यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समुदायको अधिकारबारे बुटवलमा एकदिने सचेतना तालिम



बुटवल
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको कानुनी, सामाजिक तथा राजनीतिक अधिकाराबारे एक दिने तालिम सम्पन्न भएको छ ।
शनिबार यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सद्स्यहरुको ज्ञान, सीप र राजनीतिक नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बुटवलमा एकदिने सचेतना तालिम सम्पन्न भएको छ ।

‘पहिचानदेखि नेतृत्वसम्म’ नारासहित आयोजित तालिममा समुदायका सदस्यहरूलाई संविधान तथा प्रचलित कानुनले प्रदान गरेका अधिकार, राजनीतिक सहभागिता, मानवअधिकार, सामाजिक समावेशीकरण तथा सेवा पहुँचका विषयमा जानकारी प्रदान गरिएको हो ।

समावेशी मंच नेपालको आयोजनामा भएको तालिममा अधिवक्ता इन्दिरा आचार्यले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको कानुनी अधिकार, मौलिक हक तथा राजनीतिक सहभागिताको वर्तमान अवस्था बारे सहजीकरण गरेकी थिइन् ।

त्यसैगरी समुदायका सदस्यहरूले भोगिरहेका सामाजिक, कानुनी तथा राजनीतिक चुनौतीहरूको पहिचान गर्दै समाधानका उपायबारे समूहगत छलफल समेत गरिएको थियो।

कार्यक्रममा समावेशी मंचका सस्थापक अध्यक्ष डिल्लु बुढा र कार्यकारी निर्देशक गंगा थापाले सहजीकरण गर्दै समुदायको सामाजिक अधिकार, सार्वजनिक सेवामा पहुँच, नेतृत्व विकास, पैरवी तथा नेटवर्किङका विषयमा प्रशिक्षण दिएका थिए। सहभागीहरूले आफ्ना अनुभव, अपेक्षा तथा चुनौतीहरू साझा गरेका थिए।

कार्यक्रमको अन्त्यमा आगामी कार्ययोजना निर्माण, सञ्जाल विस्तार तथा समुदायको अधिकार सुनिश्चितताका लागि सामूहिक पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

उक्त तालिम ‘ब्रेकिङ ब्यारियर’ परियोजना अन्तर्गत सञ्चालन गरिएको हो। परियोजना नेपालका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व र राजनीतिक नेतृत्व सुदृढीकरणमा केन्द्रित रहेको आयोजकले जनाएको छ। कार्यक्रमलाई युरोपियन युनियनको सहयोग तथा एक्शनएडको साझेदारीमा सञ्चालन गरिएको हो। कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका २० जना सद्स्यहरुको सहभागिता रहेको थियो ।

छुटाउनुभयो कि ?

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौंऔषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ प...
बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...