समाचार

अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौंअमेरिकाका ठूला मेडिकल ल्याब कम्पनीहरूमध्ये एक क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण भएको छ। यसमा बिरामीहरूको स्वास्थ्यसम्बन्धी र व्यक्तिगत जानकारीमा गैरकानुनी पहुँच पुर्‍याइएको छ। कम्पनीले बिहीबार यसबारे जानकारी दिएको हो। साइबर सुरक्षा अनुसन्धान कम्पनी कम्प्यारिटेकका अनुसार, सेप्टेम्बर २०२६ सम्म विश्वभरको स्वास्थ्य क्षेत्रमा ७१६ वटा आक्रमण दर्ता भएका छन्। तीमध्ये ४१० वटा आक्रमण अमेरिकामा मात्रै भएका हुन्।क्वेस्ट डायग्नोस्टिक्सको अनलाइन सिस्टम ह्याक कम्पनीका अनुसार, उसको क्वानम ल्याब सर्भिसेज म्यानेजर (एलएसएम) सिस्टममा साइबर आक्रमणको असर परेको छ।केही ग्राहकहरूले यो अनलाइन सिस्टमको प्रयोग ल्याब परीक्षणको अर्डर दिन, परीक्षणको नतिजा पाउन र रिपोर्ट हेर्नका लागि गर्छन्।घटनाबारे थाहा पाउनेबित्तिकै क्वेस्ट डायग्नोस्टिक्सले प्रभावित सिस्टमको प्रयोग रोकेको छ। कम्पनीले यस विषयमा अनुसन...
जयशंकरलाई अर्थमन्त्री वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

जयशंकरलाई अर्थमन्त्री वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार, समाज
काठमाडौँअर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिँदो विश्व व्यवस्था र अन्तर्राष्ट्रिय सहकार्यको भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ। एनडीटीभी वर्ल्ड समिट २०२६ अन्तर्गत बिहीबार आयोजित ‘द जियोपोलिटिक्स अफ सोभरेन चोइस’ सत्रमा वाग्लेले जयशंकरलाई विश्व बहुपक्षीयताबाट क्षेत्रीय तथा साना समूहमा आधारित सहकार्यतर्फ गइरहेको हो भन्दै प्रश्न गरेका थिए। ‘के हामी पेन्डुलमको अर्को छेउतिर गइरहेका छौं?’ वाग्लेले प्रश्न गर्दै विपद् प्रतिकार्य, पोषण र स्वच्छ ऊर्जालगायत क्षेत्रमा भइरहेका द्विपक्षीय तथा क्षेत्रीय सहकार्यलाई औपचारिक संस्थागत संरचनामार्फत अघि बढाउनुपर्ने सम्भावनाबारे जिज्ञासा राखेका थिए।जवाफमा जयशंकरले पछिल्लो समय देशहरू औपचारिक प्रतिबद्धताभन्दा कम प्रशासनिक भार भएका र परिणाममुखी सहकार्यका ढाँचातर्फ आकर्षित भइरहेको बताए। औपचारिक संरचना निर्माण गर्दा व...
बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
बुटवलविजयादशमीको मुख्य दिनदेखि सुरु भएको दसैँको टीका लगाउने क्रम आज द्वादशीमा पनि जारी रहनेछ। निधारमा रातो टीका र कानमा पहेँलो जमरा सिउरिएर मान्यजनबाट आशीर्वाद लिन नेपालीहरू टाढाटाढाबाट यात्रा गरिरहेका छन्। सार्वजनिक यातायातमा यात्रुको चाप बाक्लो छ भने तराईका क्षेत्रमा गर्मी अझै घटेको छैन ।बडादसैँको मुख्य दिन विजयादशमीमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ । यही दिनलाई टीका लगाउने विशेष दिनका रूपमा लिइन्छ । तर टाढा रहेका माइती, मावली तथा आफन्तकहाँ विजयादशमीकै दिन पुगेर टीका थाप्न सम्भव नहुने भएकाले त्यसपछिका दिनमा पनि टीका लगाउने चलन छ । दसैँको टीका लगाउने क्रम विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म जारी रहने परम्परा छ। दशमीका दिन टीका लगाउन नभ्याएका चेलीबेटी, आफन्त तथा परिवारका सदस्यहरू त्यसपछिका दिनमा मान्यजनकहाँ पुगेर टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने गर्छन् । ...
चीनको तिब्बतमा ७  म्याग्निच्युडको भूकम्प: १६ जनाको मृत्यु, ३०० भन्दा बढी घर भत्किए

