ताजा अपडेट

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थापन गर्न आवस्यक रहेको र प्रदेश सरकारले पहल गर्ने वताए।रुपन्देही उद्योग संघको सोमबार बुटवलमा आयोजित ४८औं वार्षिक साधारण सभामा वौल्दै उनले आफुनै उद्योग संघको सदस्य भएकाले उद्योगी-व्यवसायीका समस्या बुझेको वताउदै रुपन्देही उद्योगको हव रहेकोले प्रदेश सरकारले विषेश महत्व दिइएको वताए। उनले उद्योग-व्यवसायविना अर्थतन्त्र सुदृढ नहुने र मुलुकनै पछाडि पर्ने हुनालेनै विषेश चासो दिएको जानकारी दिए।रूपन्देही उद्योग संघ साना तथा ठुला सवै उद्योगीको साझा संस्था रहेकोले सवैको उन्नति हुने औल्याएका थिए।प्रदेश सरकारले निर्यातमा पहल कदमी लिएको तर जोड दिन आवस्यक रहेको धारणा राखेका थिए।प्रदेश भित्रका तिन औद्योगिक क्षेत्रलाईनै सुव्यवस्थित गर्न प्रदेश सरकारले पहल कदमी लिने, स्थानीय र संघिय...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ । ब्रहमचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ । ब्रहमचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ ।सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रहमचारिणी देवीको अनुकम्पा आवश्यक हुने बताइएको छ । ब्रहमचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ । साधकहरु आजको दिन आफ्नो मनलाई माता ब्रह्मचारिणीको चरणमा धयान लगाउँछन् । ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । तपस्याको आचरण गर्ने देवीकाका रुपमा ब्रह्मचारिणीलाई लिइन्छ । ब्रह्मचारिणी देवीको दाहिने हातमा जपको माला र देब्रे...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज
काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ घरमा आंशिक क्षति पुगेको हो । बाढीले ३४ गोठमा क्षति पुर्‍याएको छ । यस्तै, तीन सवारीसाधनमा क्षति पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बनाएको छ । बाढीमा पाँचजना सम्पर्कविहीन रहेको प्राधिकरणको भनाइ छ । बाढीले दुई पक्की पुल, तीन झोलुंगे पुल, तीन जलविद्युत र चार हवन कुण्डमा क्षति पुर्‍याएको छ । प्रभावित क्षेत्रमा ५० टेन्ट, ५० त्रिपाल, २०० म्याट्रेस पुर्‍याइएको छ। यस्तै, २०० ब्लांकेट, २०० स्लिपिङ ब्याग सरकारले पठाएको छ । प्रभावित क्षेत्रमा १०० थान सोलार लाइट, १० जेनरेटर र १३२० थान ज्याकेट र २० थान हाइजिन किट पुर्‍याएको प्राधिकरणको भनाइ छ । यस्तै, ९० थान फुड बास्केट, १० थान बेबी बास्केट र २० थान रोयल ब्याग पुर्‍याएको प्राधिकरणको भनाइ छ...
बूढीगण्डकी बाढी: विपद व्यवस्थापन प्राधिकरणले यस्तो भन्यो

बूढीगण्डकी बाढी: विपद व्यवस्थापन प्राधिकरणले यस्तो भन्यो

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार, समाज
काठमाडौंगोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो भौतिक क्षति पुर्‍याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उड्लुङ निवासी दुई महिला र तीन पुरुष गरी पाँच जना सम्पर्कविहीन भएका छन् ।आइतबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार पहिरोले नदीको बहाव थुनेपछि पानी एक्कासि बढेर तटीय क्षेत्रमा बाढी आएको हो । बाढीले पुल, घर, सडक, सञ्चार तथा विद्युत् संरचनामा क्षति पुर्‍याएको छ । प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत वितरणका काम जारी छन् । चार हेलिकोप्टरबाट खोजी तथा उद्धारबाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका चारवटा हेलिकोप्टर परिचालन गरिएको छ । हेलिकोप्टरमार्फत हालसम्म ४७ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको प्राधिक...
बाढीपछिको त्यो यात्रा : मनमा उठेका पीडा,प्रश्न र समाधान

बाढीपछिको त्यो यात्रा : मनमा उठेका पीडा,प्रश्न र समाधान

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, माैसम, राजनीति, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवालीकाठमाडौंदेखी नारायणगढ सम्मको यात्रा सधैँ एउटा चुनौतीपूर्ण अनुभव रहँदै आएको छ। तर, हालै रसुवा र भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा त्यसको प्रभावस्वरूप यो मुख्य राजमार्ग क्षेत्रमा देखिएको विभिषिकापछि गरिएको यात्रा केवल एक यात्रा मात्र रहेन। यो त प्रकृतिको ताण्डव, मानवीय लाचारी र राज्यको कमजोर तयारीको जीवित दस्तावेज जस्तो देखियो। सडकका दायाँबायाँ छरिएका भग्नावशेष, पहिरोले बगाएका बस्तीका अवशेष र त्रिशूलीको उर्लँदो धमिलो पानीले मनमा गहिरो पीडा मात्र दिएन, बरु हाम्रो विकास मोडल र भविष्यमाथि अनगिन्ती प्रश्नहरू पनि उब्जाइदियो। यात्राको सुरुवात र आँखाअगाडिको पीडादायी दृश्य गाडी अगाडि बढ्दै गर्दा त्रिशुली खण्ड सुरु हुनासाथ प्रकृतिको वितण्डाको रूप देखिन थाल्छ। भोटेकोशी र रसुवा क्षेत्रमा आएको भीषण बाढीको धक्का यहाँसम्म महसुस हुन्थ्यो। ठाउँ-ठाउँमा पहाडहरू खसेर सडकको ना...
बुढीगण्डकी बाढीः ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

