राजनीति

बाढीपछिको त्यो यात्रा : मनमा उठेका पीडा,प्रश्न र समाधान

बाढीपछिको त्यो यात्रा : मनमा उठेका पीडा,प्रश्न र समाधान

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, माैसम, राजनीति, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवालीकाठमाडौंदेखी नारायणगढ सम्मको यात्रा सधैँ एउटा चुनौतीपूर्ण अनुभव रहँदै आएको छ। तर, हालै रसुवा र भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा त्यसको प्रभावस्वरूप यो मुख्य राजमार्ग क्षेत्रमा देखिएको विभिषिकापछि गरिएको यात्रा केवल एक यात्रा मात्र रहेन। यो त प्रकृतिको ताण्डव, मानवीय लाचारी र राज्यको कमजोर तयारीको जीवित दस्तावेज जस्तो देखियो। सडकका दायाँबायाँ छरिएका भग्नावशेष, पहिरोले बगाएका बस्तीका अवशेष र त्रिशूलीको उर्लँदो धमिलो पानीले मनमा गहिरो पीडा मात्र दिएन, बरु हाम्रो विकास मोडल र भविष्यमाथि अनगिन्ती प्रश्नहरू पनि उब्जाइदियो। यात्राको सुरुवात र आँखाअगाडिको पीडादायी दृश्य गाडी अगाडि बढ्दै गर्दा त्रिशुली खण्ड सुरु हुनासाथ प्रकृतिको वितण्डाको रूप देखिन थाल्छ। भोटेकोशी र रसुवा क्षेत्रमा आएको भीषण बाढीको धक्का यहाँसम्म महसुस हुन्थ्यो। ठाउँ-ठाउँमा पहाडहरू खसेर सडकको ना...
नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित

Breaking news 1, ताजा अपडेट, राजनीति, विविध, समाचार
काठमाण्डौ – नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ । पार्टीको १५ औँ महाधिवेशनबाट उहाँ सभापतिमा निर्वाचित हुनुभएको हो । अघि बिहान सकिएको मतगणनामा थापाले ६ हजार ५८४ मत प्राप्त गर्नुभएको छ । सभापतिका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभएको छ । ५४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।  पार्टी सभापतिसहित केन्द्रीय कार्यसमिति चयनका लागि हिजो भएको चुनावमा ९६.२ प्रतिशत मत खसेको छ । विभिन्न २ सय ३१ पदका लागि ८ सय ११ जनाले उम्मेदवारी दिएका छन् । यसमध्ये वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतितर्फ पुष्पा भुसाल र काठमाण्डौ उपत्यकाको महिलातर्फ केन्द्रीय सदस्यमा अमिता प्रधान शाक्य निर्विरोध भएका छन् । ...
काँग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुदै

काँग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुदै

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौंनेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि आज हुने भएको छ । यसअघि विहिबार हुने भनिएको मतदान केन्द्रीय निर्वाचन समितिले प्राविधिक तयारी पुरा हुन नसकेपछि आजको लागि सारेको थियो । निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले तयारी पुरा भएको र आज बिहान बिहान ७ देखि दिउसो ३ बजेसम्म मतदान हुने बताएका छन् । मतदानका लागि काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्र तोकिएका छन् । प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको खड्काले बताए । निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ । जसअनुसार राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ । त्यसैगरी खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नेछन् । ...
प्रधानमन्त्रीको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्न तयार भए वायुसेवा कम्पनी

प्रधानमन्त्रीको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्न तयार भए वायुसेवा कम्पनी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको गुनासो बढेपछि सरकारले यसमा चासो देखाएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) को सक्रियतामा नागरिकको गुनासो सम्बोधन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिहरूसँग छलफल गरेको छ। क्यानमा आयोजित उक्त छलफलमा क्यानका पदाधिकारी र आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिबीच चाडपर्वका बेला स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने र गराउने सहमति भएको छ। साथै, सोही भाडादरबारेको स्पष्ट सूचना सम्बन्धित वायुसेवा कम्पनीका सबै बिक्री वितरण प्लेटफर्महरूमा प्रकाशन गर्ने निर्णयसमेत भएको छ। यसअघि विसं २०७२ मङ्सिर २७ गते तत्कालीनमन्त्रीस्तरीय निर्णयअनुसार आन्तरिक हवाई सेवाको न्यूनतमदेखि उच्चतम भा...
काँग्रेस महाधिवेशन: आज नयाँ नेतृत्व चयनका लागि मतदान

काँग्रेस महाधिवेशन: आज नयाँ नेतृत्व चयनका लागि मतदान

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौंनेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन आज बिहान १० बजेदेखि हुने भएको छ ।केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले यसअघि आज बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यक्रम तय गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले १० बजेदेखि शुरू गर्न लागिएको जानकारी दिएका छन् ।उनका अनुसार मतदानका लागि काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्र तोकिएका छन् । प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको खड्काले बताए । निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ । जसअनुसार राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ । त्यसैगरी खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले ...
कांग्रेसको महाधिवेशन : सभापतिमा त्रिपक्षीय भिडन्त

