राजनीति

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका १९ निर्णयहरु सार्वजनिक गरेका हुन् ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको अधिवेशन माघ ४ गते देखि बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । जस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन बोलाइसकेका छन् ।बैठकका निर्णयहरु ...
अमेरिकासँग वार्ता गर्न इरान तयार, सैन्य कारबाहीको विकल्प सोचिरहेको ट्रम्पको भनाइ

अमेरिकासँग वार्ता गर्न इरान तयार, सैन्य कारबाहीको विकल्प सोचिरहेको ट्रम्पको भनाइ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार, समाज
तेहरानस्वतन्त्रताको माग गर्दै सरकारविरुद्ध इरानमा चलिरहेको आन्दोलनमाथि सत्ता दमन चर्किंदै जाँदा त्यसको विरोधमा इरानी जनताप्रति ऐक्यबद्धता जनाउन विश्वभर प्रदर्शन सुरु भएको छ । चर्को मूल्यवृद्धिका कारण आक्रान्त बनेका इरानका व्यवसायीले गत २८ डिसेम्बरदेखि पसल बन्द गरेर थालेको सडक संघर्ष तेस्रो सातामा प्रवेश गर्दैगर्दा देशव्यापी बनेको छ । गत बिहीबारदेखि सरकारले देशभर इन्टरनेट तथा टेलिफोन सेवा नै बन्द गरेर आन्दोलनकारीमाथि तीव्र दमन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।आइतबारसम्म कम्तीमा ५ सय ३८ को मृत्यु भएको अमेरिकास्थित मानवअधिकार अभियन्ता समाचार एजेन्सी (एचआरएएनए) ले जनाएको छ । एचआरएएनएका अनुसार कम्तीमा १० हजार ६ सय प्रदर्शनकारीलाई प्रहरीले हिरासतमा लिएको छ ।इरानमा चलिरहेको सडक प्रदर्शनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन गर्दै आवश्यक परेमा इरानी सरकारविरुद...
विशेष महाधिवेशन र संस्थापन पक्षबाट को-को बस्दैछन् छलफलमा?

विशेष महाधिवेशन र संस्थापन पक्षबाट को-को बस्दैछन् छलफलमा?

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंकांग्रेसको विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अघि बढेपछि संस्थापन पक्षले संवादको तयारी गरेको छ। सोमबार सभापति देउवाले आफूपक्षका नेताहरूसँग गरेको छलफलमा नेताहरूको सुझावअनुसार विशेष महाधिवेशन पक्षसँग छलफल गर्न लागेका हुन् । छलफल मंगलबार हुनेछ। संस्थापन पक्षबाट पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाँण सहभागी हुने तयारी छ। विशेष महाधिवेशन पक्षधरबाट केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरूराज घिमिरेलाई संस्थापन पक्षसँग संवादका लागि जिम्मेवारी दिने तयारी गरिएको एक नेताले जानकारी दिए। 'सभापति, कार्यवाहक सभापति तर्फबाट संवादका लागि खबर आएको छ, विशेष महाधिवेशन पक्षबाट चार जना नेतालाई संवादका लागि जिम्मेवारी दिने गरी छलफल भएको छ,' विशेष महाधिवेशन पक्षधरका एक नेताले भने। कांग्रेसले मंगलबार केन्द्रीय समिति बैठक राखेको छ भने विशेष महाधिवेशन पक्षध...
आफू निकट पदाधिकारी र कानुन व्यवसायीसँग छलफल गर्दै शेरबहादुर देउवा

