विदेश

पूर्ण छात्रवृत्तिमा नाम निकालेका विद्यार्थीलाई कालिकाको सम्मान

पूर्ण छात्रवृत्तिमा नाम निकालेका विद्यार्थीलाई कालिकाको सम्मान

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयले एमबीबीएस तथा इन्जिनियरिङतर्फ पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल मेधावी विद्यार्थीहरुलाई सम्मान गरेको छ । शुक्रबार एक समारोहका बीच विद्यार्थीहरुलाई नगद र मायाको चिनोसहित सम्मान गरिएको थियो ।कालिका मानवज्ञान माविबाट एमबीबीएसको पूर्ण छात्रवृत्तिमा ‘टप टेन’ ¥याङसहित २२ जना र इन्जिनियरिङतर्फ ३० जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । यस्तै बिएएमएसतर्फ आकाश मिश्र नेपाल प्रथम र इशान ज्ञवाली नेपाल द्वितिय हुन सफल भएका छन् भने बिएस्सी नर्सिङतर्फ ३ जनाले पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् । एमबीबीएसतर्फ विद्यार्थी शिशिर मल्ल टप टेनमा परेका छन् । उनी एसईई परीक्षामा पनि कालिकाबाटै ४ जीपीएसहित उत्तीर्ण भएका थिए ।देशभरबाट एमबीबीएसतर्फ ४०० जनाको कोटामा एउटै सामुदायिक विद्यालयबाट २२ जना र इन्जिनियरिङतर्फ ३० जना विद्यार्थीले ...
नेपालको सार्वजनिक ऋण पौने ३० खर्ब पुग्यो

नेपालको सार्वजनिक ऋण पौने ३० खर्ब पुग्यो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंचालु आर्थिक वर्ष २०८३/८४ को कात्तिक मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार यो रकम कुल गार्हस्थ्य उत्पादनको ४५.०८ प्रतिशत हो ।प्रतिवेदनअनुसार कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२.९३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.०७ प्रतिशत रहेको छ । कात्तिक मसान्तसम्म आन्तरिक ऋण १४ खर्ब ४० अर्ब ४७ करोड ५९ लाख र वैदेशिक ऋण १५ खर्ब ७४ अर्ब ६४ करोड २१ लाख रुपैयाँ रहेको छ। विनिमय दरमा भएको लाभका कारण सार्वजनिक ऋण दायित्वमा ४३ अर्ब ११ करोड २० लाख रुपैयाँले कमी आएको प्रतिवेदनमा उल्लेख छ । सरकारले चालु आर्थिक वर्षमा ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखेकोमा कात्तिक मसान्तसम्म १ खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ प्राप्त गरेको छ । यो वार्षिक लक्ष्यको ...
चार महिनामा ८ खर्ब बढीको वस्तु आयात, व्यापार घाटा ६ खर्ब ६८ अर्बमाथि

चार महिनामा ८ खर्ब बढीको वस्तु आयात, व्यापार घाटा ६ खर्ब ६८ अर्बमाथि

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंचालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ ।अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।भन्सार विभागको तथ्यांकअनुसार वस्तु आयात ३१.७७ प्रतिशतभन्दा बढीले बढेको हो । यस अवधिमा नेपालको निर्यात व्यापार पनि ४३.४८ प्रतिशतले वृद्धि भएको छ ।चार महिनामा १ खर्ब ३४ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ९३ अर्ब ४९ करोड रुपैयाँ रहेको थियो । आयात र निर्यात दुवैमा वृद्धि भए पनि व्यापार घाटा भने २९ दशमलव ६५ प्रतिशतले बढेर ६ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटा ५ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार ३३.३३ प्रतिशतले...
हिमतालको जोखिमबाट जोगाउन ५० मिलियन डलरको परियोजना