कांग्रेसको महाधिवेशन : सभापतिमा त्रिपक्षीय भिडन्त

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौंनेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएसँगै पार्टीको आगामी नेतृत्वका लागि चुनावी प्रतिस्पर्धाको तस्वीर स्पष्ट भएको छ। सभापतिदेखि विभिन्न समावेशी समूहका सहमहामन्त्रीसम्मका पदमा नेताहरूले उम्मेदवारी दिएका छन्।केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक नामावलीअनुसार सभापति पदमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ। सभापति पदमा गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गी दौडमा छन्। सभापतिका तीन उम्मेदवारमध्ये थापा पार्टीको वर्तमान नेतृत्वमा रहेका प्रमुख नेता हुन् भने राठौर र खड्गीले पनि सभापतिमा उम्मेदवारी दिएपछि शीर्ष पदको चुनाव त्रिपक्षीय बनेको छ।वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मात्रै उम्मेदवारी परेको छ। महिला उपसभापतिमा पनि पुष्पा भुसाल एकल उम्मेदवार बनेकी छन्। यी दुबै जनाकाे पदमा अन्य उम्मेदवारी नरहेकाल...
सुस्तामा दीर्घकालीन तटबन्धका लागि मन्त्रिपरिषद् निर्णय र बहुवर्षीय बजेटको माग

सुस्तामा दीर्घकालीन तटबन्धका लागि मन्त्रिपरिषद् निर्णय र बहुवर्षीय बजेटको माग

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
बुटवलनारायणी नदीमा कटानका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ स्थित ऐतिहासिक सुस्ता बस्ती यसपटक अझ गम्भीर जोखिममा परेको छ । अब सुस्तालाई जोगाउन आपत्कालीन उद्धार मात्र पर्याप्त नभएको र दीर्घकालीन रूपमा पक्की तटबन्ध निर्माण गर्नुपर्ने आवश्यकता झन् टड्कारो बनेको छ।यो ऐतिहासिक भूभाग सुस्तामा हाल करिब ३ सय ३० घरधुरीका ३ हजारभन्दा बढी बासिन्दा बसोबास गर्दै आएका छन्। सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायका अनुसार हालसम्म गरिएका आपत्कालीन बाढी नियन्त्रणका कामहरूले अस्थायी राहत दिए पनि नदीको कटान रोक्न दीर्घकालीन योजना अनिवार्य बनेको छ ।यसका लागि करिब ४ किलोमिटर क्षेत्रमा नयाँ तटबन्ध निर्माण, मर्मतसम्भार तथा स्तरोन्नति गर्नुपर्ने प्राविधिक काम आवस्यक पर्ने आकलन छ । प्रारम्भिक अनुमानअनुसार करिब १ अर्ब बजेट आवश्यक पर्ने भएकाले सरकारले बहुवर्षीय स्रोत सुनिश्चितता गरी हाइ...
जेनजी आन्दोलनका १७ सयको मुद्दा फिर्ता चाहन्थ्यो सरकार, समितिले सिफारिस गर्‍यो ३ सय मात्र

जेनजी आन्दोलनका १७ सयको मुद्दा फिर्ता चाहन्थ्यो सरकार, समितिले सिफारिस गर्‍यो ३ सय मात्र

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँजेनजी प्रदर्शनमा सहभागीमाथि लगाइएका फौजदारी मुद्दा फिर्ता लिन सकिने–नसकिनेबारे अध्ययन गर्न गठित समितिले २४ भदौको विध्वंसमा संलग्न भएको आरोपमा पक्राउ परेकामध्ये अधिकांशको मुद्दा फिर्ता लिन नसकिने राय दिएको छ । अधिकतम प्रतिवादीको मुद्दा फिर्ता लिन सकिने गरी प्रतिवेदन तयार पार्न दबाब रहे पनि समितिले तीन सय जनाको मात्र मुद्दा फिर्ता लिन सकिने राय दिएको छ । उच्च अदालतका पूर्वन्यायाधीश बाबुराम रेग्मी नेतृत्वको समितिले जेन–जी आन्दोलनसँग सम्बन्धित ४ सय ४५ मुद्दाका १ हजार ७ सय ७८ प्रतिवादीमध्ये तीन सयको मुद्दा फिर्ता लिन सकिने तर बाँकी प्रतिवादी गम्भीर प्रकृतिका फौजदारी कसुरमा संलग्न रहेकाले मुद्दा फिर्ता लिन कानुनी व्यवस्था बाधक रहेको राय दिएको हो । समितिले १५ असोजमा गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाइसकेको छ । समितिले अध्ययन गरेका मुद्दामध्ये ५३ वटामा अदालतले फैसलासमेत सुनाइस...
अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार
काठमाडौंअर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ ।विश्व बैंकका अध्यक्ष बाङ्गाको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री वाग्लेले अध्यक्ष बाङ्गासँग नेपालको पुनर्निर्माण, आर्थिक सुधार तथा सामाजिक संरक्षणका विषयमा छलफल गरेका हुन् ।भेटका क्रममा अर्थमन्त्री वाग्लेले हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माणका लागि आवश्यक सहयोगबारे छलफल गरेका थिए । त्यसैगरी, बृहत् आर्थिक सुधार, बीमा तथा सामाजिक संरक्षणका क्षेत्रमा समेत गरी करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनका विषयमा घनीभूत छलफल भएको थियो ।भेटमा विश्व बैंकका अध्यक्ष बाङ्गाले नेपालमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा वि...
मन्त्रिपरिषद्का पाँच निर्णय

मन्त्रिपरिषद्का पाँच निर्णय

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब रु १० करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल इञ्जिनियरिङ सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) (दोस्रो संशोधन) नियमहरू, २०८३ स्वीकृत गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ समेत स्वीकृत गरेको छ । मन्त्रिपरिषद्ले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने विषयमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेस गरेको प्रतिवेदनलाई आवश्यक कार्यार्थ गृह मन्त्रालयमा पठाउने निर्ण...