आफू निकट पदाधिकारी र कानुन व्यवसायीसँग छलफल गर्दै शेरबहादुर देउवा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट पदाधिकारी र कानुन व्यवसायीहरूसँग छलफल गर्दैछन्। ३ बजेपछि बस्नेगरी सभापति देउवाले छलफलमा बोलाएको एक पदाधिकारीले जानकारी दिए। छलफल महाराजगन्जस्थित देउवा निवासमा केही बेरमै सुरू हुने उनले बताए। छलफलमा देउवाले आफूनिकट केही केन्द्रीय सदस्य र कानुन व्यवसायीलाई पनि बोलाएका छन्। भृकुटीमण्डपमा विशेष महाधिवेशको बन्द सत्रमा देउवा नेतृत्वको कार्यसमिति विघटन गर्ने प्रस्ताव पेस भएको छ।सभापति देउवाले विशेष महाधिवेशन भइरहेको र पार्टीभित्र सिर्जना हुनसक्ने अवस्थाबारे छलफल गर्न लागेका हुन्।बिहान नेता शेखर कोइरालाले पनि आफूनिकट पदाधिकारी र केन्द्रीय सदस्यहरूसँगै कानुन व्यवसायीलाई पनि राखेर छलफल गरेका थिए। विशेष महाधिवेशन नेतृत्व चयन गर्नेतर्फ अगाडि बढिरहँदा संस्थापनका नेताहरू छलफलमा जुटेका हुन्। ...
राष्ट्रिय सभाको अधिवेशन माघ ४ मा आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

राष्ट्रिय सभाको अधिवेशन माघ ४ मा आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते अधिवेशन आह्वान गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभा विघटन भए पनि स्थायी सदनका रूपमा रहेको राष्ट्रिय सभाको अधिवेशन बाेलाउनेबारे यसअघि विभिन्न चरणमा छलफल भइरहेको थियो । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री कार्कीलाई भेटेर पनि अनुरोध गरेका थिए । ...
आज अपरान्ह ४ बजेसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

आज अपरान्ह ४ बजेसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँआगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने छन् ।आयोगले सम्बन्धित सबै उम्मेदवारलाई सो सम्बन्धमा जानकारी गराएको निर्वाचन अधिकृत कृष्णबहादुर राउतले जानकारी दिए । आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन सक्नेछन् । कुनै कारणवश सम्बन्धि...
कांग्रेस विशेष महाधिवेशन: बन्दसत्र सुरु हुँदै

कांग्रेस विशेष महाधिवेशन: बन्दसत्र सुरु हुँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज हुँदैछ । आइतबार साँझ अबेरसम्म उद्घाटन सत्र सञ्चालन भएपछि आज बन्दसत्र सुरु हुन लागेको हो । बिहानको खाजापछि बन्दसत्र सुरु गरिने महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ । ढिलोमा १० बजेदेखि बन्दसत्रका कार्यक्रम सुरु हुनेछन् ।प्रतिनिधिहरुको माग बमोजिम महामन्त्री गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन बोलाइएको हो । महाधिवेशनमा २६०० बढी प्रतिनिधिले नाम दर्ता गरेका छन् ।कार्यविधि बनाएर बन्दसत्रको कार्यक्रम अघि बढाइने छ । बन्दसत्रको सभापतित्व ज्येष्ठ सदस्यले गर्नेछन् । बन्दसत्रमा नीतिगत एवं संगठनात्मक प्रतिवेदन पेस हुनेछ । ...
आजदेखि नेपाली कांग्रेसको विशेष महाधिवेशन

आजदेखि नेपाली कांग्रेसको विशेष महाधिवेशन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिबीच पुस २७ गते आइतबारदेखि विशेष महाधिवेशन पक्षधरको आह्वानमा विशेष महाधिवेशन सुरु हुँदैछ । यही पुस २७ र २८ गते हुने उक्त विशेष महाधिवेशनको काठमाडौँस्थित भृकुटीमण्डपमा आइतबार दिउँसो १ः०० बजे उद्घाटन हुने तय भएको छ । उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च निर्माण गरिएको छ ।त्यसैगरी मञ्चको अगाडि खुला चौरमा भने छ हजारभन्दा बढी कुर्सीको व्यवस्थापन गरिएको विशेष महाधिवेशनका लागि गठन गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिए। मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको उनले बताए। पुडासैनीका अनुसार उद्घाटनका दिन काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने र्यालीलाई व्यवस्थित तरिकाले कार्यक्रममा सहभागी गराउने गरी तयारी थालिएको छ । विशेष महा...
समाजवादी युवा जगरण अभियान बुटवलमा :राष्ट्र रक्षाकालागी हरेक नागरिक राष्ट्रिय मुक्ति सेना बन्न तयार – बसन्त श्रेष्ठ

