बुटवलमा विद्युत समस्या समाधान गर्न एमालेको प्राधिकरणलाई ध्यानाकर्षण
Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिका र आसपासका क्षेत्रमा पछिल्लो समय देखिएको अनियमित विद्युत आपूर्ति र न्यून भोल्टेजको समस्यालाई लिएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) बुटवल उपमहानगर कमिटीले नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ। कमिटीका अध्यक्ष शोभाखर पोखरेलको नेतृत्वमा मँगलबार कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाइएको हो ।
नेपाल विद्युत प्राधिकरण, वितरण केन्द्र बुटवलका ध्यानाकर्षण पत्र बुझाउँदै पोखरेलले केही मिनेटको अन्तरालमा बारम्बार विद्युत जाने-आउने, न्यून भोल्टेज (डिम आउने) र भोल्टेज उतारचढाव हुने कारणले आम उपभोक्ता अत्यन्तै मारमा परेको उल्लेख गर् । यस प्रकारको समस्याले सर्वसाधारणको घरायासी जीवन, उद्योग-व्यवसाय, कार्यालय, अस्पताल, विद्यार्थीको अध्ययनका साथै विद्युतीय उपकरणहरूको सुरक्षामा समेत प्रत्यक्ष नकारात्मक असर पुर्याएको र पछिल्ला दिनहरूमा उपभोक्ताहरूबाट व्यापक गुनासो उठे...








