Breaking news 3

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार भवन, सडक, कृषि, पशुपन्छी, बैंक तथा दूरसञ्चारलगायत क्षेत्रमा गरिएको प्रारम्भिक मूल्यांकनबाट उक्त क्षति देखिएको हो ।उनले आगामी चार महिनाको प्रारम्भिक पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको बताए । यसअन्तर्गत भवन तथा बस्ती पुनःस्थापना, पुल निर्माण, स्वास्थ्य तथा पोषण, शिक्षा, कृषि, पशुपन्छी, ऊर्जा र दूरसञ्चारलगायत क्षेत्र समेटिएका छन् ।खोज तथा उद्धार कार्य अझै जारी रहेको भन्दै उनले दैनिक १० देखि १२ वटा हेलिकप्टरमार्फत खोजी, उद्धार तथा शव संकलनको काम भइरहेको जानकारी दिए। बाढीका कारण सुरुङमा फसेकाहरूको उद...
बुटवलका सफल व्यवसायी, समाजसेवी थैवको अगुवाईमा बाढी प्रभावितका लागि २ लाख ४४ हजार सहयोग

बुटवलका सफल व्यवसायी, समाजसेवी थैवको अगुवाईमा बाढी प्रभावितका लागि २ लाख ४४ हजार सहयोग

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरसुवा भोटेकोशी बाढी प्रभावितको राहात तथा उद्धारका लागि बुटवलका सफल व्यवसायी एवं समाजसेवी अनन्तमान थैवको पहलमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा २ लाख ४४ हजार ८ सय ५० रुपियाँ सहयोग गरेका छन्। थैवले व्यक्तिगत १ लाख १ हजार र उनको अगुवाई रहेको व्यायाम गर्ने सामाजिक संस्था सुनौलो बिहानी फुर्तिलो समुहका सदस्यहरुले १ लाख ४३हजार ८सय ५० गरी जम्मा २ लाख ४४ हजार ८ सय ५० रुपैयाँ सहयोग गरेका हुन्। थैव बुटवलका पुराना व्यवसायी एवं रुपन्देही विद्युतीय व्यवसायी संघका संस्थापक अध्यक्ष हुन्। उनले स्वास्थ्यका लागि व्यायाम भन्ने उद्देश्यले रुपन्देहीमा सुनौलो बिहानी फुर्तिलो समुह नामको व्यायाम समुह समेत स्थापना गरी दैनिक हजारौंलाई व्यायाम गर्ने बाताबरण मिलाएका छन्। प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा सहयोग गर्दै उनले "अहिले नेपाल र हामी नेपालीमा ठुलो पिडा परेको छ,धैरै ...
बुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा क्यान्सरको उपचार

बुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा क्यान्सरको उपचार

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा हरेक महिनाको पहिलो शनिबार क्यान्सर रोगको परीक्षण तथा उपचार हुने गर्दछ।नेपालकै वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समिर शर्माले उपचार गर्दै आएका छन्।बुटवलको अस्लापताललाईनमा रहेको स्वास्थ्य क्लिनिक प्रालिमा लामो समयदेखि पेट दुख्ने, पुरानो पेटको घाउ( अल्सर) भएको, पिसाब पोल्ने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने समस्या,स्तन दुख्ने,भारि हुने,गांठागुठी आएको जस्ता समस्या रहेका बिरामीले उपचार पाउने छन्। तयसैगरी छाती दुख्ने, पुरानो दम, पाठेघरमा मासु पलाएको, घाउ क्यान्सर , लामो समयदेखि घांटी दुखेको, टन्सिल, घांटीमा आएको गिर्खा, शरिरको कुनैपनि भागमा अस्वाभाविक मासु पलाएको, पुरानो ट्युमरलगायतका विरामीहरुले उपचार गर्न सक्ने स्वास्थ्य क्लिनिक प्रालिका सञ्चालक माधव ज्ञवालीले जानकारी दिए। ...
कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलको कान्ति माध्यमिक विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालय सरकारको मुल्यांकनमा उत्कृष्ट भएपनि आफुहरुले चाहे जस्तो परिणाम आउन नसकेको र यसकालागी विद्यालय परिवार लागेको बताएका छन्।मंगलबार कक्षा ४ र ५ का अभिभावकसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले विद्यार्थीको राम्रो परिणाम आउन विद्यार्थी, विद्यालय र अभिभावकको त्रिकोणात्मक योगदान रहनुपर्ने धारणा राखेका थिए।उनले विद्यालयमा भर्ना हुन विद्यार्थी र अभिभावकको ठुलो चाहना रहने गरेको र अहिले पनि क्षमता भन्दा केही बढी विद्यार्थी रहेको र स्थानीय सरकारलगायत सरोकारवाला सवैको साझा प्रयासबाट सवल हुने धारणा राखेका थिए।अभिभावकसंगको अन्तरक्रियामा उनले स-साना समस्या रहेपनि विद्यार्थीको भविष्यमा विद्यालय परिवार लागि परेको वताएका छन्।कार्यक्रममा कक्षा ४ र ५ का संयोजक लिलाधर पाण्डेले विद्यालय, विद्यार्थी जत्तिकै अभिभावकपनी संयमित ...
बाढीमा ज्यान गुमाउनेको सम्झनामा द एसआर होटल द्वारा दीप प्रज्वलन

बाढीमा ज्यान गुमाउनेको सम्झनामा द एसआर होटल द्वारा दीप प्रज्वलन

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलभोटेकोशी बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झनामा रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको द एसआर होटलले दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेको छ।बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको दुःखद घडीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको सम्झनामा दीप प्रज्वलन गरिएको हो।कार्यक्रममा होटलका अध्यक्ष होमकान्त वस्यालले दीप प्रज्वलन गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए।प्राकृतिक विपद्ले निम्त्याएको पीडामा सबैले एकअर्काप्रति सहानुभूति, सहयोग र मानवीय भावना देखाउनुपर्ने सन्देशसहित कार्यक्रम आयोजना गरिएको संचालक चिरन अर्यालले बताए।बाढीले खोसेका अमूल्य जीवनको सम्झनामा बालिएका दीपहरूले मृतकप्रति श्रद्धाञ्जलीसँगै पीडित परिवारप्रति साथ र ऐक्यबद्धताको सन्देश दिएका छन्। ...
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलभोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले ११ लाख भन्दा बढी आर्थिक सहयोग गरेको छ।बुटवलस्थित अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अस्पतालको तर्फबाट र कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरूको तर्फबाट गरी ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको हो। अस्पताल सञ्चालक समितिको मङ्गलवार बसेको बैठकबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायतका जिल्लाहरूमा बाढीका कारण ठुलो मानवीय तथा भौतिक क्षति भइरहेको अवस्थामा राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने गरी उक्त रकम सहयोग गर्ने निर्णय गरिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए। अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरूको एक दिनको तलब बराबरको ४ लाख ४८ हजार १२५ रुपैयाँ र बाँकी ६ लाख ६२ ह...
नवलपरासीमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली, दुई भारतीय पक्राउ

नवलपरासीमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली, दुई भारतीय पक्राउ

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलपश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले लागुऔषध कारोबारीमाथि गोली चलाएको छ। ब्यूरोको भैरहवा शाखाबाट खटिएको टोलीले लागुऔषध कारोबारमा संलग्न दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिने क्रममा चार राउण्ड गोली चलाएको हो। प्रहरीका अनुसार पक्राउ परेका दुवै जना भारतीय नागरिक हुन्। उनीहरूको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन। लागुऔषध नियन्त्रण ब्यूरोका एक अधिकृतका अनुसार उनीहरूलाई नियन्त्रणमा लिने क्रममा चार राउण्ड फायर गरिएको हो। घटनाका क्रममा प्रहरीले १५८ ग्राम खैरो हेरोइन बरामद गरेको ब्यूरो स्रोतले जनाएको छ। पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप विवरण सार्वजनिक गर्ने तयारी गरेको छ। ...
विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीदेशमा आइपरेको विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै रुपन्देही विद्युतिय व्यवसायी संघ, सैनामैना–कञ्चन गाउँ नगर समिति परिवारले तीज मिलन तथा दर खाने कार्यक्रम स्थगित गरी कार्यक्रमका लागि छुट्याइएको रकम राहत तथा उद्धार कार्यमा सहयोग गरेको छ।समितिले तीज मिलन तथा दर खाने कार्यक्रमका लागि छुट्याइएको ११ हजार ५ सय रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।विपद्का कारण प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उत्सवका लागि छुट्याइएको रकम मानवीय सेवामा समर्पण गरिएको संघले जनाएको छ।समितिले विपद्को समयमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर सहयोग गरिएको बताएको छ। “उत्सवभन्दा ठूलो मानवता” भन्ने भावनाका साथ गरिएको उक्त सहयोगले विपद्मा परेका नागरिकको राहत तथा पुनःस्थापनामा केही भए पनि ...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका विभिन्न स्थानमा फेला परेका ९ पुरुष र २ महिलाको शव लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएर राखिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवले जानकारी दिए। उनका अनुसार बाढीमा परी मृत्यु भएका व्यक्तिका शव नदीले बगाएर नवलपरासीका विभिन्न क्षेत्रमा पुर्‍याएको प्रारम्भिक अनुमान गरिएको छ। त्यस्तै, भैरहवास्थित भीम अस्पतालमा पनि तीन महिलाको शव राखिएको डीएसपी श्रीवास्तवले बताए। लुम्बिनी प्रादेशिक अस्पतालमा थप शव ल्याइने सम्भावना रहेको पनि प्रहरीले जनाएको छ। प्राप्त शवहरूको पहिचान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने काम भइरहेको छ। ...
बाढीपीडितका लागि बुटवलले ५१ लाख दिने, १३ दिन मनोरञ्जनका कार्यक्रम रोक्न आग्रह

बाढीपीडितका लागि बुटवलले ५१ लाख दिने, १३ दिन मनोरञ्जनका कार्यक्रम रोक्न आग्रह

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बुटवल उपमहानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। स्थानीय विपद् व्यवस्थापन समितिको सिफारिसका आधारमा बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो। बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा तत्काल राहत तथा उद्धारका कामलाई प्राथमिकता दिन रकम सहयोग गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ। बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले विपद्को यो अवस्थामा स्थानीय सरकारको पहिलो जिम्मेवारी प्रभावित नागरिकको उद्धार र राहत भएकाले उपमहानगरपालिकाले आफ्नोतर्फबाट सहयोगको पहल थालेको बताएका छन्। उनका अनुसार विपद्का बेला सबै पक्ष एकजुट भएर प्रभावित परिवारको साथमा उभिन आवश्यक छ। नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने...