Breaking news 2

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमाताको नामबाट चिन्ने गरिएको छ । भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो ।स्कन्दमाता यस्ती दैवी शक्ति हुन् जसले व्यवहारिक ज्ञानलाई कर्ममा बदल्नको लागि प्रेरणा दिने गर्दछिन् । शिव (कल्याण) तत्व युक्त, आनन्दमय, सदैव शान्त यी देवी इच्छा शक्ति, ज्ञान शक्ति र क्रिया शक्तिकी समागम हुन् । जब इच्छा शक्ति, ज्ञान शक्ति र क्रिया शक्तिको मिलन शिव तत्वसँग हुन्छ भने त्यहाँ स्कन्दको जन्म हुन्छ । त्यसैले स्कन्दमातालाई ज्ञान र क्रियाकी स्रोत एवं आरम्भकी प्रतीक मान्न सकिन्छ । उनलाई हामी क्रियात्मक ज्ञान अथवा सही ज्ञानबाट प्रेरित क्रिया, कर्म समेत भन्न सक्दछौं ।ध...
औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंऔषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ प्रकारका औषधिको पैठारी तथा नयाँ उत्पादनमा रोक लगाएको छ । यही असोज २० गते औषधि व्यवस्था विभागका महानिर्देशक स्तरीय निर्णयअनुसार औषधिहरूको उत्पादन अनुज्ञापत्र, औषधि बिक्री वितरण दर्ता प्रमाणपत्र, औषधि पैठारी दर्ता प्रमाणपत्र तथा औषधि पैठारी सिफारिस पत्रलगायतको खारेज गरिएको जनाएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईका अनुसार विभागले सार्वजनिक सूचना जारी गरी विभिन्न कम्पनीका ४७ थरिका नयाँ औषधि आयात गर्न र नयाँ उत्पादन गर्न रोक लगाइएको हो । यद्यपि विभागले अहिले बजारमा बिक्री वितरण हुँदै आइरहेका ती औषधिको भने बिक्री वितरणमा भने रोक नलगाइएको जनाएको छ । ‘इम्युनो सपे्रस्यान्ट’ वर्गका औषधिहरूको गुणस्तर, सुरक्षा तथा ‘क्रस कन्टामिनेसन’ को जोखिम न्यूनीकरण गर्...
बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीका दिन नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको पूजा गर्ने धार्मिक परम्परा छ। आज घरघरका दशैंघर, पूजा कोठा तथा देशभरका शक्तिपीठमा कुष्माण्डा देवीको विशेष पूजा आराधना गरिँदै छ।धार्मिक मान्यताअनुसार आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीन प्रकारका तापलाई ‘कुष्मा’ भनिन्छ। यी तीनै प्रकारका दुःख र कष्ट हटाउने देवीका रूपमा कुष्माण्डालाई लिने गरिन्छ। विभिन्न पुराणमा कुष्माण्डा देवीले सुराले भरिएको घडा तथा रगतयुक्त पात्र धारण गर्ने उल्लेख छ। दुर्गा सप्तशती (चण्डी) को देवी कवचमा त्रिविध तापयुक्त संसारलाई आफ्नो उदरमा धारण गर्ने शक्तिका रूपमा कुष्माण्डाको वर्णन गरिएको छ।यस वर्ष असो...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधिवेशनअन्तर्गत भएको निर्वाचनमा पौडेलले ८३३ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।निर्वाचन परिणामअनुसार अध्यक्ष पदका अर्का उम्मेदवार टंकप्रसाद गैरेले ६०९ मत प्राप्त गरेका छन् । वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई ७२४ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी बिमलराज भट्टराईले ६९८ मत प्राप्त गरेका छन् ।उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ ७१२ मतसहित निर्वाचित भएका छन् । वाणिज्य उपाध्यक्षमा मुक्ति प्रसाद अधिकारी ७११ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । महासचिवमा वसन्तप्रसाद ढकाल ७१४ मतसहित निर्वाचित भएका छन् । कोषाध्यक्षमा टिकराम बनजाडे ७३८ मत प्राप्त गर्दै निर्वाचित भएका छन् भने सचिवमा दीपकप्रसाद चापागाईं ७५२ मतसहित निर्वाचित भएका छन् । सहकोषाध्यक्षम...
बाढीपछिको त्यो यात्रा : मनमा उठेका पीडा,प्रश्न र समाधान

बाढीपछिको त्यो यात्रा : मनमा उठेका पीडा,प्रश्न र समाधान

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, माैसम, राजनीति, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवालीकाठमाडौंदेखी नारायणगढ सम्मको यात्रा सधैँ एउटा चुनौतीपूर्ण अनुभव रहँदै आएको छ। तर, हालै रसुवा र भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा त्यसको प्रभावस्वरूप यो मुख्य राजमार्ग क्षेत्रमा देखिएको विभिषिकापछि गरिएको यात्रा केवल एक यात्रा मात्र रहेन। यो त प्रकृतिको ताण्डव, मानवीय लाचारी र राज्यको कमजोर तयारीको जीवित दस्तावेज जस्तो देखियो। सडकका दायाँबायाँ छरिएका भग्नावशेष, पहिरोले बगाएका बस्तीका अवशेष र त्रिशूलीको उर्लँदो धमिलो पानीले मनमा गहिरो पीडा मात्र दिएन, बरु हाम्रो विकास मोडल र भविष्यमाथि अनगिन्ती प्रश्नहरू पनि उब्जाइदियो। यात्राको सुरुवात र आँखाअगाडिको पीडादायी दृश्य गाडी अगाडि बढ्दै गर्दा त्रिशुली खण्ड सुरु हुनासाथ प्रकृतिको वितण्डाको रूप देखिन थाल्छ। भोटेकोशी र रसुवा क्षेत्रमा आएको भीषण बाढीको धक्का यहाँसम्म महसुस हुन्थ्यो। ठाउँ-ठाउँमा पहाडहरू खसेर सडकको ना...
धैर्य हुनुस्,आपतकालीन सहयोगका लागि मन्त्रालयमा सम्पर्क गर्नुस्: गृहमन्त्री गुरुङ

