विविध

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ । ब्रहमचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ । ब्रहमचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ ।सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रहमचारिणी देवीको अनुकम्पा आवश्यक हुने बताइएको छ । ब्रहमचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ । साधकहरु आजको दिन आफ्नो मनलाई माता ब्रह्मचारिणीको चरणमा धयान लगाउँछन् । ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । तपस्याको आचरण गर्ने देवीकाका रुपमा ब्रह्मचारिणीलाई लिइन्छ । ब्रह्मचारिणी देवीको दाहिने हातमा जपको माला र देब्रे...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज
काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ घरमा आंशिक क्षति पुगेको हो । बाढीले ३४ गोठमा क्षति पुर्‍याएको छ । यस्तै, तीन सवारीसाधनमा क्षति पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बनाएको छ । बाढीमा पाँचजना सम्पर्कविहीन रहेको प्राधिकरणको भनाइ छ । बाढीले दुई पक्की पुल, तीन झोलुंगे पुल, तीन जलविद्युत र चार हवन कुण्डमा क्षति पुर्‍याएको छ । प्रभावित क्षेत्रमा ५० टेन्ट, ५० त्रिपाल, २०० म्याट्रेस पुर्‍याइएको छ। यस्तै, २०० ब्लांकेट, २०० स्लिपिङ ब्याग सरकारले पठाएको छ । प्रभावित क्षेत्रमा १०० थान सोलार लाइट, १० जेनरेटर र १३२० थान ज्याकेट र २० थान हाइजिन किट पुर्‍याएको प्राधिकरणको भनाइ छ । यस्तै, ९० थान फुड बास्केट, १० थान बेबी बास्केट र २० थान रोयल ब्याग पुर्‍याएको प्राधिकरणको भनाइ छ...
बाढीपछिको त्यो यात्रा : मनमा उठेका पीडा,प्रश्न र समाधान

बाढीपछिको त्यो यात्रा : मनमा उठेका पीडा,प्रश्न र समाधान

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, माैसम, राजनीति, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवालीकाठमाडौंदेखी नारायणगढ सम्मको यात्रा सधैँ एउटा चुनौतीपूर्ण अनुभव रहँदै आएको छ। तर, हालै रसुवा र भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा त्यसको प्रभावस्वरूप यो मुख्य राजमार्ग क्षेत्रमा देखिएको विभिषिकापछि गरिएको यात्रा केवल एक यात्रा मात्र रहेन। यो त प्रकृतिको ताण्डव, मानवीय लाचारी र राज्यको कमजोर तयारीको जीवित दस्तावेज जस्तो देखियो। सडकका दायाँबायाँ छरिएका भग्नावशेष, पहिरोले बगाएका बस्तीका अवशेष र त्रिशूलीको उर्लँदो धमिलो पानीले मनमा गहिरो पीडा मात्र दिएन, बरु हाम्रो विकास मोडल र भविष्यमाथि अनगिन्ती प्रश्नहरू पनि उब्जाइदियो। यात्राको सुरुवात र आँखाअगाडिको पीडादायी दृश्य गाडी अगाडि बढ्दै गर्दा त्रिशुली खण्ड सुरु हुनासाथ प्रकृतिको वितण्डाको रूप देखिन थाल्छ। भोटेकोशी र रसुवा क्षेत्रमा आएको भीषण बाढीको धक्का यहाँसम्म महसुस हुन्थ्यो। ठाउँ-ठाउँमा पहाडहरू खसेर सडकको ना...
धैर्य हुनुस्,आपतकालीन सहयोगका लागि मन्त्रालयमा सम्पर्क गर्नुस्: गृहमन्त्री गुरुङ

