गुल्मेली सम्पर्क समाजको २३औं स्थापना दिवस भोलि, रक्तदान सहित बृहत कार्यक्रम गरी मनाइँदै


रुपन्देही
गुल्मेली सम्पर्क समाज रुपन्देहीको २३ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाउने तयारी गरिएको छ ।
समाजले स्थापना दिवसको अवसरमा भोलि आईतबार रक्तदान कार्यक्रम र सम्मान कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक तथा समाजका उपाध्यक्ष हेम थापाले जानकारी दिए ।
उनका अनुसार समाजको गुरुयोजना स्थल तिलोत्तमा नगरपालिका -४ दिङ्गरनगरमा स्थापना दिवस मनाउन लागिएको हो । त्यसको लागी तयारी तिब्र पारिएको छ ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राबिधिक सहयोगमा संचालन गर्न लागिएको रक्तदान कार्यक्रममा बिहान ७ बजेदेखि सुरु हुनेछ । समाजका अध्यक्ष डा. नारायण प्रसाद पन्थले २३ औं स्थापना दिवसमा सामाजिक, आर्थिक , राजनीति क्षेत्रमा विशेष योगदान पुर्याउनु हुने ब्यक्तित्व तथा सम्पर्क समाज स्थापना गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने महानुभावहरुलाई सम्मान गर्न लागिएको बताए । “सम्पर्क समाजलाई यहाँ सम्म ल्याईपुर्याउन अग्रजहरुको ठुलो योगदान रहेको छ, उहाँहरुलाई सम्झने प्रयास गर्दै छौं।” उनले भने ।


गुल्मी जिल्लामा जन्म भइ बसाइँसराइ तथा विभिन्न पेशा ब्यवसायको लागी रुपन्देहीमा बसोबास गर्ने गुल्मेलीहरुको साझा संस्था सम्पर्क समाजले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको छ ।

छोरी शिक्षा कार्यक्रम मार्फत शिक्षा क्षेत्रमा काम गर्दै आएको समाजले जेष्ठ नागरिकहरुको सम्मानको लागी जेष्ठ नागरिक मिलनकेन्द्र संचालन गरेको छ । श्रृृङगेश्वरधाम निर्माण लगायत सामाजिक तथा धार्मिक क्षेत्रमा समाजले अनुकरणीय कार्य गरेको छ ।

छुटाउनुभयो कि ?

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...