बुटवलमा जारी मेलामा दर्शकको भिड


बुटवल

बुटवलमा रोट्र्याक्ट क्लब अफ बुटवल साउथद्वारा आयोजित फिस टनेल एण्ड दुबई सिटी सांस्कृतिक तथा रमाइलो मेलामा दर्शकको भिड लागेको छ।
कार्तिक १३ गतेदेखि जारी मेला मंसिर २ गतेसम्म चल्नेछ।
बुटवल ११ देविनगर रंगशालामा सञ्चालित मेलामा शनिबार दर्शकको भिड उत्साहजनक रहेको थियो।
उक्त मेलाका पछिल्ला दिनहरूमा दर्शकको उल्लेख्य सहभागिता रहेको छ।
शनिबार कलाकारहरू वद्री पंगेनी र ज्वति मगरसंगै वसन्त लम्साल लगायतका स्थानिय कलाकारहरूले दर्शकलाई झमझमी नचाएको माहोल सांच्चिकै मनमोहक देखिन्थ्यो।
यसैगरी प्रत्येक दिन राष्ट्रिय साथै स्थानीय कलाकारहरुको प्रस्तुती रहने क्लब सचिव शंकर काफ्लेले जानकारी दिए।

मेलाको सबैभन्दा बढी आकर्षक फिस टनेलमा राखिएका ‘जल परी’ र दुबई सिटी, भारतको प्रसिद्ध मन्दिर वैष्णवदेवी, नेपालका विभिन्न पर्यटकीय स्थलहरूको प्रतिरूप रहेका छन्।
‘जल परी’को रूपमा सिसाको फ्रेमभित्र राखिएका युवतीहरूले पानीमा पौडी खेलेर फिस टनेलमा जाने दर्शकहरूलाई मनोरञ्जन प्रदान गरिरहेको माहोल पनि सांच्चिकै लोभलाग्दो देखिएको थियो । ‘जल परी’ दर्शकहरूको मुख्य आकर्षण बनेका छन्।
‘जल परी’को रूपमा सिसाको फ्रेमभित्र राखिएका युवतीहरूले पानीमा पौडी खेलेर फिस टनेलमा जाने दर्शकहरूलाई मनोरञ्जन प्रदान गरिरहेको काफ्लेले बताए।
बुटवलमा फिस टनेल यसअघिका मेला महोत्सवहरूमा राखिएको भए पनि सिसाको पोखरीभित्र युवतीहरूले ‘जल परी’को रूपमा आफ्‌नो कला प्रदर्शन गरेको भने पहिलो पटक हो। काफ्लेका अनुसार ‘जल परी’को रूपमा राखिएका युवतीहरू फिलिपिन्सदेखी ल्याइएका हुन्।
मङ्सिर २ गतेसम्म चल्ने उक्त मेलामा ज्येष्ठ नागरिक, अपाङ्ग तथा असक्त व्यक्तिहरूलाई प्रवेश निःशुल्क गरिएको छ।

छुटाउनुभयो कि ?

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...