समाज

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतले रावलसहित आर्यन देवकोटा, रोशनबहादुर शाही, अर्नुज भनिने चिरन्जीवी शाही, रोहित आले र हिमाल शाहीलाई आजीवन जन्मकैदको फैसला सुनाएको हो । बडुवाल हत्याकाण्डका नामले चर्चित कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय बडुवालको २३ कात्तिक २०७८ मा टीकापुर नगरपालिका–१ मा हत्या भएको थियो । प्रहरीले गरेको अनुसन्धानका आधारमा २६ फागुन २०७८ मा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा २१ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो । सोही मुद्दाको फैसलामा हेमन्त शाही, मदन शाही, दीपेन्द्र शाही, निसान्त मल्ल र सोहन शाहलाई जन्मकैद तथा लोकन्द्र कुँवर र समिरजंग शाहीलाई अभियोग दाबी बमोजिम जन्मकैदको फैसला सुनाइएको कैलाली अदालतका सूचना अधिकार...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी भएको छ ।रातीको समयमा सचिन किराना पसल र सुपादेउराली पथ स्थित नारायणप्रसाद भुसालको घरमा लुटपाट भएको सतगढी टोल विकास संस्थाका अध्यक्ष योगेन्द्र छन्त्यालले बताए ।किराना पसलबाट नगद नगद १५ हजारसहित विभिन्न जिन्सी साम्रागी चोरी भएको उनले बताए । यस्तै भुसालको घरबाट घरमा भएको खाद्यान्यसहित विभिन्न जिन्सी साम्रगी चोरी भएको अध्यक्ष छन्त्यालले बताए ।अध्यक्ष छन्त्यालले बुटवल सतगढी टोल विकास संस्था भित्रमा मात्रै दशैँ तिहार भन्दा यता २० भन्दा बढी घरमा चोरी भएको बताए । चोरी गर्ने गिरोह नै सक्रिय भएकाले तत्काल पक्राउ गरि कानुनी दायरामा ल्याउनका लागि प्रहरी प्रशासन समक्ष आग्रह समेत गरे । गयराती चोरी गर्नेहरु सिसिटिभिमा समेत देखिएकाले तत्काल चोरीमा संलग्नलाई पक्राउ गर्न अनुरोध...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका १९ निर्णयहरु सार्वजनिक गरेका हुन् ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको अधिवेशन माघ ४ गते देखि बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । जस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन बोलाइसकेका छन् ।बैठकका निर्णयहरु ...
दुई करोड बढीको इलेक्ट्रिक चुरोट ‘भेप’ बोकेको कन्टेनरसहित एकजना पक्राउ

दुई करोड बढीको इलेक्ट्रिक चुरोट ‘भेप’ बोकेको कन्टेनरसहित एकजना पक्राउ

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंदुई करोड रुपैयाँभन्दा बढी मूल्यको इलेक्ट्रिक चुरोट भेप बोकेको कन्टेनरसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सोमबार ९पुस २८० मुस्ताङको लोमन्थाङ गाउँपालिका–४, नेचुङबाट उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।दुई करोड २४ लाख ५९ हजार ३२० रुपैयाँबराबरको इलेक्ट्रिक चुरोट ९भेप०सहित सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–५ का ३२ वर्षीय पेमा लामालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएएसपी शैलेन्द्र थापाले जानकारी दिए ।ना६ख ७५९१ नम्बरको कन्टेनरमा केही दिनअघि चीनबाट अवैध रूपले ल्याई कोरोला नाकाअगाडि गाडीमा लोड गरेर राखिएको ८० कार्टुन इलेक्ट्रिक चुरोटसहित उनलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका लामा कन्टेनरका चालक हुन् ।नियन्त्रणमा लिइएका लामा कन्टेनरका चालक हुन् । बरामद इलेक्ट्रिक चुरोट मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प...
भूकम्पीय जोखिम न्यूनीकरणका लागि नवीनतम प्रविधि र तयारी अनिवार्यः मुख्यमन्त्री आचार्य

भूकम्पीय जोखिम न्यूनीकरणका लागि नवीनतम प्रविधि र तयारी अनिवार्यः मुख्यमन्त्री आचार्य