धैर्य हुनुस्,आपतकालीन सहयोगका लागि मन्त्रालयमा सम्पर्क गर्नुस्: गृहमन्त्री गुरुङ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज
काठमाडौंगृहमन्त्री सुधन गुरुङले विशेष गरी बूढीगण्डकी नदी तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन र उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो आग्रह गरेका हुन् ।उनले लेखेका छन्, ‘विशेष गरी बूढीगण्डकी नदी किनार तथा तटीय क्षेत्रमा रहेका सिर्दिबास, जगत, सल्लेरी, खोलबेसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन र उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछु।’ नेपालले फेरि अर्को भीषण बाढीको सामना गर्नुपरेको भन्दै उनले लेखेका छन्, ‘यसपालि मेरै आफ्नै निर्वाचन क्षेत्र गोरखाको चुमनुब्री गाउँपालिका-३, न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको तथा घट्टेखोला क्षेत्रका केही घरहरूमा लेदोसहितको पानी पसी नदीको बहाव निरन्तर बढिरहेको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।...
बूढीगण्डकी नदीमा भीषण बाढी : गोरखाको सल्लेरी बजार बगायो

बूढीगण्डकी नदीमा भीषण बाढी : गोरखाको सल्लेरी बजार बगायो

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँबूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले गोरखामा ठूलो क्षति गरेको छ। एकाबिहानै बाढीले गर्दा त्यहाँको अवस्था तनावग्रस्त बनेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार त्यहाँका स्थानीयलाई सचेत गराउन एसएमएस सेवा जारी राखिएको छ। स्थानीयका अनुसार गोरखाको सल्लेरी बजार बगाएको छ । चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको आशंका गरिएको छ । ...
मणिमुकुन्दको अध्यक्षमा पुनः माधव नेपाल, उपाध्यक्षमा भारि मतान्तरले घिमिरे विजयी

मणिमुकुन्दको अध्यक्षमा पुनः माधव नेपाल, उपाध्यक्षमा भारि मतान्तरले घिमिरे विजयी

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको १८ औ वार्षिक साधारण सभा तथा छैटौ अधिवेसन सम्पन्न भएको छ । समितिको शनिबार सम्पन्न अधिवेसनबाट माधवप्रसाद नेपालको अध्यक्षतामा नया कार्यसमिति निवार्चित भएका छन । यसैगरि उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा युवराज घिमिरे २६४ र माधवप्रसाद श्रेष्ठले २३६ मत प्राप्त गरि विजयी भएका छन । उपाध्यक्ष पदका टीकाराम शर्माले भने १२३ मत प्राप्त गरे ।यसैगरी, महासचिवमा महेन्द्रप्रसाद लिगल, सचिवमा बुद्धिराज थापा र कोषाध्यक्षमा मिलन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन । यसैगरि खुला सदस्यतर्फ भएको निर्वाचनमा दीपक खड्गीले २६२, विष्णुबहादुर सिंह ठकुरीले २३४, मदनकुमार श्रेष्ठले २२८, वीरबहादुर लामाले २२३ र प्रकाशबहादुर कुमालले १९६ मत प्राप्त गरी निर्वाचित भएका छन । महिला सदस्यमा राजु नेपाल र कमलादेवी नगरकोटी निर्विरोध निर्वाचित भए । त्यसैगरी, लेखा संयोजकमा महेन्द्रक...
आज देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने

आज देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने

Breaking news 2, ताजा अपडेट, माैसम, विविध
२४ असोज, काठमाडौं । आज शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा पनि वर्षा हुन सक्ने मौसम पूर्वानुमान छ ।कोशी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। शनिबार दिउँसो कोशी प्रदेशका सबै भूभाग तथा देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ। तराईका क्षेत्रमा भने आंशिक बादल लाग्ने पूर्वानुमान छ। ...
सरकारले निजी क्षेत्रको आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ

सरकारले निजी क्षेत्रको आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले नीजि क्षेत्रलाई आशा जगाउन नसकेको बताएका छन् । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको ७३ औं साधारणसभा तथा २६ औं अधिवेशनलाई शुक्रबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले नीजि क्षेत्रलाई थुनेर समस्याको समाधान नहुने बताए । उनले पछिल्लो समय उद्योगधन्दामाको व्यापारमा गिरावट आउनुका साथै बजार समेत सुस्ताएको बताउँदै यसलाई उठाउनका लागि निजी क्षेत्रको मनोबल बढाउनुपर्ने बताए ।कार्यक्रममा प्रतिनिधिसभा सदस्य मञ्जु भुसालले यस क्षेत्रका निर्माण पूरा हुन नसकेका विकास योजनाहरु मोतिपुर औद्योगिक क्षेत्र, झुम्सा खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, औद्योगिक प्रदर्शनी स्थल लगायतलाई चाँडो सक्न सरकारको ध्यानआर्कषण गराएको बताईन् ।बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटव...