ऐतिहासिक,धार्मिक र पुण्यभुमी लुम्बिनी प्रदेशले समग्र राष्ट्रलाई दिशानिर्देश गरोस् : महानिरीक्षक कार्की



बुटवल
नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले ऐतिहासिक, धार्मिक र पुण्यभुमी लुम्बिनी प्रदेशबाट शान्त र समृद्ध समाज निर्माणको शुरुवात भएको वताएका छन्।
नेपाल प्रहरी लुम्बिनी प्रदेशको आयोजनमा जेष्ठ ३० देखि असार १ गते सोमबार तिन दिन सम्म सञ्चालन गरिएको सार्वजनिक सुरक्षा, सामाजिक जिम्मेवारी र सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ फरक-फरक स्थानमा तीनवटा विशेष कार्यक्रम गरि बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सम्पन्न गरिएको कार्यक्रमको समापनमा आईजिपी कार्कीले गौतम बुद्धको प्रदेशले हरेक हिसाबले अगुवाई गरोस् भन्ने अपेक्षा समेत रहेको वताएका छन्।
उनले जानेर बुझेर मात्र दायित्व पूरा नहुने व्यवहारमा अंगाल्नु पर्ने औल्याएका थिए।
कार्कीले हरेक नागरिक श्रृजनशील हुन आवश्यक रहेको र हिड्नेलाई ठेस लाग्छ तर हार खान नहुने वताएका थिए।
व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सामुहिकताको भावना जागृत गर्नु दायित्व रहेको र यो विकासको प्रारुप रहेको वताएका थिए।
उनले सिकाई निरन्तर प्रकृया रहेको र सिप-ज्ञान बाढ्नु साझा दायित्व रहेको वताएका छन्।
आईजिपी कार्कीले तथ्याङ्क सार्वजनिक गर्दै नेपालमा १ दिनमा ७ जनाको दुर्घटनाबाट मृत्यु हुने गरेको र दुर्घटनामा चालक र सवारी साधन मात्र नभएर,यात्रु, पैदल यात्रु, आम नागरिक संयमित हुनु आवश्यक रहेको धारणा राखेका थिए।
उनले आत्महत्याको तथ्याङ्क डरलाग्दो रहेको देशभर १दिनमा १९ जनाले आत्महत्या गर्ने गरेको वताएका छन्।
कार्कीले प्रहरी प्रशासनले मात्र शान्ति सुव्यवस्था कायम गरेर नहुने आमनागरिक सचेत र संयम हुन आवश्यक रहेको धारणा राखेका थिए।


लुम्बिनी प्रदेश प्रहरी प्रमुख (डिआइजी) भुपेन्द्रबहादुर खत्रीले
प्रहरी तालिम केन्द्रमा भएको कार्यक्रममा‘‘Hack4Safety’’ मार्फत प्रविधिमा रुचि राख्ने युवा, विद्यार्थी, डेभलपर, इन्जिनियर तथा नवप्रवर्तनकर्ताहरूलाई समेटेर कार्यक्रम सम्पन्न गरेको वताए।
त्यसैगरी, बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना भएको ‘Peace Walk’ मार्फत शान्ति, सहिष्णुता, सामाजिक सद्भाव र सामूहिक जिम्मेवारीको सन्देश प्रवाह गरेको प्रहरीले जनाएको छ। यस पदयात्रामा विद्यार्थी, अभिभावक, नागरिक समाज, स्थानीय समुदाय र सरोकारवालाहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरिएको थियो । शान्ति कायम राख्नु केवल प्रहरीको मात्र नभई सम्पूर्ण समाजको साझा दायित्व हो भन्ने सन्देश दिनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको र प्रभावकारी भएको प्रदेश प्रहरी प्रमुख खत्रीले बताए ।
प्रदेश प्रहरी प्रमुख खत्रीले यी तीनवटै कार्यक्रमहरू प्रकृति र स्थानका हिसाबले फरक देखिए पनि यिनको साझा उद्देश्य सुरक्षित, सचेत, जिम्मेवार र प्रविधिमैत्री समाजको निर्माण गर्नु रहेको र प्रभावकारी भएको वताए ।


प्रदेश प्रहरीले सार्वजनिक सुरक्षा, सामाजिक जिम्मेवारी र सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ फरक-फरक स्थानमा तीनवटा विशेष कार्यक्रम सम्पन्न गरेको हो।
बुटवलस्थित प्रहरी तालिम केन्द्रमा ह्याकाथन, लुम्बिनीमा शान्ति पदयात्रा तथा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ‘‘Community Awareness Program’ ’ जनचेतना कार्यक्रम गरि सम्पन्न भएको हो।
प्रविधि, शान्ति, सामाजिक सद्भाव र नागरिक संवादलाई जोड्दै सार्वजनिक सुरक्षा र सामाजिक उत्तरदायित्वलाई नयाँ ढङ्गले प्रस्तुत गर्ने योजना सफल भएको प्रहरीले बताएको छ ।


सोमबार बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सम्पन्न ‘Community Awareness Program’ अन्तर्गत युवा पुस्ता, विद्यार्थी, अभिभावक र आम नागरिकसँग प्रत्यक्ष संवाद गरिएको थियो। कार्यक्रममा बढ्दो साइबर अपराध, लागूऔषध दुर्व्यसन, सडक सुरक्षा, आत्महत्या न्यूनीकरण र डिजिटल सुरक्षा जस्ता समसामयिक विषयमा सचेतना जगाउने प्रयास गरिएको छ । समाजका विभिन्न वर्गलाई एउटै स्थानमा ल्याएर संवाद, सिकाइ र सहकार्यको वातावरण निर्माण गर्ने प्रहरीको योजना अनुसार कार्यक्रम गरिएको हो ।
परम्परागत उपायले मात्र आधुनिक सुरक्षा चुनौतीको सामना गर्न नसकिने भन्दै प्रहरीले युवाहरूलाई प्रविधिका माध्यमबाट सार्वजनिक सुरक्षा, साइबर अपराध नियन्त्रण, अनुसन्धान सहयोग र प्रहरी सेवामा योगदान दिने उदेश्यले गरिएको हो ।
नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेना,स्थानीय तह, प्रशासन, समुदाय, सामाजिक संस्था, विद्यालयलगाएतको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।


कार्यक्रममा प्रहरीको जनचेतना मुलक, राष्ट्रिय भावनाले ओतप्रोत सांगेतिक प्रस्तुती समेत रहेको थियो।
जलन हस्पिटलका उज्वल विक्रम थापा, सडक दुर्घटनाबाट घाईते हाल उत्कृष्ट खेलाडीको पहिचान वनाएका सुकदेव कार्की लगायतले वोल्दै उत्कृष्ट समाज वन्न प्रहरी मात्र नभई आम नागरिक आ-आफ्नो स्थानबाट योगदान गर्नु पर्ने धारणा राखेका थिए।
कार्यक्रममा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विभिन्न विधामा सम्मान गरिएको थियो।
कार्यक्रममा औपचारिकता मात्र नभई सार्वजनिक सुरक्षाका वास्तविक समस्याहरू समाधान गर्ने प्रयास भएको र प्रभावकारी रहेको प्रहरीको भनाइ छ।

छुटाउनुभयो कि ?

ऐतिहासिक,धार्मिक र पुण्यभुमी लुम्बिनी प्रदेशले समग्र राष्ट्रलाई दिशानिर्देश गरोस् : महानिरीक्षक कार्की

ऐतिहासिक,धार्मिक र पुण्यभुमी लुम्बिनी प्रदेशले समग्र राष्ट्रलाई दिशानिर्देश गरोस् : महानिरीक्षक कार्की

बुटवलनेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले ऐतिहासिक, धार्मिक र पुण्यभुमी लुम्बिनी प्रदेशबाट शान्त र समृद्ध समाज निर्मा...
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक

लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक

बुटवल लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३\०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट प्रदेश सभामा प...
रुपन्देही उद्योग संघमा अध्यक्षीय परिषद् गठन, संयोजकमा तेजकुमार पाठक

रुपन्देही उद्योग संघमा अध्यक्षीय परिषद् गठन, संयोजकमा तेजकुमार पाठक

बुटवलरुपन्देही उद्योग संघमा नयाँ कार्यसमिति गठनसँगै संस्थागत संरचनालाई थप सुदृढ र व्यवस्थित बनाउने कार्य जारीे छ । सोही क्रमम...
विश्व कप फुटबल: जापान र नेदरल्यान्ड्स बराबरीमा

विश्व कप फुटबल: जापान र नेदरल्यान्ड्स बराबरीमा

काठमाडौंजापानले बलियो मानिएको नेदरल्यान्ड्सलाई बराबरीमा रोकेको छ । अमेरिकाको डालासस्थित एटीएनटी रंगशालामा सोमबार भएको समूह ‘ए...