कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद
काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला अदालतले रावलसहित आर्यन देवकोटा, रोशनबहादुर शाही, अर्नुज भनिने चिरन्जीवी शाही, रोहित आले र हिमाल शाहीलाई आजीवन जन्मकैदको फैसला सुनाएको हो ।
बडुवाल हत्याकाण्डका नामले चर्चित कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय बडुवालको २३ कात्तिक २०७८ मा टीकापुर नगरपालिका–१ मा हत्या भएको थियो । प्रहरीले गरेको अनुसन्धानका आधारमा २६ फागुन २०७८ मा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा २१ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो ।
सोही मुद्दाको फैसलामा हेमन्त शाही, मदन शाही, दीपेन्द्र शाही, निसान्त मल्ल र सोहन शाहलाई जन्मकैद तथा लोकन्द्र कुँवर र समिरजंग शाहीलाई अभियोग दाबी बमोजिम जन्मकैदको फैसला सुनाइएको कैलाली अदालतका सूचना अधिकार...







