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘चमेलीको पोइ’ आगामी असोज १६ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ। दशैंको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलरसमेत सार्वजनिक गरिएको छ।
सार्वजनिक ट्रेलरमा प्रेम, आसक्ति, दाम्पत्य जीवनका उतारचढाव, विश्वास र घातसँगै मानवीय सम्बन्धका विविध पक्षलाई हास्यप्रधान शैलीमा प्रस्तुत गरिएको छ। ट्रेलर सार्वजनिक भएसँगै चलचित्रको कथावस्तु र पात्रलाई लिएर दर्शकमाझ चासो बढेको निर्माण पक्षको भनाइ छ।
चलचित्रमा सुरक्षा पन्त र मुकुन भुसाल मुख्य भूमिकामा छन्। उनीहरूसँगै हास्य कलाकार नारायण त्रिपाठी, विल्सन विक्रम राई, रवीन्द्र झा, उमेश राई, खड्गबहादुर पुन ‘खबपु’, अंशु महर्जन, रजनी गुरुङ, गणेश गौतम र प्रेमदेव गिरीलगायत कलाकारको अभिनय रहेको छ।
चलचित्रको प्रमुख आकर्षणमध्ये नारायण त्रिपाठीको पुनरागमनलाई पनि ...