बुढीगण्डकी बाढीः ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार, समाज
काठमाडौंबूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् । दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । उनका अनुसार आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगाएको छ । धार्चे गाउँपालिका १ र ३ जोड्ने बेलिब्रिज पनि बगाएको छ । यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् । बाढीले चुमनुब्रीगाउँपालिका- ३ पैयुँ र बगरका करिब ३५ घर पनि बगाएको छ । जगत्, सल्लेरी, दोभान र घट्टेखोलागाउँमा पनि क्षति भएको छ । ...
धैर्य हुनुस्,आपतकालीन सहयोगका लागि मन्त्रालयमा सम्पर्क गर्नुस्: गृहमन्त्री गुरुङ

धैर्य हुनुस्,आपतकालीन सहयोगका लागि मन्त्रालयमा सम्पर्क गर्नुस्: गृहमन्त्री गुरुङ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज
काठमाडौंगृहमन्त्री सुधन गुरुङले विशेष गरी बूढीगण्डकी नदी तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन र उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो आग्रह गरेका हुन् ।उनले लेखेका छन्, ‘विशेष गरी बूढीगण्डकी नदी किनार तथा तटीय क्षेत्रमा रहेका सिर्दिबास, जगत, सल्लेरी, खोलबेसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन र उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछु।’ नेपालले फेरि अर्को भीषण बाढीको सामना गर्नुपरेको भन्दै उनले लेखेका छन्, ‘यसपालि मेरै आफ्नै निर्वाचन क्षेत्र गोरखाको चुमनुब्री गाउँपालिका-३, न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको तथा घट्टेखोला क्षेत्रका केही घरहरूमा लेदोसहितको पानी पसी नदीको बहाव निरन्तर बढिरहेको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।...
बूढीगण्डकी नदीमा भीषण बाढी : गोरखाको सल्लेरी बजार बगायो

बूढीगण्डकी नदीमा भीषण बाढी : गोरखाको सल्लेरी बजार बगायो

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँबूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले गोरखामा ठूलो क्षति गरेको छ। एकाबिहानै बाढीले गर्दा त्यहाँको अवस्था तनावग्रस्त बनेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार त्यहाँका स्थानीयलाई सचेत गराउन एसएमएस सेवा जारी राखिएको छ। स्थानीयका अनुसार गोरखाको सल्लेरी बजार बगाएको छ । चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको आशंका गरिएको छ । ...
विद्युतीय व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान, पर्वहरू जस्तै जिवनपनि उज्यालो होस् भनी गरे कामना

विद्युतीय व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान, पर्वहरू जस्तै जिवनपनि उज्यालो होस् भनी गरे कामना

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, स्थानीय
रुपन्देहीरुपन्देही विद्युतीय व्यवसायी संघले आउंदै गरेका वडादशैं, दिपावली र छठ पर्वको अवसरमा व्यवसायीविच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।शनिबार बुटवलमा सम्पन्न कार्यक्रम जिल्ला अध्यक्ष केशव कुमार सिंह 'सुजित' को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वोल्दै नेपाल विद्युतीय व्यवसायी महासंघका तृतीय उपाध्यक्ष प्रकाश चन्द्र पाण्डेयले व्यवसायीक सफलता,सुख,शान्ति समृद्धिको शुभकामना व्यक्त गर्दै उज्यालो पर्व र उज्यालो विद्युत् व्यवसायीको भविष्य उज्यालो रहेको वताउदै, महासंघ र जिल्ला संघको सम्वन्ययात्मक भुमिका रहने कुरामा विश्वस्त रहेको धारणा राखेका थिए। निवर्तमान अध्यक्ष शान्ताराज खरालले व्यवसायमा प्रतिस्पर्धा रहेपनि सम्वन्धमा एकता रहोस् , व्यवसायीक सफलता मिलोस् भनी शुभकामना दिएका थिए। केन्द्रीय सल्लाहकार तथा संस्थापक अध्यक्ष अनन्तमान थैवले उज्यालोको व्यवसाय गर्ने विद्युतीय व्यवसायीको जि...
मणिमुकुन्दको अध्यक्षमा पुनः माधव नेपाल, उपाध्यक्षमा भारि मतान्तरले घिमिरे विजयी

मणिमुकुन्दको अध्यक्षमा पुनः माधव नेपाल, उपाध्यक्षमा भारि मतान्तरले घिमिरे विजयी

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको १८ औ वार्षिक साधारण सभा तथा छैटौ अधिवेसन सम्पन्न भएको छ । समितिको शनिबार सम्पन्न अधिवेसनबाट माधवप्रसाद नेपालको अध्यक्षतामा नया कार्यसमिति निवार्चित भएका छन । यसैगरि उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा युवराज घिमिरे २६४ र माधवप्रसाद श्रेष्ठले २३६ मत प्राप्त गरि विजयी भएका छन । उपाध्यक्ष पदका टीकाराम शर्माले भने १२३ मत प्राप्त गरे ।यसैगरी, महासचिवमा महेन्द्रप्रसाद लिगल, सचिवमा बुद्धिराज थापा र कोषाध्यक्षमा मिलन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन । यसैगरि खुला सदस्यतर्फ भएको निर्वाचनमा दीपक खड्गीले २६२, विष्णुबहादुर सिंह ठकुरीले २३४, मदनकुमार श्रेष्ठले २२८, वीरबहादुर लामाले २२३ र प्रकाशबहादुर कुमालले १९६ मत प्राप्त गरी निर्वाचित भएका छन । महिला सदस्यमा राजु नेपाल र कमलादेवी नगरकोटी निर्विरोध निर्वाचित भए । त्यसैगरी, लेखा संयोजकमा महेन्द्रक...