चीनको तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प: १६ जनाको मृत्यु, ३०० भन्दा बढी घर भत्किए

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौंदक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्र (तिब्बत) मा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।नाग्छु सहरको बाकेन काउन्टीमा बिहीबार राति १० बजेर ३३ मिनेटमा भूकम्प गएको नगरको आपत्कालीन व्यवस्थापन ब्युरोले जनाएको छ । भूकम्पमा परी घाइते भएकामध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ भने २१ जनालाई सामान्य चोट लागेको छ । शुक्रबार बिहान २ बजेर २५ मिनेटसम्मको विवरणअनुसार भूकम्पका कारण ३०० भन्दा बढी घर भत्किएका छन् । भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको अधिकारीहरूले जनाएका छन् । प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र पारिएको छ । उद्धार तथा राहतका लागि ३०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ । त्यसैगरी, क्षेत्रीय अग्नि तथा उद्धार टोलीले प्रभावित क्षेत्रमा ३४७ जना जनशक्ति खटाएको छ । भूकम्प प्रभ...
रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान

रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार, समाज
बुटवलराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनको यो भ्रमण निजी तथा पारिवारिक तीर्थाटन रहेको निजी सचिवालयले जनाएको छ। भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम छ। तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमण पूरा गरी लामिछाने कात्तिक ९ गते स्वदेश फर्किने सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। ...
साउदी अरेबियाको सुरक्षा स्थितिका कारण नेपाल वायुसेवा निगमको दमाम उडान रद्द

साउदी अरेबियाको सुरक्षा स्थितिका कारण नेपाल वायुसेवा निगमको दमाम उडान रद्द

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, समाचार, समाज
बुटवल साउदी अरेबियाको सुरक्षा स्थितिका कारण नेपाल वायुसेवा निगमको दमाम उडान रद्द गरिएको छ ।नेपाल वायुसेवा निगमले साउदी अरेबियामा जारी सुरक्षा स्थितिलाई ध्यानमा राख्दै कात्तिक ७ गतेका लागि निर्धारित काठमाडौं-दमाम-काठमाडौं उडानहरू रद्द गरेको हो ।यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै काठमाडौं-दमाम र दमाम-काठमाडौैंका उडान रद्द गरिएको निगमले जानकारी दिएको छ ।निगमले साउदी अरेबियाको सुरक्षा अवस्थालाई नजिकबाट नियालिरहेको र परिस्थितिमा सुधार आएपछि आगामी उडानहरूबारे अद्यावधिक जानकारी गराइने जनाएको छ । ...
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण

सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, समाचार, समाज
बुटवल आज अधिकांश सरकारी वेबसाइट बन्द छन् । पीएचपी प्रविधिमा देखिएको सुरक्षा जोखिमका कारण सरकारी वेबसाइटहरू बन्द गरिएको हो ।सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले पीएचपी प्रविधिमा देखिएका गम्भीर सुरक्षा जोखिमका कारण विश्वभर पीएचपीमा आधारित प्रणालीहरू प्रभावित भएको बताएको छ ।“यी जोखिमले आक्रमणकारीलाई लगइनबिना नै सर्भरमा कोड चलाउन सक्ने बनाउँछन्,” केन्द्रले भनेको छ, “सम्भावित क्षति हुन नदिन सावधानीका रूपमा केही सरकारी वेबसाइट तथा प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ ।” बडादसैँको बिदामा समेत सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र तथा सम्बद्ध प्राविधिक टोलीहरू जोखिम नियन्त्रणमा खटिएको केन्द्रले जानकारी दिएको छ । सुरक्षाको निश्चित भएपछि तथा परीक्षण सम्पन्न भएपछि प्रणालीहरू क्रमशः पुनः सञ्चालनमा ल्याइने केन्द्रले बताएको छ । ...
मङ्गलबारदेखि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

