जीवनशैली

गुरु पुर्णिमाको अवसरमा बुटवलमा योग प्रशिक्षकलाई सम्मान

गुरु पुर्णिमाको अवसरमा बुटवलमा योग प्रशिक्षकलाई सम्मान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
गुरु पुर्णिमाको अवसर पारेर आज योग प्रशिक्षकहरुलाई सम्मान गरिएको छ । असार २६ गते बिहिवार  ( आज ) एक कार्यक्रमको बिच योग साधनास्थल देविनगरमा गुरुहरुलाई सम्मान गरिएको हो । बिगत लामो समय देखि फ्रि योग साधना द्धारा निशुल्क रुपमा संचालन गरिएको योगा तथा जुम्मा डान्स देविनगरका मुख्य प्रशिक्षक विष्णुमाया श्रेष्ठ,ठग बहादुर श्रेष्ठ त्यस्तै सहायक प्रशिक्षकहरु सरिता खड्का, सुमी राना, पिनिसा थापा, इन्द्र थापालाई सम्मान गरिएको योग प्रशिक्षार्थी पदम जि सी&nbs...
स्वास्थ्य बीमाबाट अब दुई लाखसम्मको उपचार सुविधा

स्वास्थ्य बीमाबाट अब दुई लाखसम्मको उपचार सुविधा

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले अब दुई लाखसम्मको उपचार सुविधा पाउने भएका छन् । स्वास्थ्य तथा जनसङख्यामन्त्री प्रदीप पौडेलले हालसम्म एक लाखमा सीमित यो सुविधा आगामी साउन १ गतेदेखि दोब्बर बनाइने घोषणा गरेका हुन्। आज सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै मन्त्री पौडेलले आठ प्रकारका गम्भीर रोगका बिरामीका लागि उपचार खर्च दोब्बर बनाइएको बताए। 'कडा रोग लागेर उपचार खर्च जुटाउन नसक्ने नागरिकको पीडामा राहत दिन साउन १ गतेदेखि यो निर्णय लागू हुनेछ,' उनले भनेका छन्। अब क्यान्सर, मुटुरोग, मिर्गौला रोग, टाउको र मेरुदण्डमा चोट (हेड इन्जुरी र स्पाइनल इन्जुरी), सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमर भएका बिरामीले दुई लाखसम्मको उपचार सुविधा पाउनेछन् । यसअघि सरकारले बीमा योजनामा सामेल भएकालाई आफू बसोबास गरेको स्थानमा उपचार लिनसक्ने व्यवस्था मिलाउने तथा सबै तहमा बी...
रसुवाको बाढीले २३ वटा मालबाहक कन्टेनर र ३५ वटा विद्युतीय गाडी बगायो

रसुवाको बाढीले २३ वटा मालबाहक कन्टेनर र ३५ वटा विद्युतीय गाडी बगायो

Breaking news 1, जीवनशैली, ताजा अपडेट, समाचार
रसुवा : बाढीका कारण रसुवागढी भन्सारको सुक्खा बन्दरगाह बगाउँदा भएको क्षतिको विववरण सार्वजनिक भएको छ। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीका कारण २३ वटा मालबाहक कन्टेनर, छ मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी ६४ वटा बगेका छन्।  त्यस्तै बेपत्ता हुनेमा हालसम्म २० जना छन्। तीमध्ये नेपाल प्रहरीका तीन जना, सुक्खा बन्दरगाहमा काम गर्ने छ, डिब्बा चालक पाँच र चिनियाँ नागरिक छ जना रहेका सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए। बाढीका कारण ड्यामसाइट बगाउँदा १११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको उत्पादन पूर्ण रूपमा बन्द भएको छ। त्यस्तै २० मेघावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रको तेलरेटरमा बाढीको लोदो पस्दा उत्पादन पूर्ण रूपमा बन्द छ। यसलाई पुनः सञ्चालनका लागि मर्मत कार्य अगाडि बढाइएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ। माथ...
शिक्षाको गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने गरी लागेका छौं : अर्थमन्त्री विष्णु पौडेल

शिक्षाको गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने गरी लागेका छौं : अर्थमन्त्री विष्णु पौडेल

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
रूपन्देही नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा शिक्षामा राम्रो सुधार भएको र थप गुणस्तरीय बनाई देशका नागरिक मात्र नभई अन्य देशबाट समेत अध्ययनका लागि नेपाल आउने वातावरण बनाउन लागेको बताए। अनेरास्ववियु रुपन्देहीको आयोजनामा आइतबार बुटवलमा सम्पन्न २०८१ मा एसईईमा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिँदै पौडेलले शिक्षा जीवनको प्रमुख अङ्ग भएकाले गुणस्तरीय शिक्षाबाट जीवन बदलिने बताए। उनले शिक्षालाई सबै नागरिकको पहुँचमा र सर्बसुलभ पुर्‍याउनेर नागरिकलाई शिक्षाको सुनिश्चितता गर्ने गरी अगाडि बढेको र धेरै कामहरु भएको बताए। शिक्षाका हरेक विधाहरु आफैमा उत्कृष्ट भएकाले विद्यार्थीहरुले आ- आफ्नो क्षमता र चाहना अनुसार छनोट गरी अध्ययन गर्न आग्रह गरे। उनले देशभरबाट ६२ प्रतिषत सफल भएको र जिल्लामा ८७ जनाले ४ जिपिए ल्याउन सफल हुनु राम्राे परिणाम भएको वताए ...
आषाढ शुक्ल एकादशी : तुलसीको बिरुवा सारिँदै

आषाढ शुक्ल एकादशी : तुलसीको बिरुवा सारिँदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको मोठमा विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउछन् । भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहारमात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर...
साेमवार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघकाे निर्णय