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवल लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुन सक्ने क्षति न्यूनिकरण गर्न नवीनतम प्रविधि र सीप सिकाईलाई अवलम्बन गर्न आवश्यक भएको बताउनुभएको छ । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र न्यू होराइजन स्कुल बुटवलको सहकार्यमा आयोजित भूकम्प विज्ञान तथा भूकम्प सुरक्षा सम्बन्धी प्रदर्शनात्मक कार्यक्रमको मंगलबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले विपद् पूर्व सूचना गरेर नआउने भएकाले पूर्व तयारी र सतर्कता सधैं चुस्त राखिनु पर्नेमा जोड दिनुभयो ।‘यसलाई सिकाइको रूपमा लिन जरुरी छ । भावी दिनमा हुन सक्ने भूकम्पीय क्षति कम गर्न, भूकम्पबाट कसरी बच्ने र बचाउने भन्ने ज्ञान आत्मसात गर्न आवश्यक छ,’उहाँले भन्नुभयो ।‘हामीले विगतमा धेरै क्षति बेहोरेका छौं । भावी दिनमा क्षति दोहोरो नहोस् भन्ने उद्देश्यले सरकार सधैं पूर्व सतर्कता र तयारीमा संवेदनशील रूपमा काम गरिरहेको छ ।’...
अमेरिकासँग वार्ता गर्न इरान तयार, सैन्य कारबाहीको विकल्प सोचिरहेको ट्रम्पको भनाइ

अमेरिकासँग वार्ता गर्न इरान तयार, सैन्य कारबाहीको विकल्प सोचिरहेको ट्रम्पको भनाइ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार, समाज
तेहरानस्वतन्त्रताको माग गर्दै सरकारविरुद्ध इरानमा चलिरहेको आन्दोलनमाथि सत्ता दमन चर्किंदै जाँदा त्यसको विरोधमा इरानी जनताप्रति ऐक्यबद्धता जनाउन विश्वभर प्रदर्शन सुरु भएको छ । चर्को मूल्यवृद्धिका कारण आक्रान्त बनेका इरानका व्यवसायीले गत २८ डिसेम्बरदेखि पसल बन्द गरेर थालेको सडक संघर्ष तेस्रो सातामा प्रवेश गर्दैगर्दा देशव्यापी बनेको छ । गत बिहीबारदेखि सरकारले देशभर इन्टरनेट तथा टेलिफोन सेवा नै बन्द गरेर आन्दोलनकारीमाथि तीव्र दमन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।आइतबारसम्म कम्तीमा ५ सय ३८ को मृत्यु भएको अमेरिकास्थित मानवअधिकार अभियन्ता समाचार एजेन्सी (एचआरएएनए) ले जनाएको छ । एचआरएएनएका अनुसार कम्तीमा १० हजार ६ सय प्रदर्शनकारीलाई प्रहरीले हिरासतमा लिएको छ ।इरानमा चलिरहेको सडक प्रदर्शनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन गर्दै आवश्यक परेमा इरानी सरकारविरुद...
विशेष महाधिवेशन र संस्थापन पक्षबाट को-को बस्दैछन् छलफलमा?

विशेष महाधिवेशन र संस्थापन पक्षबाट को-को बस्दैछन् छलफलमा?

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंकांग्रेसको विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अघि बढेपछि संस्थापन पक्षले संवादको तयारी गरेको छ। सोमबार सभापति देउवाले आफूपक्षका नेताहरूसँग गरेको छलफलमा नेताहरूको सुझावअनुसार विशेष महाधिवेशन पक्षसँग छलफल गर्न लागेका हुन् । छलफल मंगलबार हुनेछ। संस्थापन पक्षबाट पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाँण सहभागी हुने तयारी छ। विशेष महाधिवेशन पक्षधरबाट केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरूराज घिमिरेलाई संस्थापन पक्षसँग संवादका लागि जिम्मेवारी दिने तयारी गरिएको एक नेताले जानकारी दिए। 'सभापति, कार्यवाहक सभापति तर्फबाट संवादका लागि खबर आएको छ, विशेष महाधिवेशन पक्षबाट चार जना नेतालाई संवादका लागि जिम्मेवारी दिने गरी छलफल भएको छ,' विशेष महाधिवेशन पक्षधरका एक नेताले भने। कांग्रेसले मंगलबार केन्द्रीय समिति बैठक राखेको छ भने विशेष महाधिवेशन पक्षध...
ललितपुरमा बोरा भित्र शव : औंठी लुट्न ८३ वर्षीय वृद्धको हत्या