धैर्य हुनुस्,आपतकालीन सहयोगका लागि मन्त्रालयमा सम्पर्क गर्नुस्: गृहमन्त्री गुरुङ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज
काठमाडौंगृहमन्त्री सुधन गुरुङले विशेष गरी बूढीगण्डकी नदी तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन र उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो आग्रह गरेका हुन् ।उनले लेखेका छन्, ‘विशेष गरी बूढीगण्डकी नदी किनार तथा तटीय क्षेत्रमा रहेका सिर्दिबास, जगत, सल्लेरी, खोलबेसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन र उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछु।’ नेपालले फेरि अर्को भीषण बाढीको सामना गर्नुपरेको भन्दै उनले लेखेका छन्, ‘यसपालि मेरै आफ्नै निर्वाचन क्षेत्र गोरखाको चुमनुब्री गाउँपालिका-३, न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको तथा घट्टेखोला क्षेत्रका केही घरहरूमा लेदोसहितको पानी पसी नदीको बहाव निरन्तर बढिरहेको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।...
विद्युतीय व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान, पर्वहरू जस्तै जिवनपनि उज्यालो होस् भनी गरे कामना

विद्युतीय व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान, पर्वहरू जस्तै जिवनपनि उज्यालो होस् भनी गरे कामना

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, स्थानीय
रुपन्देहीरुपन्देही विद्युतीय व्यवसायी संघले आउंदै गरेका वडादशैं, दिपावली र छठ पर्वको अवसरमा व्यवसायीविच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।शनिबार बुटवलमा सम्पन्न कार्यक्रम जिल्ला अध्यक्ष केशव कुमार सिंह 'सुजित' को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वोल्दै नेपाल विद्युतीय व्यवसायी महासंघका तृतीय उपाध्यक्ष प्रकाश चन्द्र पाण्डेयले व्यवसायीक सफलता,सुख,शान्ति समृद्धिको शुभकामना व्यक्त गर्दै उज्यालो पर्व र उज्यालो विद्युत् व्यवसायीको भविष्य उज्यालो रहेको वताउदै, महासंघ र जिल्ला संघको सम्वन्ययात्मक भुमिका रहने कुरामा विश्वस्त रहेको धारणा राखेका थिए। निवर्तमान अध्यक्ष शान्ताराज खरालले व्यवसायमा प्रतिस्पर्धा रहेपनि सम्वन्धमा एकता रहोस् , व्यवसायीक सफलता मिलोस् भनी शुभकामना दिएका थिए। केन्द्रीय सल्लाहकार तथा संस्थापक अध्यक्ष अनन्तमान थैवले उज्यालोको व्यवसाय गर्ने विद्युतीय व्यवसायीको जि...
मणिमुकुन्दको अध्यक्षमा पुनः माधव नेपाल, उपाध्यक्षमा भारि मतान्तरले घिमिरे विजयी

मणिमुकुन्दको अध्यक्षमा पुनः माधव नेपाल, उपाध्यक्षमा भारि मतान्तरले घिमिरे विजयी

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको १८ औ वार्षिक साधारण सभा तथा छैटौ अधिवेसन सम्पन्न भएको छ । समितिको शनिबार सम्पन्न अधिवेसनबाट माधवप्रसाद नेपालको अध्यक्षतामा नया कार्यसमिति निवार्चित भएका छन । यसैगरि उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा युवराज घिमिरे २६४ र माधवप्रसाद श्रेष्ठले २३६ मत प्राप्त गरि विजयी भएका छन । उपाध्यक्ष पदका टीकाराम शर्माले भने १२३ मत प्राप्त गरे ।यसैगरी, महासचिवमा महेन्द्रप्रसाद लिगल, सचिवमा बुद्धिराज थापा र कोषाध्यक्षमा मिलन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन । यसैगरि खुला सदस्यतर्फ भएको निर्वाचनमा दीपक खड्गीले २६२, विष्णुबहादुर सिंह ठकुरीले २३४, मदनकुमार श्रेष्ठले २२८, वीरबहादुर लामाले २२३ र प्रकाशबहादुर कुमालले १९६ मत प्राप्त गरी निर्वाचित भएका छन । महिला सदस्यमा राजु नेपाल र कमलादेवी नगरकोटी निर्विरोध निर्वाचित भए । त्यसैगरी, लेखा संयोजकमा महेन्द्रक...
आज देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने

आज देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने

Breaking news 2, ताजा अपडेट, माैसम, विविध
२४ असोज, काठमाडौं । आज शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा पनि वर्षा हुन सक्ने मौसम पूर्वानुमान छ ।कोशी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। शनिबार दिउँसो कोशी प्रदेशका सबै भूभाग तथा देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ। तराईका क्षेत्रमा भने आंशिक बादल लाग्ने पूर्वानुमान छ। ...
नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित

Breaking news 1, ताजा अपडेट, राजनीति, विविध, समाचार
काठमाण्डौ – नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ । पार्टीको १५ औँ महाधिवेशनबाट उहाँ सभापतिमा निर्वाचित हुनुभएको हो । अघि बिहान सकिएको मतगणनामा थापाले ६ हजार ५८४ मत प्राप्त गर्नुभएको छ । सभापतिका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभएको छ । ५४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।  पार्टी सभापतिसहित केन्द्रीय कार्यसमिति चयनका लागि हिजो भएको चुनावमा ९६.२ प्रतिशत मत खसेको छ । विभिन्न २ सय ३१ पदका लागि ८ सय ११ जनाले उम्मेदवारी दिएका छन् । यसमध्ये वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतितर्फ पुष्पा भुसाल र काठमाण्डौ उपत्यकाको महिलातर्फ केन्द्रीय सदस्यमा अमिता प्रधान शाक्य निर्विरोध भएका छन् । ...
सरकारले निजी क्षेत्रको आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ

सरकारले निजी क्षेत्रको आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले नीजि क्षेत्रलाई आशा जगाउन नसकेको बताएका छन् । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको ७३ औं साधारणसभा तथा २६ औं अधिवेशनलाई शुक्रबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले नीजि क्षेत्रलाई थुनेर समस्याको समाधान नहुने बताए । उनले पछिल्लो समय उद्योगधन्दामाको व्यापारमा गिरावट आउनुका साथै बजार समेत सुस्ताएको बताउँदै यसलाई उठाउनका लागि निजी क्षेत्रको मनोबल बढाउनुपर्ने बताए ।कार्यक्रममा प्रतिनिधिसभा सदस्य मञ्जु भुसालले यस क्षेत्रका निर्माण पूरा हुन नसकेका विकास योजनाहरु मोतिपुर औद्योगिक क्षेत्र, झुम्सा खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, औद्योगिक प्रदर्शनी स्थल लगायतलाई चाँडो सक्न सरकारको ध्यानआर्कषण गराएको बताईन् ।बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटव...
आकासिँदै तरकारी र खाद्यान्नको मुल्य, दसैंमा मर्कामा उपभोक्ता

आकासिँदै तरकारी र खाद्यान्नको मुल्य, दसैंमा मर्कामा उपभोक्ता

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँचाडपर्व नजिकिएसँगै खाद्यान्न तथा तरकारीको मूल्य बढेको छ । सरकारले बजार अनुगमनलाई तीव्रता दिए पनि आपूर्ति सहज बनाउन नसक्दा चाडपर्वको मुखमा बजार भाउ बढेको व्यवसायी तथा उपभोक्ताको भनाइ छ । दसैंमा उच्च खपत हुने खसीको मासुको मूल्य गत वर्षको तुलनामा प्रतिकिलो २ सयसम्म बढेको छ । गत असारमा कुखुरामा बर्डफ्लु फैलिएसँगै उकालो लागेको खसीको मासु अहिले प्रतिकिलो १ हजार ६ सय ५० रुपैयाँ पुगेको हो । व्यवसायीका अनुसार गत वर्ष यही समयमा खसीको मासु प्रतिकिलो १ हजार ४ सय ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको थियो । जिउँदो खसीको मूल्यसमेत गत वर्ष प्रतिकिलो ६ सय ८० रहेकामा अहिले ८ सय पुगेको मासु व्यवसायी बताउँछन् । अन्डाको मूल्य पनि बढेको छ । गत वर्ष प्रतिक्यारेट ४ सय ५० रहेको अन्डा अहिले ६ सय रुपैयाँ पुगेको छ । खाद्यान्नको मूल्य त पछिल्लो डेढ महिनामै बढेको छ । भदौमा प्रतिकिलो १ सय ९० रहेको ताइचि...