जीवनशैली

चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

Breaking news 1, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, लेख रचना, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक देशमा चाडपर्वहरूले राष्ट्रिय एकता र सहिष्णुताको मेरुदण्डका रूपमा काम गरेका छन्। वर्षभरिको थकाइ, तनाव र व्यस्ततालाई बिर्सेर परिवार, आफन्त र साथीभाइसँग खुसी साटासाट गर्ने माध्यम नै चाडपर्व हुन्।यद्यपि, समयको परिवर्तनसँगै हाम्रा मौलिक र सांस्कृतिक चाडपर्वहरूमा विभिन्न विकृति र विसङ्गतिहरू पनि भित्रिएका छन्। चाडपर्वको वास्तविक मर्म र ऐतिहासिक महत्व विस्तारै ओझेलमा पर्दै गएको छ र यसको ठाउँ तडकभडक तथा देखासिकीले लिन थालेको छ। चाडपर्वको महत्व हाम्रो समाजमा चाडपर्वहरूको बहुआयामिक महत्व रहेको छ।जसमा, सांस्कृतिक र धार्मिक संरक्षण- चाडपर्वहरूले हाम्रा पुर्खाहरूले हस्तान्तरण गरेका संस्कार, संस्कृति र परम्परालाई जीवन्त राख्छन्। दशैँ, तिहार, छठ, ल्होसार, ईद...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ । ब्रहमचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ । ब्रहमचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ ।सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रहमचारिणी देवीको अनुकम्पा आवश्यक हुने बताइएको छ । ब्रहमचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ । साधकहरु आजको दिन आफ्नो मनलाई माता ब्रह्मचारिणीको चरणमा धयान लगाउँछन् । ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । तपस्याको आचरण गर्ने देवीकाका रुपमा ब्रह्मचारिणीलाई लिइन्छ । ब्रह्मचारिणी देवीको दाहिने हातमा जपको माला र देब्रे...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज
काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ घरमा आंशिक क्षति पुगेको हो । बाढीले ३४ गोठमा क्षति पुर्‍याएको छ । यस्तै, तीन सवारीसाधनमा क्षति पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बनाएको छ । बाढीमा पाँचजना सम्पर्कविहीन रहेको प्राधिकरणको भनाइ छ । बाढीले दुई पक्की पुल, तीन झोलुंगे पुल, तीन जलविद्युत र चार हवन कुण्डमा क्षति पुर्‍याएको छ । प्रभावित क्षेत्रमा ५० टेन्ट, ५० त्रिपाल, २०० म्याट्रेस पुर्‍याइएको छ। यस्तै, २०० ब्लांकेट, २०० स्लिपिङ ब्याग सरकारले पठाएको छ । प्रभावित क्षेत्रमा १०० थान सोलार लाइट, १० जेनरेटर र १३२० थान ज्याकेट र २० थान हाइजिन किट पुर्‍याएको प्राधिकरणको भनाइ छ । यस्तै, ९० थान फुड बास्केट, १० थान बेबी बास्केट र २० थान रोयल ब्याग पुर्‍याएको प्राधिकरणको भनाइ छ...
बूढीगण्डकी बाढी: विपद व्यवस्थापन प्राधिकरणले यस्तो भन्यो

बूढीगण्डकी बाढी: विपद व्यवस्थापन प्राधिकरणले यस्तो भन्यो

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार, समाज
काठमाडौंगोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो भौतिक क्षति पुर्‍याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उड्लुङ निवासी दुई महिला र तीन पुरुष गरी पाँच जना सम्पर्कविहीन भएका छन् ।आइतबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार पहिरोले नदीको बहाव थुनेपछि पानी एक्कासि बढेर तटीय क्षेत्रमा बाढी आएको हो । बाढीले पुल, घर, सडक, सञ्चार तथा विद्युत् संरचनामा क्षति पुर्‍याएको छ । प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत वितरणका काम जारी छन् । चार हेलिकोप्टरबाट खोजी तथा उद्धारबाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका चारवटा हेलिकोप्टर परिचालन गरिएको छ । हेलिकोप्टरमार्फत हालसम्म ४७ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको प्राधिक...
बाढीपछिको त्यो यात्रा : मनमा उठेका पीडा,प्रश्न र समाधान

बाढीपछिको त्यो यात्रा : मनमा उठेका पीडा,प्रश्न र समाधान

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, माैसम, राजनीति, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवालीकाठमाडौंदेखी नारायणगढ सम्मको यात्रा सधैँ एउटा चुनौतीपूर्ण अनुभव रहँदै आएको छ। तर, हालै रसुवा र भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा त्यसको प्रभावस्वरूप यो मुख्य राजमार्ग क्षेत्रमा देखिएको विभिषिकापछि गरिएको यात्रा केवल एक यात्रा मात्र रहेन। यो त प्रकृतिको ताण्डव, मानवीय लाचारी र राज्यको कमजोर तयारीको जीवित दस्तावेज जस्तो देखियो। सडकका दायाँबायाँ छरिएका भग्नावशेष, पहिरोले बगाएका बस्तीका अवशेष र त्रिशूलीको उर्लँदो धमिलो पानीले मनमा गहिरो पीडा मात्र दिएन, बरु हाम्रो विकास मोडल र भविष्यमाथि अनगिन्ती प्रश्नहरू पनि उब्जाइदियो। यात्राको सुरुवात र आँखाअगाडिको पीडादायी दृश्य गाडी अगाडि बढ्दै गर्दा त्रिशुली खण्ड सुरु हुनासाथ प्रकृतिको वितण्डाको रूप देखिन थाल्छ। भोटेकोशी र रसुवा क्षेत्रमा आएको भीषण बाढीको धक्का यहाँसम्म महसुस हुन्थ्यो। ठाउँ-ठाउँमा पहाडहरू खसेर सडकको ना...
बूढीगण्डकी नदीमा भीषण बाढी : गोरखाको सल्लेरी बजार बगायो

बूढीगण्डकी नदीमा भीषण बाढी : गोरखाको सल्लेरी बजार बगायो

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँबूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले गोरखामा ठूलो क्षति गरेको छ। एकाबिहानै बाढीले गर्दा त्यहाँको अवस्था तनावग्रस्त बनेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार त्यहाँका स्थानीयलाई सचेत गराउन एसएमएस सेवा जारी राखिएको छ। स्थानीयका अनुसार गोरखाको सल्लेरी बजार बगाएको छ । चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको आशंका गरिएको छ । ...
विद्युतीय व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान, पर्वहरू जस्तै जिवनपनि उज्यालो होस् भनी गरे कामना

विद्युतीय व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान, पर्वहरू जस्तै जिवनपनि उज्यालो होस् भनी गरे कामना

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, स्थानीय
रुपन्देहीरुपन्देही विद्युतीय व्यवसायी संघले आउंदै गरेका वडादशैं, दिपावली र छठ पर्वको अवसरमा व्यवसायीविच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।शनिबार बुटवलमा सम्पन्न कार्यक्रम जिल्ला अध्यक्ष केशव कुमार सिंह 'सुजित' को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वोल्दै नेपाल विद्युतीय व्यवसायी महासंघका तृतीय उपाध्यक्ष प्रकाश चन्द्र पाण्डेयले व्यवसायीक सफलता,सुख,शान्ति समृद्धिको शुभकामना व्यक्त गर्दै उज्यालो पर्व र उज्यालो विद्युत् व्यवसायीको भविष्य उज्यालो रहेको वताउदै, महासंघ र जिल्ला संघको सम्वन्ययात्मक भुमिका रहने कुरामा विश्वस्त रहेको धारणा राखेका थिए। निवर्तमान अध्यक्ष शान्ताराज खरालले व्यवसायमा प्रतिस्पर्धा रहेपनि सम्वन्धमा एकता रहोस् , व्यवसायीक सफलता मिलोस् भनी शुभकामना दिएका थिए। केन्द्रीय सल्लाहकार तथा संस्थापक अध्यक्ष अनन्तमान थैवले उज्यालोको व्यवसाय गर्ने विद्युतीय व्यवसायीको जि...
मणिमुकुन्दको अध्यक्षमा पुनः माधव नेपाल, उपाध्यक्षमा भारि मतान्तरले घिमिरे विजयी

