समाजमा विकृति देखिनु हरेक विधाको क्षमता गुणात्मक रुपमा बृद्धि नहुनु हो : सम्पादक केसी


रुपन्देही
दैनिक लुम्बिनी पत्रिकाका सम्पादक तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष शेरबहादुर केसीले अहिले समाजमा विषेशत नेपालमा राजनीति, उद्यम-व्यवसाय, कर्मचारी, पत्रकारितालगायत हरेक विधामा विकृति देखिनु क्षमतामा गुणात्मक रुपमा वृद्धि नहुनु भएको वताएका छन्।
पत्रकार महासंघ रुपन्देहीको आयोजनामा गरिएको नियमित श्रृंखला “नलेज सिरिज” कार्यक्रम”नयाँ सोच ,नयाँ सुरुवात “मा पत्रकारसंगको अन्तर्क्रियामा केसीले देशमा अहिले देखिएको समस्या समाधानका लागि सवै विधाका नागरिकले आफुलाई गुणात्मक सुधार गर्नु पर्ने वताएका हुन्।
बिहीबार बुटवलमा सम्पन्न कार्यक्रममा वोल्दै उनले आफ्नो
२५ वर्षको पत्रकारिता अनुभवमा आफुले पनि अझै वढि गर्न सकिन्थ्यो कि भन्ने लागेको वताएका हुन्।
कार्यक्रममा उनले कुनै पनि क्षेत्रमा काम गर्न इच्छा, क्षमता लगनशीलता हुनुपर्ने र लहडमा र वाध्यताले सफल नहुने धारणा राखेका हुन्।
आफ्नो संवाददाता देखि सम्पादक सम्मको अनुभवमा पत्रकारितामा अगाडि बढ्न आफ्नो क्षमता वढाउने , समाचारका विषयमा सरोकारवालाले प्रोत्साहन गर्ने, आउने संघर्ष र चूनौतीमा आत्मवल बलियो वनाउन आवश्यक रहेको बताए।
पत्रकारले समाचार चिनेर संयमित भएर संप्रेषण गर्नूपर्ने वताए। पत्रकारले समाचारका सन्दर्भमा सवारी साधनमा प्रेस लेख्ने, परिचय खुलाउने गर्दा समाचारका श्रोत नभेटिने हुनाले जोखिम अवस्थामा सतर्कताका लागि मात्र खुलाउनु पर्ने वताए।
देशको अहिलेको परिस्थितिले देखिएका परिघटना राजनीतिक वा अपराध छुट्याउन गार्हो जस्तो देखिएको वताए।
केसीले पत्रकारिताको विश्वासनियताले समाजलाई निर्देशित गर्नु पर्नेमा सामाजिक सञ्जाल आधार बनेको टिप्पणी गरे।
पत्रकारलाई साधन श्रोतको अभाव, र प्रविधिको वढ्दो स्वरूप, देशमा क्रमशः वढ्दै गएको आर्थिक संकटले पत्रकारलाई साधन श्रोतको अभाव, र प्रविधिको वढ्दो स्वरूपले चुनौती थपिएको,
प्रविधिसंग परिस्कृत हुन आवस्यक रहेको धारणा राखेका थिए।
अहिले पत्रकारिता नवुझेका व्यक्तिहरुको हालिमुहाली देखिएको र यसलाई निराकरण गर्न स्वयं पत्रकार सरोकारवाला सचेत हुनु पर्ने वताए।
पत्रकारले समाचारको प्रतिक्रिया सकारात्मक आउने गरि क्रियाशील रहनु आवश्यक रहेको जनाए।
विश्वासनियताका लागि समाचार श्रोतमा विरोधीको पनि विरोधी पहिचान गरि पत्रकारितामा गर्नु पर्ने सुल्झ्याए।
समाचारका श्रोतलाई गहन रूपमा लिन आवस्यक रहेको र
समाचार संप्रेषण गर्दा छिटो भन्दा विश्वसनीयतामा ध्यानदिनुपर्ने वताए।
कार्यक्रमको सहजिकरण जिल्ला सचिव सिपी खनाल र पत्रकार भुवन जिसिले गरेका थिए।

छुटाउनुभयो कि ?

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...
आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा ? 

आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा ? 

१५ भदौ, वकाठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लाग्नेछ । देशका ...
विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...