हिमतालको जोखिमबाट जोगाउन ५० मिलियन डलरको परियोजना

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँहिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको संरक्षण गर्ने उद्देश्यले ४९.९४ मिलियन अमेरिकी डलरको ‘जिएलओएफ सञ्जिवनी परियोजना’ सञ्चालन गर्न लागिएको छ ।यस परियोजनाका लागि हरित जलवायु कोषबाट ३६.१६ मिलियन अमेरिकी डलर अनुदान, नेपाल सरकारबाट ११.३२ मिलियन अमेरिकी डलर सह–वित्तीय योगदान, युएनडिपीबाट २.१४ मिलियन अमेरिकी डलर र निजी क्षेत्रका साझेदारहरूबाट ०.३२ मिलियन अमेरिकी डलरको योगदान प्राप्त हुनेछ ।सन् २०२६ देखि २०३३ सम्म सञ्चालन हुने यस परियोजनाबाट प्रत्यक्ष रूपमा तीन लाख ८५ हजारभन्दा बढी मानिस लाभान्वित हुने परियोजनाले जनाएको छ । जसमध्ये ५५ प्रतिशत महिला छन् । साथै, तल्लो तटीय जलाधार क्षेत्रमा बसोबास गर्ने करिब २० लाख थप मानिसले अप्रत्यक्ष रूपमा सुरक्षा लाभ प्राप्त गर्ने बताईएको छ ।परियोजनाको आज आयोजित उद्घाटन कार्यशालामा जल तथा ऊर्ज...
नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि भारतद्वारा २ खर्ब ४० अर्ब रुपैयाँ सहयोगको घोषणा

नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि भारतद्वारा २ खर्ब ४० अर्ब रुपैयाँ सहयोगको घोषणा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पुनर्निर्माण तथा दीर्घकालीन विकासलाई सहयोग पुर्‍याउन भारतका तर्फबाट २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको विकास सहयोग प्याकेज घोषणा गरेका छन् ।नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले उक्त सहयोग प्याकेज सार्वजनिक गरेका हुन् । गत अगस्टमा नेपालमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले नेपालको पुनर्निर्माण र विकास प्रयासमा भारतले निरन्तर साथ दिने प्रतिबद्धता जनाए ।मोदीले प्रधानमन्त्री शाहको प्रशंसा गर्दै नेपाल–भारत सम्बन्धबारे उनको स्पष्ट दृष्टिकोण रहेको बताए । संयुक्त राष्ट्रसंघमा शाहले दिएको सम्बोधनको स्मरण गर्दै मोदीले उनीसँग केही घण्टा बिताउँदा नै उनको सोच र दृष्टिकोण बुझ्ने अवसर पाएको उल्लेख गरे ।नेपाल र भारतबीचको सम्बन्ध साझा इतिहास, धर्म, संस्कृति, आस्था र...
भैरहवा विमानस्थलका लागि भारतीय आकाश खुल्दै

भैरहवा विमानस्थलका लागि भारतीय आकाश खुल्दै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, शिक्षा, समाचार
रुपन्देहीअर्बौं लगानी गरेर निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्ने नेपालको लामो प्रयासले सफलता पाउने संकेत देखिएको छ । नेपाल र भारतबिच भैरहवा हुँदै नेपाल प्रवेश गर्ने हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने सहमति भएपछि यस क्षेत्रको अन्तर्राष्ट्रिय उडान विस्तारको सम्भावना बढेको हो ।प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको द्विपक्षीय सहमतिअनुसार भारतले हाल एकतर्फी सञ्चालनमा रहेको काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन सहमति जनाएको छ । यससँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि लामो समयदेखि देखिएको एउटा प्रमुख प्राविधिक तथा कूटनीतिक अवरोध हट्ने अपेक्षा गरिएको छ । दुई देशबिच भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यको बुँदा नम्बर ८ मा बी३४५ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको उल्...
नेपाल र भारतबिच भएका ८ वटा समझदारी

नेपाल र भारतबिच भएका ८ वटा समझदारी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँप्रधानमन्त्री बालेनको भारतको राजकीय भ्रमणका क्रममा नेपाल र भारतबिच आठ वटा महत्त्वपूर्ण क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री बालेनको उपस्थितिमा प्राविधिक, शैक्षिक, प्रशासनिक, स्वास्थ्य, सञ्चार तथा कृषि क्षेत्रको विकासमा समझदारी भएका हुन् । भ्रमणका क्रममा सुरक्षा संयन्त्रको आधुनिकीकरण र अपराध अनुसन्धानको क्षमता अभिवृद्धिलाई उच्च प्राथमिकतामा राख्दै दुई वटा छुट्टाछुट्टै शैक्षिक तथा तालिमसम्बन्धी समझदारी भएका छन् । जसअनुसार भारतको गुजरातस्थित गान्धीनगरमा रहेको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय (नेसनल फरेन्सिक साइन्सेज युनिभर्सिटी) र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबिच शैक्षिक तथा अनुसन्धान सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।यस सहकार्यले नेपालको अपराध अनुसन्धान प्रणालीलाई व...
प्रधानमन्त्री बालेन र मोदीबीच आज वार्ता हुंदै, रेलसेवा उद्घाटनदेखि विभिन्न सम्झौताको तयारी

प्रधानमन्त्री बालेन र मोदीबीच आज वार्ता हुंदै, रेलसेवा उद्घाटनदेखि विभिन्न सम्झौताको तयारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका क्रममा नयाँदिल्लीमा रहेका छन्।आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहले भ्रमणको दोस्रो दिन सोमबार विभिन्न महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुने कार्यसूची रहेको छ।प्रधानमन्त्री बनेपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा गरेका शाहले आइतबार भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका थिए। विदेशमन्त्री संगकाे भेटमा नेपाल–भारत सम्बन्ध तथा व्यापार, पारवहन, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका विषयमा छलफल भएको थियो। भ्रमणको दोस्रो दिन प्रधानमन्त्री शाहले नयाँदिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ। त्यसपछि उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा द्विपक्षीय वार्त...
एसिया कप राइजिङ स्टार्स: युएईविरुद्ध नेपालको सानदार जित

एसिया कप राइजिङ स्टार्स: युएईविरुद्ध नेपालको सानदार जित

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार
काठमाडौँनेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । पहिलो जित दर्ता गर्ने क्रममा नेपालले आज युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध ६ विकेटको जित निकालेको हो ।नेपालले पहिलो खेलमा भारत ‘ए’ विरुद्ध ३०६ रनको पराजय व्यहोरेको थियो । आज भने नेपालले उत्कृष्ट पुनरागमन गर्दै सहज जित निकाल्यो । युएईले दिएको १२२ रनमको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।नेपालको जितमा ओपनिङ ब्याटर कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । उनले ५६ बलमा छ चौका र एक छक्कासहित ५६ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा कुशलको यो दशौँ अर्धशतक हो ।यसैगरी मयन यादवले २७ र बसिर अहमदले अविजित १८ रनको योगदान दिए । युएईका लागि बलिङतर्फ मोहम्मद मोहसिनले दुई तथा उद्देश सुरी र अङ्श टन्डनले समान १–१ विकेट लिए ।त्यसअघि दो...
वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का हुंदै

वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का हुंदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौंवैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी हुँदासमेत लामो समयदेखि फरार रहेका आरोपितको बैंक खाता तथा सम्पत्ति रोक्का गर्ने प्रक्रिया अघि बढ्ने भएको छ । वैदेशिक रोजगार विभागले पहिलो चरणमा १ हजारभन्दा बढी फरार आरोपितको सूची सार्वजनिक गरी उनीहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।विभागले ९ कात्तिकमा सार्वजनिक सूचना जारी गर्दै वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन आग्रह गरेको थियो ।तोकिएको अवधिभित्र सम्पर्कमा नआए उनीहरूको बैंकिङ कारोबार हुने खाता तथा यात्रा अनुमति सम्बन्धी प्रक्रिया रोक्का गर्ने लगायत कानुनी कारबाही अघि बढाइने सूचनामा उल्लेख थियो ।३५ दिने सूचना अवधिपछि सम्पर्कमा नआएका व्यक्तिको विवरण संकलन गरी बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाइने विभागक...