चाडपर्वको महत्व र विकृति
Breaking news 1, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, लेख रचना, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक देशमा चाडपर्वहरूले राष्ट्रिय एकता र सहिष्णुताको मेरुदण्डका रूपमा काम गरेका छन्। वर्षभरिको थकाइ, तनाव र व्यस्ततालाई बिर्सेर परिवार, आफन्त र साथीभाइसँग खुसी साटासाट गर्ने माध्यम नै चाडपर्व हुन्।यद्यपि, समयको परिवर्तनसँगै हाम्रा मौलिक र सांस्कृतिक चाडपर्वहरूमा विभिन्न विकृति र विसङ्गतिहरू पनि भित्रिएका छन्। चाडपर्वको वास्तविक मर्म र ऐतिहासिक महत्व विस्तारै ओझेलमा पर्दै गएको छ र यसको ठाउँ तडकभडक तथा देखासिकीले लिन थालेको छ।
चाडपर्वको महत्व
हाम्रो समाजमा चाडपर्वहरूको बहुआयामिक महत्व रहेको छ।जसमा, सांस्कृतिक र धार्मिक संरक्षण- चाडपर्वहरूले हाम्रा पुर्खाहरूले हस्तान्तरण गरेका संस्कार, संस्कृति र परम्परालाई जीवन्त राख्छन्। दशैँ, तिहार, छठ, ल्होसार, ईद...