समाजवादी युवा जगरण अभियान बुटवलमा :राष्ट्र रक्षाकालागी हरेक नागरिक राष्ट्रिय मुक्ति सेना बन्न तयार – बसन्त श्रेष्ठ

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
विनोद खनाल, बुटवलनेकपा (माओवादी) का पोलिटब्युरो सदस्य तथा प्रमुख अतिथि बसन्त श्रेष्ठ ले नेपालको राष्ट्रिय स्वाधीनता गम्भीर खतरामा परेको बताउँदै त्यसको रक्षाका लागि हरेक नागरिक राष्ट्रिय मुक्ति सेना बन्न तयार हुनुपर्ने कडा चेतावनी दिएका छन्। उनले भ्रष्टाचारीहरूको सम्पत्ति छानबिन गरी कारबाही गर्दै सम्पत्ति राष्ट्रियकरण गर्नु आजको ऐतिहासिक आवश्यकता भएको स्पष्ट पारे।शनिबार बुटवलमा सम्पन्न समाजवादी युवा जागरण सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले राष्ट्रपति समक्ष बुझाइएका मागहरू राज्यसत्ताले बेवास्ता गरे सडक, संसद र सरकार तीनै मोर्चाबाट निर्णायक संघर्ष चर्काइने बताए।नेकपा (माओवादी) ले पौष ९ गते राष्ट्रपति समक्ष पेस गरेको १३ बुँदे मागपत्र माथि १० दिने अल्टिमेटम दिइएको थियो। अल्टिमेटम पूरा नहुँदा पौष २० गतेदेखि समाजवादी युवाहरूको नेतृत्वमा समाजवादी युवा जागरण अभियान सुरु गरिएको हो। पश्चिमको गड...
दिव्योपदेशमा अन्तर्निहित अर्थराजनीतिको सान्दर्भिकता

दिव्योपदेशमा अन्तर्निहित अर्थराजनीतिको सान्दर्भिकता

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, लेख रचना, विविध, शिक्षा, समाचार, समाज
सन्दर्भ राष्ट्रिय एकता दीवस माधवकुमार पौडेलआधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहले मृत्युवरण गर्नु अघि वि.स.१८३१ माघ ३१ गते बिरामीले थलिएको अवस्थामा नुवाकोटको साततले दरबारमा भारदारहरूलाई दिएको उपदेशलाई ‘दिव्य उपदेश’ भनिन्छ । पश्चिम विजय गर्न जाँदा पाएको कटु अनुभवबाट शिक्षा पाएका पृथ्वीनारायण शाह पूर्वतिर लाग्छन् । उनका कुशल सेनानायकद्धारा हाँकिएको फौज पूर्वका दुई सेनराज्य चौदण्डी र विजयपुर माथि विजय हासिल गर्न सफल हुन्छन् ।त्यसको केहि समयपछि पश्चिमतिर राज्यविस्तार गर्ने अभियानमा नुवाकोटमा पुगेर योजना बनाउने क्रममा पृथ्वीनारायण शाह कडा रोगबाट थलिन्छन् । पश्चिमी राज्य जितेर आप्mनो राज्यमा मिलाउने उनको इच्छा पुरा हुन सक्दैन ।यस उपदेशमा उनले आप्mनो जीवनमा घटेका महत्वपूर्ण घटनाका साथै उनका अधुरा योजनाबारे बताएका छन् । आजभन्दा २५२ बर्षअघि दिइएको यो उपदेश हाम्रा ला...