समाचार

नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

Breaking news 2, ताजा अपडेट, बिज्ञान प्रबिधि, माैसम, विविध, समाचार
काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भोटेकोशी नदीको बहाव बढेको सूचना प्राप्त भएपछि नागढुंगा–मुग्लिन तथा नारायणगढ–मुग्लिन सडकखण्डमा गाडी सञ्चालनमा रोक लगाइएको थियो । नदीमा पानीको बहाव जोखिमपूर्ण नरहेको सूचना प्राप्त भएपछि गाडी सञ्चालनमा आएको गजुरी प्रहरीले जनाएको छ । गाडी चल्न थाले पनि बाढी तथा पहिरोको जोखिम अझै कायमै रहेकाले सतर्क रहेर यात्रा गर्न प्रशासनले आग्रह गरेको छ । यात्राका क्रममा जोखिमयुक्त ठाउँमा नबस्न, सम्बन्धित निकाय तथा सुरक्षाकर्मीले दिएका निर्देशनको पूर्ण पालना गर्न र बाढीसम्बन्धी सूचनाबारे नियमित जानकारी लिनसमेत प्रशासनले आग्रह गरेको छ । ...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, माैसम, विविध, समाचार, स्थानीय
काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जना सम्पर्कविहीन रहेका राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म नदी किनारमा ६७५ जनाको शव भेटिएको छ । सबैभन्दा बढी चितवनमा २४६ जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ । यसैगरी रसुवामा १३, नुवाकोटमा ५१, धादिङमा ४५, गोरखामा ५७, नवलपरासी पूर्वमा १६५, नवलपरासी पश्चिममा ६३ र तनहुँमा ३५ जनाको शव भेटिएको छ । दुई हजार ४९८ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । सबैभन्दा बढी जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना सम्पर्कविहीन छन् । उनीहरूको खोजी भैरहेको प्राधिकरणले जनाएको छ । अहिलेसम्म ७ हजार ५१४ जनाको उद्धार भएको छ । जलविद्युतको सुरुङबाट २७९ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । ...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हुन सकेको छैन । बुधबार बाढीले बगाएका शव अत्याधिक गर्मीका कारण सड्न थालिसकेका छन् । प्रहरीका अनुसार हालसम्म रसुवामा १३, धदिङमा ४९, गोरखामा ५४, नवलपरासी पूर्वमा १५८ शव फेला परिसकेका छन् ।यस्तै नुवाकोटमा ४१, चितवनमा २३३, तनहुँमा ३१ र नवलपरासी पश्चिममा ४७ शव फेला परेका छन् । बाटो नभएका कारण मृतकका आफन्त शव खोज्न जान सकिरहेका छैनन् ।सडेर शवबाट दुर्गन्ध फैलिन थालेपछि संक्रमण तथा महामारीको जोखिमलाई मध्यनजर गर्दै शव जमिनमा गाड्ने निर्णय सरकारले गरेको छ । शव गाड्ने प्रक्रिया कस्तो हुन्छ ? कसरी पहिचान सुरक्षित राखिन्छ ? किन जमिनमै शव गाड्नुपर्ने अवस्था आयो ? आफन्त शव लिन आएको अवस्थामा कसरी दिइन्छ भन्ने विषयमा तयार गरेको जिज्ञासा र जवाफ :अहिले सबैभन्दा बढी शव चितवनमा फेला पर...
भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

Breaking news 2, ताजा अपडेट, माैसम, विविध, समाचार, स्थानीय
काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हिजो शुक्रबार रसुवा प्रहरी कार्यालयले चीनबाट बाढी जोखिमबारेको सूचना आएको जानकारी महाशाखालाई गराएको थियो । त्यसैका आधारमा राति भोटेकोशी र त्रिशुली नदीमा बाढी आउन सक्नेबारे सूचना दिएको महाशाखाका बाढीविज्ञ मनोज पोखरेलले उज्यालोसँगको कुराकानीमा बताउनुभएको छ । सूचनासहित मोवाइलमा एसएमएस पनि प्रभावित क्षेत्रका नागरिकलाई पठाइएको थियो । तर आज बिहानसम्मको अवस्थामा बाढी आएको छैन र तत्काल आउने सम्भावना पनि नरहेको उहाँले बताउनुभएको छ । गएको बुधबार ठूलो बाढी आएको रसुवाको भोटेकोशी नदीमा फेरि पनि ठूलो बाढी जोखिम रहेको भन्दै सरकारी निकायले सचेत गराउँदै आएका छन् । बाढी पूर्वानुमान महाशाखाले हिजो दिउँसो र राति पनि सूचना निकालेर भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा सावधानी ...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका विभिन्न स्थानमा फेला परेका ९ पुरुष र २ महिलाको शव लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएर राखिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवले जानकारी दिए। उनका अनुसार बाढीमा परी मृत्यु भएका व्यक्तिका शव नदीले बगाएर नवलपरासीका विभिन्न क्षेत्रमा पुर्‍याएको प्रारम्भिक अनुमान गरिएको छ। त्यस्तै, भैरहवास्थित भीम अस्पतालमा पनि तीन महिलाको शव राखिएको डीएसपी श्रीवास्तवले बताए। लुम्बिनी प्रादेशिक अस्पतालमा थप शव ल्याइने सम्भावना रहेको पनि प्रहरीले जनाएको छ। प्राप्त शवहरूको पहिचान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने काम भइरहेको छ। ...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, समाज, स्थानीय
काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ४०, गोरखामा ४६, नवलपरासी पूर्वमा १५४, नवलपरासी पश्चिममा २७, तनहुँमा ३० र चितवनमा २३३ जनाको शव फेला परेको हो । अहिलेसम्म १२९ विदेशी नागरिकसहित चार हजार ४५१ जनाको उद्धार गरिएको छ । त्यसमध्ये जलविद्युतको सुरुङबाट १९१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । त्यस्तै बाढीमा परेर १ हजार ९२४ जना सम्पर्कविहीन छन् । नेपाल प्रहरीका २७, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका १५ जना सम्पर्कविहीन छन् । ५१७ जना विदेशी नागरिक पनि सम्पर्कमा छैनन् । ९५ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । खोज तथा उद्धारको लागि ...
लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको तर्फबाट विपद् प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग उपलब्ध गराइने जानकारी दिए । यसैगरी, लुम्बिनी प्रदेशभित्र स्थायी रूपमा बसोबास गर्ने नागरिक विपद्मा परी मृत्यु भएमा उनीहरूका परिवारलाई प्रतिव्यक्ति १ लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराइने भएको छ । यसबीच रसुवा लगायतका जिल्लामा बाढी तथा पहिरोमा परी लुम्बिनी प्रदेशबाट पुगेका १ सय ८१ जना व्यक्ति अझै सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ । कठिन परिस्थितिमा लुम्बिनी प्रदेशभित्रका उद्योगी व्यवसायी, राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक, सामाजिक सं...
विपद्‌मा दलहरू एकजुट, उद्धार र राहतमा सक्रिय

विपद्‌मा दलहरू एकजुट, उद्धार र राहतमा सक्रिय

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंराजनीतिक मुद्दामा फरक–फरक धारमा उभिँदै आएका राजनीतिक दलहरू रसुवाको बाढीपछि उत्पन्न मानवीय संकटको सामनाका लागि एकजुट भएका छन् । बाढीपछि उत्पन्न मानवीय संकटमा सत्तारुढदेखि प्रतिपक्षमा रहेका दलहरू आ–आफ्नै ढंगले उद्धार र राहतको साझा जिम्मेवारीमा जुटेका छन् । दलहरूले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि आ–आफ्ना पार्टी पंक्तिलाई खटाएका छन् ।सत्तारुढ दल रास्वपाले पार्टी पंक्तिलाई र्‍याट (आरएटी) मार्फत सुरक्षा निकायसँगको समन्वयमा उद्धार र राहत कार्यमा खटिन निर्देशन दिएको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार उद्धार र राहतको संयोजनको जिम्मा र्‍याटका पूर्वसंयोजक आशिष थापालाई दिइएको छ ।महामन्त्री आचार्यले १० भदौमा विज्ञप्ति जारी गर्दै केन्द्रदेखि स्थानीय तहसम्मका पार्टी समिति, सदस्य तथा शुभेच्छुकलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरेर उद्धार तथा राहतमा...
रसुवा बाढी : ४७७ जनाको शव फेला, ९७७ सम्पर्कविहीन विभिन्न स्थानमा फसेकामध्ये ३ हजार २५३ जनाको उद्धार

रसुवा बाढी : ४७७ जनाको शव फेला, ९७७ सम्पर्कविहीन विभिन्न स्थानमा फसेकामध्ये ३ हजार २५३ जनाको उद्धार

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंभोटेकोशी बाढीमा ४७७ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार मध्यान्ह १२ बजेसम्मको तथ्यांक जारी गर्दै यसबारे जानकारी गराएको हो ।अझै ९७७ सम्पर्कविहीन छन्। विभिन्न ठाउँमा फसेकाहरूमध्ये ३ हजार २५३ जनाको उद्धार भएको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो जानकारी दिएका हुन् ।उनका अनुसार नेपाली सेनाको ६ वटा र निजी ९ वटा हेलिकप्टर गरी कुल १५ वटा हेलिकप्टर उद्धारमा प्रयोग भइराखेका छन् ।१० ट्रक भन्दा बढी राहत सामग्री प्रभावित क्षेत्र पठाइरहेको छ ।सरकारको प्राथमिकतामा उद्धार कार्य रहेको पनि पोखरेलले बताएका छन् । ...
भोटेकोशी विपत्तिकाे तेस्रो दिन : ३ सय ८९ जनाको शव फेला, खोजी, उद्धार र राहतमा के-के हुँदैछ ?

भोटेकोशी विपत्तिकाे तेस्रो दिन : ३ सय ८९ जनाको शव फेला, खोजी, उद्धार र राहतमा के-के हुँदैछ ?

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँनेपालका बाढी प्रभावितका लागि अस्ट्रेलियाले ५० लाख डलर दिने रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि अस्ट्रेलिया सरकारले ५० लाख अस्ट्रेलियन डलर (५५ करोड रुपैयाँ) सहायता उपलब्ध गराउने भएको छ । बाढीपछि अस्ट्रेलियाले आफ्ना नागरिकको उद्धार तथा अवस्थाबारे जानकारी लिन कन्सुलर टोलीसमेत परिचालन गरेको छ । अन्तर्राष्ट्रिय विकासमन्त्री डा. एनी एलीका अनुसार अस्ट्रेलियाले उपलब्ध गराउने ५० लाख डलरमध्ये २० लाख विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मार्फत खाद्यान्न तथा व्यवस्थापन सहयोगका लागि खर्च गरिनेछ । थप २० लाख अस्ट्रेलियन ह्युम्यानिटेरियन पार्टनरसिपमार्फत अस्ट्रेलियाली गैरसरकारी संस्थाहरूलाई दिइनेछ । त्यसबाट आपत्कालीन आश्रय, सरसफाइ सामग्री, कम्बल, स्वास्थ्य तथा मनोसामाजिक सहयोग उपलब्ध गराइनेछ । बाँकी १० लाख डलर इमर्जेन्सी एक्सन एलायन्समार्फत प्रभावित क्षेत्रमा स्...