मङ्गलबारदेखि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
बुटवलनेपाल मौसम विज्ञान विभागले आगामी मङ्गलबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध गरेको छ ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक सञ्जालमा फैलाइएको हल्लालाई लक्षित गर्दै केही भागमा वर्षा भए पनि आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारे ।“आगामी मङ्गलबारदेखि वर्षाको सम्भावना छ । तर, कुन स्थानमा कति र कहिलेसम्म वर्षा हुन सक्छ निश्चित छैन,” उनले भने, “अहिले सामाजिक सञ्जालतिर साता दिनसम्म वर्षा हुने भनेर फैलाइएको खबरले विशेषगरी किसान त्रसित देखिन्छन् । मौसमी प्रणाली परिवर्तनशील छ, हल्लाको पछि नलाग्न र त्रसित नहुन सबैमा अनुरोध छ ।”मौसमविद् महर्जनका अनुसार नेपालको सन्दर्भमा तीन दिनसम्म पूर्वानुमान धेरै हदसम्म मिल्ने तर साता दिनसम्मको मिल्दैन । “अब केही दिनपछि आगामी साता हुने वर्षाका बारेमा सूचना सम्प्रेषण गर्नेछौँ । मौसम तथ...
साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौँसाउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेका टुक्राबाट एक नेपालीसहित दुई विदेशी नागरिकको मृत्यु भएको छ । घटनामा एक पाकिस्तानी र एक भारतीय नागरिक घाइते भएका छन् । साउदी ऊर्जा मन्त्रालयका अनुसार मृत्यु हुने अर्का व्यक्ति फिलिपिन्सका नागरिक हुन् ।बुधबार बिहान साउदी अराम्कोको शैबाह तेल क्षेत्रको प्रशोधन केन्द्रलाई लक्षित गरेर आएको ड्रोनलाई हवाई प्रतिरक्षा प्रणालीले बीचमै रोकेको थियो । त्यसपछि खसेका टुक्राले केन्द्रको परिधिबाहिर रहेको ठेकेदार कम्पनीको सवारीसाधनमा आगलागी भएको मन्त्रालयले जनाएको छ ।मृतक नेपालीको नाम, नेपालस्थित ठेगाना तथा कार्यरत कम्पनीको विवरण उपलब्ध समाचारमा खुलाइएको छैन । घाइतेहरूको स्वास्थ्य अवस्थाबारे पनि थप जानकारी सार्वजनिक भएको छैन ।घटनापछि सम्बन्धित निकायले तत्काल आवश्यक कदम चालेको मन्त्रालयले जनाएको छ । आगलागी प्रशोधन...
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज
काठमाडौँविजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ । आश्विन शुक्ल एकादशी अर्थात् पापाङ्कुशा एकादशीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्ने परम्परा नेपाली समाजका कतिपय ठाउँमा रहिआएको छ । दसैँको मुख्य दिन घर पुग्न नसकेका छोरीचेली, आफन्त तथा टाढा रहेका परिवारका सदस्यहरू यस अवधिमा टीका थाप्न आउने गर्छन् । त्यसैले विजयादशमीपछि पनि घरघरमा टीका लगाउने र आफन्तसँग भेटघाट गर्ने क्रम जारी रहन्छ। पापाङ्कुशा एकादशीको धार्मिक महत्त्व हिन्दु पात्रोअनुसार आश्विन शुक्ल पक्षको एघारौँ तिथिलाई पापाङ्कुशा एकादशी भनिन्छ । वैष्णव परम्परामा यस एकादशीलाई विशेष महत्त्वका साथ लिइन्छ । यस दिन भगवान् विष्णुको पद्मनाभ स्वरूपको पूजा–आराधना गर्ने धार्मिक मान्यता छ । धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार यस एकादशीको ...