स्वर्गीय पिताको स्मृतिमा जनसहयोग माध्यमिक विद्यालयका विद्यार्थीलाई विद्यालय झोला वितरण



गुल्मी, सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै पौडेल ब्याग हाउस एण्ड रेडिमेड उद्योग, बुटवल–११ सत्यवती टोल का प्रोप्राइटर रुमलाल पौडेल ले आफ्ना स्वर्गीय पिता खुमलाल पौडेल को पुण्य स्मृतिमा जनसहयोग माध्यमिक विद्यालय, रेसुङ्गा नगरपालिका–५ भुवनपानी, गुल्मी मा बिमा अध्ययनरत कक्षा–१ का सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालय झोला प्रदान गर्नुभएको छ।


गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–६ बाल्काटे निवासी पौडेलले आफूले अध्ययन गरेको विद्यालयप्रति सम्मान व्यक्त गर्दै विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो। उहाँले शिक्षा क्षेत्रमा सानो योगदानले पनि विद्यार्थीहरूको मनोबल बढ्ने विश्वास व्यक्त गर्नुभयो।
विद्यालयमा आयोजित कार्यक्रममा झोलाहरू रुमलाल पौडेलका सहोदर दाजु गोविन्द पौडेल ले हस्तान्तरण गर्नुभएको थियो। उहाँले स्वर्गीय पिताको स्मृतिलाई समाजसेवासँग जोडेर गरिएको यस कार्यले विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।


यस अवसरमा रुमलाल पौडेलले सामाजिक सेवाको भावनासहित सुरु गरिएको यस्ता सहयोगात्मक कार्यहरू आगामी दिनहरूमा पनि निरन्तर जारी राख्ने प्रतिबद्धता जनाउनुभयो। आफूले अध्ययन गरेको विद्यालयमा फर्केर विद्यार्थीहरूको शैक्षिक यात्रामा सहयोग गर्न पाउनु गर्वको विषय भएको उहाँको भनाइ थियो।
शिक्षा क्षेत्रमा गरिएको यस्तो सहयोगले विद्यार्थीहरूलाई आवश्यक सामग्री प्राप्त हुनुका साथै समाजका अन्य व्यक्ति, व्यवसायी तथा पूर्वविद्यार्थीहरूलाई पनि विद्यालय र समुदायप्रति आफ्नो दायित्व निर्वाह गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ। स्वर्गीय अभिभावकको सम्झनालाई समाजसेवा र शिक्षाको उज्यालोसँग जोड्ने पौडेल परिवारको यो कार्य अनुकरणीय र प्रेरणादायी बनेको छ।

छुटाउनुभयो कि ?

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...