साेमवार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघकाे निर्णय

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ नेपाल चिकित्सक संघले सोमबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको छ।  उपचारमा लापरबाही गर्ने स्वास्थ्य संस्था र डाक्टरहरूलाई उपभोक्ता अदालतले क्षतिपूर्ति भराउन फैसला गरेसँगै त्यस्तो फैसलालाई नै चुनौती दिँदै चिकित्सक संघ आन्दोलनमा छ।  चिकित्सकहरुले बुधबारदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन्। ...
जिल्ला प्रशासन पाल्पाद्वारा रातीको समयमा सवारी सञ्चालन गर्न रोक

जिल्ला प्रशासन पाल्पाद्वारा रातीको समयमा सवारी सञ्चालन गर्न रोक

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, स्थानीय
बुटवल   पाल्पा जिल्लामा आगामी दिनमा सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाएको छ । गत वर्षको जस्तै यस वर्ष पनि मनसुन अवधिभर रातको समयमा सवारी साधन सञ्चालन नगर्न अनुरोध गरिएको हो । जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीद्वारा जारी विज्ञप्तिमा जल तथा मौसम विभागले यस वर्ष औसतभन्दा बढी वर्षा हुने अनुमान गरेको जनाउँदै जोखिमयुक्त सडकहरूमा दुर्घटनाको सम्भावना उच्च भएकाले यस्तो निर्णय गरिएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, -‘रातको समयमा माथिबाट ढुंगा, माटो खस्ने सम्भावना भएकाले यात्रु, मालवाहक, निजी र सार्वजनिक सवारी साधनलाई रात्रीकालीन समयमा सञ्चालन नगर्न अनुरोध गरिन्छ ।’ रात्रीकालीन आवागमनमा रोक लगाइएका प्रमुख सडक खण्डहरू ...
सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा मन्त्री रामेश्वर चौधरी बर्खास्त

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा मन्त्री रामेश्वर चौधरी बर्खास्त

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
कैलाली सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका छन्। बिहीबार प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका हुन्। मुख्यमन्त्री शाहले आज मन्त्रीपरिषद् हेरफेर भएको जानकारी गराए। केहि समयअघि मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई राजीनामा दिन निर्देशन दिएका थिए।  मन्त्री चौधरीले आफूले राजीनामा दिनुको कारण मुख्यमन्त्री खुलाउनु पर्ने नभए बर्खास्त गर्न चुनौती दिएका थिए। मन्त्री चौधरीले राजीनामा नदिएपछि आज मुख्यमन्त्री शाहले उनलाई बर्खास्त गरेका हुन्। ...
बुटवलको रोजगार मेलामा १६९ जनालाई जागिर, हजारौंलाई आशा

बुटवलको रोजगार मेलामा १६९ जनालाई जागिर, हजारौंलाई आशा

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज, स्थानीय
बुटवल बेरोजगारीको चपेटामा परेका हजारौं युवालाई लक्षित गरी बुटवल उपमहानगरपालिकाले आयोजना गरेको एक दिने रोजगार मेलाले उल्लेखनीय सफलता हासिल गरेको छ । मेला समापन हुँदा १६९ जनाले प्रत्यक्ष रूपमा रोजगारीको अवसर पाएका छन् भने झण्डै ७ सय जना युवाहरू ‘फलोअप’ प्रक्रियामा रहेका छन् । बुटवलमा आयोजित उक्त रोजगार मेलामा हातमा सिप, शिक्षा भएकाले मात्र होइन रुचि भएकाले समेत अवसर पाएको देखिएको छ । हातमा डिग्री र सिप भएर पनि बेरोजगार बसिरहेका युवाहरू साथै सिप भएका तर काम नभएका सीपधारी व्यक्तिहरू, वैदेशिक रोजगारीको विकल्प खोजिरहेका सर्वसाधारणदेखि उद्यमशील सोच बोकेका महिला, युवा–युवतीसम्मको उपस्थिति निकै लोभलाग्दो थियो । एक दिने रोजगार मेलामा ५ हजारभन्दा बढी व्यक्तिले अवलोकन गरे भने ४० वटा विभिन्न संघसंस्था, उद्योग, कम्पनी तथा तालिम प्रदायक संस्थाहरूको सहभागिता रहेको थियो । बुटवल उपमहानगरपालिका...
गुल्मी, पाल्पा, अर्घाखाँची सहित १५ जिल्लामा बाढी जोखिम, ‘एल्लो अलर्ट’ जारी

गुल्मी, पाल्पा, अर्घाखाँची सहित १५ जिल्लामा बाढी जोखिम, ‘एल्लो अलर्ट’ जारी

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, माैसम, शिक्षा, समाचार
काठमाडौं देशभर मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम बढेको छ । आज (बुधबार) पनि हल्कादेखि भारी वर्षासम्मको सम्भावना रहेको मौसमविद्हarले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सम्भावित बाढी र पहिरोबारे सचेत गराउँदै सूचना जारी गरेको छ । महाशाखाको बुलेटिनअनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, बागलुङ, म्याग्दी, पर्वत, बैतडी, दार्चुला, गुल्मी, पाल्पा, अर्घाखाँची लगायत जिल्लाबाट बहने साना नदीहरूमा बहाव उल्लेख्य रुपमा बढ्ने सम्भावना छ । यी जिल्लाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको विभागले जनाएको छ । त्यस्तै, संखुवासभा, ताप्लेजुङ, दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, काभ्रे, सिन्धुली, रुकुम पश्चिम, रोल्पा, सल्यान, प्युठान, जाजरकोट, कालिकोट, दैलेख, अछाम, सुर्खेत, डडेल्धुरा, डोटी, बझाङ, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा पनि मध्यम जोखिम देख...