Advertisement

माैसम

सुदूरपश्चिमका केही ठाउँमा हल्का वर्षा : दिउँसो लुम्बिनी आसपासका क्षेत्रमा हावाहुरीको सम्भावना

सुदूरपश्चिमका केही ठाउँमा हल्का वर्षा : दिउँसो लुम्बिनी आसपासका क्षेत्रमा हावाहुरीको सम्भावना

जीवनशैली, ताजा अपडेट, माैसम, विविध, समाचार, स्थानीय
काठमाण्डाै - सुदूरपश्चिम प्रदेशलगायत कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशको मौसम अहिले आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिमका एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभरकै मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका  केही  ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।लुम्बिनी प्रदेशका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ । काठमाण्डौ उपत्यकामा अहिले घाम लागेको छ । दिउँसोपख बादल लाग्ने र कतैकतै छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो ।अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै भारतको पूर्वी मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।...
देशका धेरै ठाउँमा बिहानैदेखि वर्षा, दिनभरजसो पानी पर्ने सम्भावना

देशका धेरै ठाउँमा बिहानैदेखि वर्षा, दिनभरजसो पानी पर्ने सम्भावना

ताजा अपडेट, माैसम, विविध, समाचार, स्थानीय
काठमाण्डौ - काठमाण्डौसहित देशका धेरै ठाउँमा बिहानैदेखि पानी परिरहेको छ ।काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, कास्की, सर्लाही, बाँके लगायत जिल्लामा बिहानैदेखि पानी परिरहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिनभरजसो देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।यस्तै, राति कोशी,बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो वर्षाको अनुमान छ । बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभावले पानी परेको हो । यो प्रणालीको प्रभाव पश्चिमी क्षेत्रको तुलनामा पूर्व र मध्य क्षेत्रमा धेरै पर्ने मौसमविद् अधिकारीले बताउनुभयो । उहाँका अनुसार आज मध्य र  पूर्वी क्षेत्रमा धेरै पानी  पर्ने अनुमान छ  ।भोलि पनि काठाण्डौसहितका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । पानी परेका क्षेत्रमा बाढी पहिरोको ...
नवलपरासीदेखि पश्चिमका जिल्लाहरुमा भारी वर्षा

नवलपरासीदेखि पश्चिमका जिल्लाहरुमा भारी वर्षा

ताजा अपडेट, माैसम, विविध, समाचार, स्थानीय
२५ साउन, काठमाडौं । लुम्बिनी र सुदूरपश्चिमका जिल्लाहरुमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नवलपरासीदेखि पश्चिममा कञ्चनपुरसम्मका जिल्लाहरुमा गएराति भारी वर्षा भएको हो ।नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र डडेलधुराको भारतीय सीमा आसपास भारी वर्षा भएको विभागले जनाएको छ ।रुपन्देहीको लुम्बिनी र कञ्चनपुरको शान्तिपुर बेलौरी आसपास क्षेत्रमा अति भारी वर्षासमेत भएको छ । लुम्बिनीमा २४ घण्टाको अवधिमा १४२.६ मिलिमिटर र बेलौरीमा १२६.४ मिलिमिटर वर्षा मापन भएको छ ।यस्तै कञ्चनपुरको सुन्दरपुरमा १०९.२, कपिलवस्तुको तौलिहवामा ८६.८, नवलपुरको दुम्कौलीमा ६४.२ र कैलालीको धनगढी एयरपोर्टमा ५४.६ मिलिमिटर वर्षा मापन भएको छ ।ती जिल्लाहरुका होचा स्थानमा डुबान हुन सक्ने देखिएकाले आज बिहानसम्मै उच्च सतर्कता अपनाइराख्न जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान...
आँखा पाक्ने रोगबाट यसरी  बच्न सकिन्छ ?

आँखा पाक्ने रोगबाट यसरी बच्न सकिन्छ ?

जीवनशैली, ताजा अपडेट, माैसम, लेख रचना, विविध, समाचार, समाज
१८ साउन, काठमाडौं । केही दिनयता देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग फैलिरहेको छ । चिकित्सकीय भाषामा आँखा पाक्ने रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ ।‘हरेक बर्खायाममा पानी परेर रोकिएपछि आँखा पाक्ने समस्या देखिन्छ । तर, यसवर्ष भने धेरै ठाउँमा प्रकोपको रुपमा समस्या देखिएको तिलगंगा आँखा प्रतिष्ठानका आँखा रोग विशेषज्ञ डा. सुशान्त अडिगाले जानकारी दिए । उनका अनुसार आँखा पाक्ने समस्या लिएर तिलगंगामा दैनिक ७०–८० जना आइरहेका छन् । प्रतिष्ठानका आँखा रोग विशेषज्ञ डा. कौशल पोखरेलका अनुसार कन्जन्टिभाइटिस रोगले आँखाको झिल्लीजस्तो तहमा असर गर्छ । यसका कारण भने धेरै छ, तीमध्ये प्रमुख कारण हो इन्फेक्सन । ‘इन्फेक्सनले आँखामा सूक्ष्म जीवाणुलाई असर गर्ने गर्छ’, डा. पोखरेल भन्छन्, ‘त्यसबाहेक पनि आँखामा एलर्जी, धुलोधुवाँको असर, रासायनिक पदार्थहरु आँखामा पर्‍यो भने पनि आँखा पाक्ने समस्या हु...
अर्घाखाँचीको गोरुसिंगे-सन्धिखर्क सडक पहिरोले अवरुद्ध