मणिमुकुन्दको अध्यक्षमा पुनः माधव नेपाल, उपाध्यक्षमा भारि मतान्तरले घिमिरे विजयी

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको १८ औ वार्षिक साधारण सभा तथा छैटौ अधिवेसन सम्पन्न भएको छ । समितिको शनिबार सम्पन्न अधिवेसनबाट माधवप्रसाद नेपालको अध्यक्षतामा नया कार्यसमिति निवार्चित भएका छन । यसैगरि उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा युवराज घिमिरे २६४ र माधवप्रसाद श्रेष्ठले २३६ मत प्राप्त गरि विजयी भएका छन । उपाध्यक्ष पदका टीकाराम शर्माले भने १२३ मत प्राप्त गरे ।यसैगरी, महासचिवमा महेन्द्रप्रसाद लिगल, सचिवमा बुद्धिराज थापा र कोषाध्यक्षमा मिलन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन । यसैगरि खुला सदस्यतर्फ भएको निर्वाचनमा दीपक खड्गीले २६२, विष्णुबहादुर सिंह ठकुरीले २३४, मदनकुमार श्रेष्ठले २२८, वीरबहादुर लामाले २२३ र प्रकाशबहादुर कुमालले १९६ मत प्राप्त गरी निर्वाचित भएका छन । महिला सदस्यमा राजु नेपाल र कमलादेवी नगरकोटी निर्विरोध निर्वाचित भए । त्यसैगरी, लेखा संयोजकमा महेन्द्रक...
इन्टरनेटको शुल्क बढेको छैन: दुरसञ्चार प्राधिकरण

इन्टरनेटको शुल्क बढेको छैन: दुरसञ्चार प्राधिकरण

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज
काठमाडौँनेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट तथा इमेल सेवाको शुल्क वृद्धि गर्न कुनै स्वीकृति नदिएको स्पष्ट पारेको छ ।इन्टरनेट सेवाको शुल्क वृद्धि भएको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले हालसम्म सेवा प्रदायकबाट शुल्क बढाउने प्रस्तावसमेत प्राप्त नभएको जनाएको हो ।प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकले लिने शुल्क उचित र मनासिब हुनुपर्ने स्पष्ट पारेको छ । सेवा प्रदायकले शुल्कको दर निर्धारण गर्दा प्राधिकरणको निर्देशिकाअनुसार प्रक्रिया पूरा गरी लागू हुने मितिभन्दा कम्तीमा तीन महिनाअघि स्वीकृतिका लागि प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ ।त्यसैगरी, प्राधिकरणबाट स्वीकृत भएको शुल्क सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको पनि प्राधिकरणले स्मरण गराएको छ । प्राधिकरणको स्वीकृतिबिना शुल्क वृद्धि गर्ने, स्वीकृत दरभन्दा बढी रकम लिन...
आज सोह्र श्राद्ध समापन गरिँदै, भोलिदेखि बडादसैँ सुरुवात

आज सोह्र श्राद्ध समापन गरिँदै, भोलिदेखि बडादसैँ सुरुवात

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवलआश्विन कृष्ण औँसीका अवसरमा आज दिवंगत पितृहरूको सम्झनामा तर्पण, सिदादान र पिण्डदान गरी सोह्र श्राद्ध समापन गरिँदै छ। आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्षको अन्तिम दिन आज देशभर हिन्दू धर्मावलम्बीहरूले विधिपूर्वक श्राद्ध गरी पितृप्रति श्रद्धा अर्पण गर्दै छन्।हिन्दू धर्मशास्त्रअनुसार पितृ पक्षलाई दिवंगत पूर्वजहरूको सम्झना र सम्मान गर्ने विशेष समयका रूपमा लिइन्छ। यस अवधिमा आफ्ना दिवंगत बाबुआमा तथा पूर्वजहरूको नाममा श्राद्ध, तर्पण र पिण्डदान गर्ने परम्परा छ। पितृ पक्षको अन्तिम दिन पर्ने औँसीलाई सर्वपितृ औँसीका रूपमा पनि चिनिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रोअनुसार आज असोज २४ गते शनिबार औँसी श्राद्ध गरी पितृ पक्ष समापन गरिँदै छ। भोलि असोज २५ गते आइतबार आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी बडादसैँको आरम्भ गरिनेछ।किन भनिन्छ सोह्र श्राद्ध ?प्र...