बुटवलमा जारी मेलामा दर्शकको भिड


बुटवल

बुटवलमा रोट्र्याक्ट क्लब अफ बुटवल साउथद्वारा आयोजित फिस टनेल एण्ड दुबई सिटी सांस्कृतिक तथा रमाइलो मेलामा दर्शकको भिड लागेको छ।
कार्तिक १३ गतेदेखि जारी मेला मंसिर २ गतेसम्म चल्नेछ।
बुटवल ११ देविनगर रंगशालामा सञ्चालित मेलामा शनिबार दर्शकको भिड उत्साहजनक रहेको थियो।
उक्त मेलाका पछिल्ला दिनहरूमा दर्शकको उल्लेख्य सहभागिता रहेको छ।
शनिबार कलाकारहरू वद्री पंगेनी र ज्वति मगरसंगै वसन्त लम्साल लगायतका स्थानिय कलाकारहरूले दर्शकलाई झमझमी नचाएको माहोल सांच्चिकै मनमोहक देखिन्थ्यो।
यसैगरी प्रत्येक दिन राष्ट्रिय साथै स्थानीय कलाकारहरुको प्रस्तुती रहने क्लब सचिव शंकर काफ्लेले जानकारी दिए।

मेलाको सबैभन्दा बढी आकर्षक फिस टनेलमा राखिएका ‘जल परी’ र दुबई सिटी, भारतको प्रसिद्ध मन्दिर वैष्णवदेवी, नेपालका विभिन्न पर्यटकीय स्थलहरूको प्रतिरूप रहेका छन्।
‘जल परी’को रूपमा सिसाको फ्रेमभित्र राखिएका युवतीहरूले पानीमा पौडी खेलेर फिस टनेलमा जाने दर्शकहरूलाई मनोरञ्जन प्रदान गरिरहेको माहोल पनि सांच्चिकै लोभलाग्दो देखिएको थियो । ‘जल परी’ दर्शकहरूको मुख्य आकर्षण बनेका छन्।
‘जल परी’को रूपमा सिसाको फ्रेमभित्र राखिएका युवतीहरूले पानीमा पौडी खेलेर फिस टनेलमा जाने दर्शकहरूलाई मनोरञ्जन प्रदान गरिरहेको काफ्लेले बताए।
बुटवलमा फिस टनेल यसअघिका मेला महोत्सवहरूमा राखिएको भए पनि सिसाको पोखरीभित्र युवतीहरूले ‘जल परी’को रूपमा आफ्‌नो कला प्रदर्शन गरेको भने पहिलो पटक हो। काफ्लेका अनुसार ‘जल परी’को रूपमा राखिएका युवतीहरू फिलिपिन्सदेखी ल्याइएका हुन्।
मङ्सिर २ गतेसम्म चल्ने उक्त मेलामा ज्येष्ठ नागरिक, अपाङ्ग तथा असक्त व्यक्तिहरूलाई प्रवेश निःशुल्क गरिएको छ।

छुटाउनुभयो कि ?

बाढीपछिको त्यो यात्रा : मनमा उठेका पीडा,प्रश्न र समाधान

बाढीपछिको त्यो यात्रा : मनमा उठेका पीडा,प्रश्न र समाधान

श्रीराम ज्ञवालीकाठमाडौंदेखी नारायणगढ सम्मको यात्रा सधैँ एउटा चुनौतीपूर्ण अनुभव रहँदै आएको छ। तर, हालै रसुवा र भोटेकोशी क्षेत्...
बुढीगण्डकी बाढीः ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

बुढीगण्डकी बाढीः ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

काठमाडौंबूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् । दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल...
धैर्य हुनुस्,आपतकालीन सहयोगका लागि मन्त्रालयमा सम्पर्क गर्नुस्: गृहमन्त्री गुरुङ

धैर्य हुनुस्,आपतकालीन सहयोगका लागि मन्त्रालयमा सम्पर्क गर्नुस्: गृहमन्त्री गुरुङ

काठमाडौंगृहमन्त्री सुधन गुरुङले विशेष गरी बूढीगण्डकी नदी तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्...
बूढीगण्डकी नदीमा भीषण बाढी : गोरखाको सल्लेरी बजार बगायो

बूढीगण्डकी नदीमा भीषण बाढी : गोरखाको सल्लेरी बजार बगायो

काठमाडौँबूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले गोरखामा ठूलो क्षति गरेको छ। एकाबिहानै बाढीले गर्दा त्यहाँको अवस्था तनावग्रस्त बन...