ललितपुरमा बोरा भित्र शव : औंठी लुट्न ८३ वर्षीय वृद्धको हत्या

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंतीन तोलाको सुनको औठी लुट्न ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या भएको छ । इलाम घर भएका वयोवृद्ध गर्जमान थापाको हत्यामा सुनको औंठी लुट्ने नियत रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।ललितपुर महानरपालिका-१७ प्रसिद्ध टोल बस्ने गर्जमान २६ पुस दिउँसो २ बजेतिर हराएका थिए । गर्जमान हराएपछि उनका आफन्तले दिउँसोभर टोल वरपर खोजबिन गरे । तर फेला परेनन् ।गर्जमान फेला नपरेपछि साँझ ७ बजेतिर प्रहरी वृत्त सातदोबाटोमा आफन्तले उजुरी दिए । आफन्तले बेपत्ता गर्जमानको खोजी गरिदिन उजुरी दिएको दुई दिनपछि सातदोबाटो प्रहरीले उनको अवस्था पत्ता लगायो ।गहुँगोरो वर्णका अन्दाजी ४ फिट अग्ला गर्जमान बेपत्ता हुने बेलामा नर्थफेस लेखेको कालो रङको ज्याकेट र कालै रङको जिन्सको पाइन्ट, कालो रङको जुत्ता र क्रिम रङको टोपी लगाएका थिए ।आफू बस्ने ठाउँबाट करिब ८०० मिटर उत्तरपूर्वमा पर्ने वृत्त सातदोबाटोबाट वृद्धबारे दुई दिनसम्म...
आफू निकट पदाधिकारी र कानुन व्यवसायीसँग छलफल गर्दै शेरबहादुर देउवा

आफू निकट पदाधिकारी र कानुन व्यवसायीसँग छलफल गर्दै शेरबहादुर देउवा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट पदाधिकारी र कानुन व्यवसायीहरूसँग छलफल गर्दैछन्। ३ बजेपछि बस्नेगरी सभापति देउवाले छलफलमा बोलाएको एक पदाधिकारीले जानकारी दिए। छलफल महाराजगन्जस्थित देउवा निवासमा केही बेरमै सुरू हुने उनले बताए। छलफलमा देउवाले आफूनिकट केही केन्द्रीय सदस्य र कानुन व्यवसायीलाई पनि बोलाएका छन्। भृकुटीमण्डपमा विशेष महाधिवेशको बन्द सत्रमा देउवा नेतृत्वको कार्यसमिति विघटन गर्ने प्रस्ताव पेस भएको छ।सभापति देउवाले विशेष महाधिवेशन भइरहेको र पार्टीभित्र सिर्जना हुनसक्ने अवस्थाबारे छलफल गर्न लागेका हुन्।बिहान नेता शेखर कोइरालाले पनि आफूनिकट पदाधिकारी र केन्द्रीय सदस्यहरूसँगै कानुन व्यवसायीलाई पनि राखेर छलफल गरेका थिए। विशेष महाधिवेशन नेतृत्व चयन गर्नेतर्फ अगाडि बढिरहँदा संस्थापनका नेताहरू छलफलमा जुटेका हुन्। ...
राष्ट्रिय सभाको अधिवेशन माघ ४ मा आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

राष्ट्रिय सभाको अधिवेशन माघ ४ मा आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते अधिवेशन आह्वान गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभा विघटन भए पनि स्थायी सदनका रूपमा रहेको राष्ट्रिय सभाको अधिवेशन बाेलाउनेबारे यसअघि विभिन्न चरणमा छलफल भइरहेको थियो । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री कार्कीलाई भेटेर पनि अनुरोध गरेका थिए । ...