बिज्ञान प्रबिधि

तिलोत्तमा मेलामा दर्शकको ध्यान खिचेको ‘विजयासार’को गिलास

तिलोत्तमा मेलामा दर्शकको ध्यान खिचेको ‘विजयासार’को गिलास

Breaking news 3, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, राेचक जानकरी, विविध, समाचार, समाज, स्थानीय
रुपन्देहीरुपन्देहीको तिलोत्तमामा जारी औद्योगिक व्यापार मेलामा विभिन्न औद्योगिक उत्पादन, घरेलु सामग्री र नयाँ प्रविधिसँगै विजयासारको काठबाट बनेको गिलासले पनि दर्शकको ध्यान खिचेको छ । प्राकृतिक काठबाट तयार गरिएको यो गिलास स्वास्थ्यप्रतिको चासो राख्ने अवलोकनकर्ताका लागि आकर्षण बनेको छ ।तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा ‘उद्योग, कृषि, प्रविधि र पर्यटनमा लगानी : दिगो आर्थिक विकासका लागि चौथो तिलोत्तमा राष्ट्रिय प्रदर्शनी’ नारासहित मंसिर ३ देखि सञ्चालित मेलामा गुल्मीकाे रेसुङ्गा नगरपालिकामा इना सप्लार्यसले उत्पादन गरेकाे विजयासारको गिलास प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ ।मेलामा रहेका करिब ३२५ स्टलमध्ये यसले परम्परागत जडीबुटी र प्राकृतिक सामग्रीमा रुचि राख्ने दर्शकको ध्यान तानेको हो ।विजयासार (प्टेराेकर्पस मार्सुपियम) लाई औषधीय गुण भएको वनस्पति मानिन्छ । आयुर्वेदमा यसको काठलाई विभ...
तिलोत्तमा महोत्सवमा सुरक्षा : प्रहरीदेखि सिसिटिभीको सूक्ष्म निगरानी

तिलोत्तमा महोत्सवमा सुरक्षा : प्रहरीदेखि सिसिटिभीको सूक्ष्म निगरानी

Breaking news 3, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, राेचक जानकरी, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीरुपन्देहीको तिलोत्तमामा सञ्चालित राष्ट्रिय औद्योगिक व्यापार मेलामा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइएको छ । मेलामा हुन सक्ने सम्भावित जोखिम तथा अप्रिय घटना रोक्न नेपाल प्रहरी, निजी सुरक्षा कम्पनीका सुरक्षाकर्मी र बाउन्सर परिचालन गरी सुरक्षा निगरानीलाई प्रभावकारी बनाइएको हो ।तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा यहि मंसिर ३ गतेदेखि मणिग्राममा सञ्चालन गरिएको नवौं तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि, प्रविधि एवम् पर्यटन प्रवद्र्धन महोत्सवको समग्र सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गर्नुका साथै मञ्च, स्टल, सचिवालय र मेला परिसरका विभिन्न स्थानमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । क्यामेरामार्फत मेला परिसरका गतिविधिलाई निगरानी गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।मेलाको सचिवालय र कलाकारहरूको सुरक्षाका लागि विशेष रूपमा बाउन्सरसमेत परिचालन गरिएको छ । मेला आयोजक ति...
तिलोत्तमा महोत्सव : सफल उद्यमीका अनुभवले विद्यार्थीमा जगायो उद्यमशीलताको प्रेरणा

तिलोत्तमा महोत्सव : सफल उद्यमीका अनुभवले विद्यार्थीमा जगायो उद्यमशीलताको प्रेरणा

Breaking news 3, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, राेचक जानकरी, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
तिलाेत्तमातिलोत्तमामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा विद्यार्थीलाई उद्यमशीलतातर्फ प्रेरित गर्ने उद्देश्यले सफल उद्यमीका अनुभव र संघर्षका कथा सुनाइएको छ । मंगलबार मेला अवलोकनका लागि आएका विभिन्न विद्यालयका एक हजारभन्दा बढी विद्यार्थीलाई उद्यमशीलताको महत्त्व, व्यवसाय सञ्चालनका चुनौती र सफलताका आधारबारे जानकारी दिइएको हो ।कार्यक्रममा सफल व्यवसायी मेला आयाेजक तिलाेत्तमा उद्याेग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, गण्डकी चिउरा उद्योगका सञ्चालक एवं संघका वरिष्ठ उपाध्यक्ष सुरज पंगेनी, सत्यवती वि कन्सर्नका सञ्चालक एवं संघका महासचिव राजकुमार पाण्डे र माउन्ट एभरेष्ट कत्था उद्योगका सञ्चालक एवं संघका सहकाेषाध्यक्ष वसन्त रोकाले आफ्ना व्यावसायिक अनुभव र सफलताका कथा सुनाएका थिए ।उनीहरूले व्यवसाय सुरु गर्दाका चुनौती, निरन्तर मेहनत, जोखिम बहन गर्ने क्षमता, धैर्य र अवसरको पहिचानले उद्यमशी...
भैरहवा विमानस्थलका लागि भारतीय आकाश खुल्दै