अर्घाखाँचीको गोरुसिंगे-सन्धिखर्क सडक पहिरोले अवरुद्ध

Breaking news 2, ताजा अपडेट, माैसम, समाचार
अर्घाखाँची – अर्घाखाँचीको गोरुसिंगे-सन्धिखर्क सडक पहिरोले अवरुद्ध भएको छ । सन्धिखर्क–६ नरपानीको बहखोरामा गएराति पहिरो खसेपछि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । नरपानीकै दहखोला र शितगंगा–१३ कोन्द्रेखोलामा खसेको पहिरो हटाएको र बहखोराको पहिरो पन्छाउने काम भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो । सडक बन्द हुँदा सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क भित्रिने यात्रु बीचबाटोमै रोकिएका छन् । ...
तिनाउ नदीमा जलसतर्कता तह पार गर्ने चेतावनी,  सचेत रहन आग्रह

तिनाउ नदीमा जलसतर्कता तह पार गर्ने चेतावनी, सचेत रहन आग्रह

Breaking news 1, ताजा अपडेट, माैसम, स्थानीय
१६ असार बुटवल । रुपन्देही, पाल्पा लगायत आसपासका जिल्लामा निरन्तरको वर्षासँगै तिनाउ नदीमा जलसतले सतर्कता तह पार गर्ने चेतावनी दिइएको छ । बाढी मापदन केन्द्र बुटवलले सुचना जारी गर्दै पछिल्लो ३ घन्टा तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासका क्षेत्रमा ठूलो वर्षा भई तटिय क्षेत्रमा बाढीको जोखिम बढेको छ । तिनाउ नदीका तटिय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानमा हुनेहरू दिउँसो ३ बजे सम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । यसैगरी नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ। विनयी लगायत स साना खोलाहरूको बहाव बढ्ने बताइएको छ । नदी तटीय क्षेत्र र यात्रामा निस्किनेहरूले सतर्कता अपनाउन आग्रह गरिएको छ। ...
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

Breaking news 1, माैसम, समाचार, समाज, स्थानीय
काठमाण्डाै – आज तीन वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना छ । अहिले नवलपुर क्षेत्र आसपासका खोलामा बाढीको जोखिम छ । यी तीन वटा प्रदेशको तराई क्षेत्रमा आज हावाहुरीको पनि सम्भावना छ । ठूलो पानीका कारण सडक पहिरोले अवरुद्ध हुनसक्ने भएकाले यात्रामा सर्तकता अपनाउन तथा बाढी, चट्याङ्ग र हावाहुरी कारण हुन सक्ने जोखिम वा क्षतिबाट जोगिन सावधानी अपनाउन पनि महाशाखाको अनुरोध छ । आज देशभरको मौसम बदली रहने महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी पर्ने तथा बाँकी कोशी, मधेश र बाग्मती प्रदेशका केही ठाउँमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । ...
विभिन्न प्रदेशमा विहानै देखि बर्षा, कस्तो रहला दिनभरको मौसम ?

विभिन्न प्रदेशमा विहानै देखि बर्षा, कस्तो रहला दिनभरको मौसम ?

Breaking news 2, ताजा अपडेट, माैसम, समाचार, स्थानीय
काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी  भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको छ।  राति पहाडी तथा तराईका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।  यो क्रम आइतबारसम्मै जारी रहने महाशाखाले जनाएको छ ।  ...
आज चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ताजा अपडेट, माैसम, विविध, समाचार
काठमाडौँ । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू-भागहरूमा आंशिक बदली रहेको छ । आज दिउँसो कोशी,  बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा अपराह्नतिर चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।  आज राति देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।   ...
पहाडी क्षेत्रमा आज पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

पहाडी क्षेत्रमा आज पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

ताजा अपडेट, माैसम, विविध, समाचार
काठमाण्डाै - आज पनि पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान गरिएको छ।हिजो काठमाण्डौसहित केही पहाडी क्षेत्रमा हल्का पानी परेको थियो । हिजो देशका धेरै ठाउँको मौसम बदली भएको थियो । हिजो भन्दा आज मौसम खुल्ने अनुमान गरिएको छ ।मौसमविद् मञ्जु बासीका अनुसार काठमाण्डौ उपत्यकासहित केही ठाउँमा आज घाम लाग्ने सम्भावना छ । तर, सुदूरपश्चिमसहित केही पहाडी क्षेत्रको मौसम भने आंशिकदेखि सामान्य बदली भइ एक/दुई ठाउँमा हल्का पानी पर्नेछ । यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा आज पनि हल्का हिमपातको अनुमान छ । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव परेको छ । ...