अध्यक्षको जन्मदिनमा गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजले गर्यो रक्तदान कार्यक्रम


बुटवल
गुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजले अध्यक्ष बुद्धि प्रसाद ज्ञवालीको जन्मदिनमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
अध्यक्ष ज्ञवालीले फजुल खर्चलाई कम गरी मानवीय सेवा र धर्मको लागि सक्रियतापूर्वक आफ्नै खर्चद्वारा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन्।

मंगलबार बुटवल रक्तसञ्चार केन्द्रमा गरिएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका हुन्।
कार्यक्रममा सम्पर्क समाज को तर्फबाट सल्लाहकार बिन्दु गौतम, पुर्व अध्यक्ष बिर बहादुर क्षेत्री ,उपाध्यक्ष गिरिराज पन्त , हरि गौतम ,रामप्रसाद ज्ञवाली र नेपाल नियमित रक्तदाता संघको तर्फबाट केन्द्रीय उपाध्यक्ष लेखनाथ भण्डारी ,महासचिव दीपक अधिकारी, सचिव मञ्जु गिरी ,सदस्य गंगा विश्वकर्मा, तिलोत्तमा शाखाका अध्यक्ष लक्ष्मण पन्त, नेपाल औषधि थोक व्यवसायि सङ्घको तर्फबाट जिल्ला अध्यक्ष कृष्ण जिसी , सचिव मणि तिवारी ,कोषाध्यक्ष महेश पन्थी ,साथै नेपाल आयुर्वेदिक उत्पादक संघको केन्द्रीय वरिष्ठ उपाध्यक्ष चन्द्रकान्त खनाल र नेपालको उद्योगपति तथा पुर्व सांसद विनोद चौधरीका स्वकीय सचिव प्रेम कामु मगर लगायतको उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो।


नेपाल औषधि थोक व्यवसायि सङ्घका केन्द्रीय सचिवालय सदस्य साथै नेपाल नियमित रक्तदाता सङ्घ केन्द्रीय सदस्य समेत रहेका ज्ञवाली जिवनदान सेवा नै धर्म हो भन्ने मूल मन्त्रका साथ रक्तदान कार्यक्रम गरेका हुन् ।
नेपाल रेडक्रस सोसाइटी बुटवल शाखाको प्राविधिक सहयोग रहेको थियो। नेपाल नियमित रक्तदाता सङ्घका उपाध्यक्ष लेखनाथ भण्डारीले ज्ञवालीको जन्मदिनको उपलक्ष्यमा मायाको चिनो वितरण गरेका थिए।
भने गुल्मी रूपन्देही सम्पर्क समाज र नेपाल औषधि थोक व्यवसाय सङ्घले छुट्टाछुट्टै केक काटी जन्मदिन विशेष मनाएका थिए।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...