रुपन्देही उद्योग संघको अधिवेशन : सर्वसम्मत नेतृत्व चयन गर्न उद्योगीहरुको बिचमा छलफल


रूपन्देही
रुपन्देहीका उद्योगीहरुको छाता संस्था रुपन्दही उद्योग संघको ४७ औं साधारण सभा तथा २४ औं अधिवेशनको चर्चा संगै संघको नेतृत्वको आकांक्षीहरुका बिचमा छलफल सूरु भएको छ।

कार्तिक २२ गते हुने अधिवेशन तथा साधारणसभा तथा अधिवेशनबाट चयन हुने नया नेतृत्व सर्वसम्मत बनाउने प्रयत्नमा संघको पुर्व नेतृत्व र बर्तमान नेतृत्व देखिएको छ।

अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, सचिव[ (महिला), सहकोषाध्यक्ष गरी ९ पदाधिकारी र एशोसिएट, आजिवन, संस्थागत, खुल्ला र बिभिन्न क्षेत्रगत गरी २१ जना सदस्यहरुको निर्वाचन गर्नेछ। संघको ३३ सदस्यीय कार्यसमितीमा एकजना निवर्तमान अध्यक्ष र २ जना सदस्य अध्यक्षले मनोनित गरी ३३ सदस्यीय कार्यसमिती रहने ब्यवस्था संघको बिद्यानमा ब्यवस्था छ।

संघका अध्यक्ष दिलिप सापकोटाले नेतृत्वबाट बिदा लिने निश्चित गरेपछि बरिष्ठ उपाध्यक्ष कृष्ण पराजुली अध्यक्षमा र प्रथम उपाध्यक्ष जिबकान्त काफ्ले (जिवन) बरिष्ठ उपाध्यक्षमा तथा प्रथम उपाध्यक्षमा द्धिप्तिय उपाध्यक्ष हरि बहादुर खत्रीले आकांक्षा देखाएका छन्। यि तिन पदमा अन्य उद्योगीहरुको दावी नभएकोले निर्विरोध हुने करिव पक्का पक्की जस्तै भएको छ।

संघको सवै पदाधिकारी तथा सदस्य पदमा उद्योगीहरुको चाहाना अनुसारकै नेतृत्व चयन हुने संघका अध्यक्ष दिलिप सापकोटाले बताए। हामी सबैलाई मिलाएर सर्वसम्मत नेतृत्व चयन गर्ने गरी छलफल सूरु गरेको छौं अध्यक्ष सापकोटाले भने।

संघमा हिरामणी भटराई, युवराज आचार्य, सचिव सुमन बस्याल, महिला सचिव मन्जु भुसाल,सहकोषाध्यक्ष बिशाल बेलबासे र कार्यसमिती सदस्य अशोक कुंवर लगायत बर्तमान कार्यसमितिमा रहेकाहरू पदाधिकारीका आकांक्षी हुन्।

संघको निर्वाचनका लागि गठित निर्वाचन समितीले निर्वाचन तालिका प्रकाशन गरेर सोही अनुसार निर्वाचन प्रक्रिया अगाडी बढाएको छ। निर्वाचन समितीले कार्तिक १९ गते मतदाता नामावली प्रकाशन गरेको छ भने कार्तिक २० गते उम्मेदवारहरुको मनोनयन हुने गरी कार्यतालिका सार्वजनिक भएको प्रमुख निर्वाचन आयुक्त राम प्रसाद आचार्यले बताए।

निर्वाचन समितीका अनुसार कार्तिक २१ गते सुक्रवार उम्मेदवारी फिर्ताको समय दिईएको र सुक्रवार दिउसो १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ।

निर्वाचन समितिका अनुसार निर्वाचनका लागि मतदाताको संख्या १ हजार ६९ रहेका छन्। जसमा साधारण ७८६, आजिवन ४८, एशोसिएट ६४, संंस्थागत ९ र महिला १६२ रहेका छन्।

छुटाउनुभयो कि ?

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...
दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वडादशैंले नेपालीबीच आपसी सद्भाव, भाइचारा, राष्ट्रिय एकता र सहकार्यको भाव...
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

काठमाडौंलगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट पक्राउ परेका...