भैरहवा विमानस्थलका लागि भारतीय आकाश खुल्दै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, शिक्षा, समाचार
रुपन्देहीअर्बौं लगानी गरेर निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्ने नेपालको लामो प्रयासले सफलता पाउने संकेत देखिएको छ । नेपाल र भारतबिच भैरहवा हुँदै नेपाल प्रवेश गर्ने हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने सहमति भएपछि यस क्षेत्रको अन्तर्राष्ट्रिय उडान विस्तारको सम्भावना बढेको हो ।प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको द्विपक्षीय सहमतिअनुसार भारतले हाल एकतर्फी सञ्चालनमा रहेको काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन सहमति जनाएको छ । यससँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि लामो समयदेखि देखिएको एउटा प्रमुख प्राविधिक तथा कूटनीतिक अवरोध हट्ने अपेक्षा गरिएको छ । दुई देशबिच भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यको बुँदा नम्बर ८ मा बी३४५ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको उल्...
निजी क्षेत्रका साढे १६ हजार मेगावाट आयोजना अन्योलमा

निजी क्षेत्रका साढे १६ हजार मेगावाट आयोजना अन्योलमा

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँसरकारले विद्युत् उत्पादन बढाउने लक्ष्यसहित सरकारी स्वामित्वका करिब एक हजार मेगावाट क्षमताका आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) अघि बढाएको छ । तर, साढे १६ हजार मेगावाटभन्दा बढी क्षमताका निजी क्षेत्रका आयोजना वर्षौँदेखि पीपीएको प्रतीक्षामा रहेका बेला सरकारी आयोजनालाई प्राथमिकता दिइएपछि ऊर्जा क्षेत्रमा नीतिगत विभेद र लगानी सुरक्षाको बहस चर्किएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निर्देशनपछि नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा सरकारी स्वामित्वका जलविद्युत् तथा सौर्य आयोजनासँग पीपीए गर्ने प्रक्रिया अघि बढाएको हो । ऊर्जा मन्त्रालयका अनुसार करिब एक हजार मेगावाट क्षमताका सरकारी आयोजनाको पीपीए गर्ने तयारी गरिएको छ । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार यससम्बन्धी तयारी पूरा भइसकेको छ । आगामी साता बस्ने सञ्चालक समितिको बैठकबाट औपचारि...
तिलोत्तमा औद्योगिक व्यापार मेला : स्थानीय उत्पादनमा दर्शकको आकर्षण

तिलोत्तमा औद्योगिक व्यापार मेला : स्थानीय उत्पादनमा दर्शकको आकर्षण

Breaking news 3, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, राेचक जानकरी, विविध, समाचार, समाज, स्थानीय
रुपन्देहीरुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी नवौँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि, प्रविधि एवम् पर्यटन प्रवर्द्धन महोत्सवमा स्थानीय उत्पादनका स्टल दर्शकको आकर्षण बनेका छन् । स्थानीयस्तरमा उत्पादित वस्तुको प्रदर्शनी तथा बजारीकरणलाई प्राथमिकता दिँदै राखिएका स्टलमा अवलोकनकर्ताको चासो बढेको हो ।तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा यहि मंसिर ३ गतेदेखि सुरु गरिएको मेलामा तिलोत्तमा नगरपालिकासँगको सहकार्यमा स्थानीय उत्पादनका २६ वटा स्टल राखिएकाे संघका वरिष्ठ उपाध्यक्ष तथा मेला आयाेजक मुल समितिका सहसंयाेजक सुरज पंगेनीले जानकारी दिए । ती स्टलमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्री, हस्तकला, खाद्यान्न, खेलौना, अचारलगायतका वस्तु प्रदर्शनी तथा बिक्रीका लागि राखिएकाे छ ।स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र साना तथा घरेलु उद्यमीलाई व्यावसायिक अवसर उपलब्ध गराउने उद्देश्यले राखिएका...
भाेलीदेखि तिलोत्तमामा औद्योगिक व्यापार मेला

भाेलीदेखि तिलोत्तमामा औद्योगिक व्यापार मेला

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, राेचक जानकरी, विविध, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीको तिलोत्तमामा भाेली मंसिर ३ गतेदेखि चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला सञ्चालन हुंदै छ।तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा भाेली बिहिबारदेखि १६ गतेसम्म तिलोत्तमा नगरपालिका-५, मणिग्राममा ‘नवाैं तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि, प्रविधि एवम् पर्यटन प्रवर्द्धन महोत्सव-२०८३’ सञ्चालन गर्न लागिएको हो ।‘उद्योग, कृषि, प्रविधि र पर्यटनमा लगानी : दिगो आर्थिक विकासका लागि चौथो तिलोत्तमा राष्ट्रिय प्रदर्शनी’ भन्ने नारासहित आयोजना हुने मेलामा औद्योगिक तथा स्थानीय उत्पादनको प्रवर्द्धन, व्यापार विस्तार र आर्थिक गतिविधि बढाउने लक्ष्य लिइएको छ । तिलोत्तमा उद्योग वाणिज्य संघले बुधबार मेला सचिवालयमा पत्रकार सम्मेलन गरि मेलाकाे तयारी पूरा भऐकाे जानकारी गराएकाे हाे । मेलाकाे भाेली दिउसाे १ बजे तिलाेत्तमा गरपालिकाका नगरप्रमुख रामकृष्ण खाण ले उद्घाटन गर्ने छन् । त्यस्तै भ...
बंगलादेशतर्फको बिजुली निर्यात बन्द

बंगलादेशतर्फको बिजुली निर्यात बन्द

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, समाचार
काठमाडौंवर्षायाममा बंगलादेशतर्फ निर्यात हुँदै आएको ४० मेगावाट विद्युत् निर्यातको अवधि सकिएसँगै रोकिएको छ । सुख्खायाम सुरु भएसँगै आन्तरिक माग बढ्ने र नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाको उत्पादन घट्ने भएपछि नेपालले अब भारतबाटै विद्युत् आयात गर्नुपर्ने अवस्था आउने भएको छ । नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच भएको पाँचवर्षे सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशमा दैनिक ४० मेगावाट विद्युत् निर्यात हुँदै आएको थियो । यस वर्ष सम्झौताको अवधि आइतबार सकिएसँगै बंगलादेशतर्फको निर्यात रोकिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले अब अर्को वर्षको वर्षायाममा मात्रै बंगलादेशतर्फ विद्युत् निर्यात हुने बताए । सुख्खायाम सुरु हुनुका साथै चाडपर्व सकिएपछि उद्योग तथा कलकारखानासहित अन्य क्षेत्रमा विद्युत्को माग बढ्ने...
अन्तरिक्षमा भेटियो विज्ञानको नियमलाई चुनौती दिने ‘अदृश्य पिण्ड’

अन्तरिक्षमा भेटियो विज्ञानको नियमलाई चुनौती दिने ‘अदृश्य पिण्ड’

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंखगोलविद्हरूको एक टोलीले ‘लार्ज स्काई एरिया मल्टी-अब्जेक्ट फाइबर स्पेक्ट्रोस्कोपिक टेलिस्कोप’ (लामोस्ट) र ‘अपाचे पोइन्ट अब्जर्भेटरी ग्यालेक्टिक इभोल्युसन एक्सपेरिमेन्ट’ (अपोजी) बाट प्राप्त तथ्याङ्क अध्ययन गरी हालै एउटा रेड जायन्ट स्टारसँगै रहेको अदृश्य बाइनरी साथी पहिचान गरेका छन्। उक्त साथी पिण्डलाई प्रत्यक्ष रूपमा दूरबिनबाट हेर्न नसकिए तापनि खगोलविद्हरूले रेड जायन्ट स्टारमा परेको त्यसको गुरुत्वाकर्षण प्रभाव भने स्पष्ट देख्न सक्छन्।यो कुनै बिल्कुलै नौलो विषय भने होइन-गुरुत्वाकर्षण प्रभावका आधारमा अनुसन्धानकर्ताहरूले यस्ता अदृश्य साथी भएका बाइनरी प्रणालीहरू बारम्बार पत्ता लगाउने गर्छन्। यद्यपि, यो अदृश्य पिण्डको अनुमानित तौल र यस प्रणालीका अन्य विशेषताहरूले गर्दा यो केही अनौठो र अपवाद बन्न पुगेको छ।‘साइन्स एड्भान्सेस’ पत्रिकामा प्रकाशित यस जोडीसम्बन्धी अनुसन्धानले यो अदृश्य ...
जलवायु न्याय हाम्रो अधिकार हो: मानव अधिकारकर्मी

जलवायु न्याय हाम्रो अधिकार हो: मानव अधिकारकर्मी

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, माैसम, राजनीति, विदेश, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलमानव अधिकार तथा शान्ति समाज रुपन्देहीको साधारण सभामा जलवायु न्याय हाम्रो अधिकार हो भन्ने विषयमा सरोकारवाला हरुले जोडदार आवाज उठाएका छन्।आईतबार बुटवलमा सम्पन्न रुपन्देही शाखाको २७औं साधारण सभामा वोल्दै मानव अधिकार कर्मी तथा सरोकारवालाहरुले पारिस्थितिक सन्तुलन कायम गर्न उद्दार राहत र पुनर्वासका लागि स्थायी संयन्त्र गठन गर्न विलम्ब गर्न नहुने वताएका हुन्।मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति रेनुका पौडेलले अहिले नेपालमा मुख्य द्वन्द्व र जलवायु परिवर्तनको दुई चुनौती रहेको वताएकी छन्। सभापति पौडेलले विश्वका विभिन्न देशमा द्वन्द्व चलिरहेको र यसको असर नेपालमा परेको र जलवायु परिवर्तनको पनि ठूलो असर नेपालमा परेको वताएकी हुन्।साथै उनले नेपालको अर्थतन्त्र चिन्ताजनक रहेको र सरकार मानव अधिकार वमोजिम नचलेको र स्वच्छ्याचारि, न्यायालय, सञ्चार क्षेत्र, पुलिस, प्रशासनलगायतका क्षेत्रमा अना...