रुपन्देही उद्योग संघमा अध्यक्षीय परिषद् गठन, संयोजकमा तेजकुमार पाठक



बुटवल
रुपन्देही उद्योग संघमा नयाँ कार्यसमिति गठनसँगै संस्थागत संरचनालाई थप सुदृढ र व्यवस्थित बनाउने कार्य जारीे छ । सोही क्रममा सोमबार पूर्व अध्यक्षहरूको भेलाले पूर्व अध्यक्ष तेजकुमार पाठकको संयोजकत्वमा अध्यक्षीय परिषद् २०८२–२०८४ गठन गरेको छ ।
संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न भेलाले संघको दीर्घकालीन मार्गदर्शन र संस्थागत सुदृढीकरणका लागि परिषद् गठन गरेको हो ।
भेलामा बोल्दै संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले बदलिँदो आर्थिक तथा औद्योगिक परिस्थितिअनुसार संघका गतिविधि र कार्यक्रमहरूलाई समयानुकूल परिमार्जन गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनले हालको कार्यसमितिले करिब ६ महिनामा सम्पन्न गरेका महत्वपूर्ण कार्यक्रमहरूको समेत जानकारी गराए ।
नवगठित अध्यक्षीय परिषद सदस्यहरुमासंस्थापकअध्यक्ष रणबहादुर शाह, पूर्व अध्यक्षहरूपी.एल. श्रेष्ठ, वेनुराम प्रधान, श्यामबहादुर पाठक, महेन्द्रनारायण श्रेष्ठ, एजाज आलम, वोनिन पिया, दिनेशराज रेग्मी, गणेशप्रसाद अधिकारी, बाबुराम बोहोरा, माधवप्रसाद पौडेल तथा निवर्तमान अध्यक्ष दिलीप सापकोटा रहेका छन् । साथै संघका वर्तमान अध्यक्ष कृष्ण प्रसाद पराजुली परिषदको सदस्य–सचिव रहने व्यवस्था गरिएको छ ।
नवगठित परिषद्का संयोजक तेजकुमार पाठकले संघका सम्पूर्ण गतिविधि, विद्यमान समस्या तथा चुनौतीहरूलाई समाधान गर्न पूर्व अध्यक्षहरूको साझा भूमिका मार्फत एकताबद्ध, समन्वयात्मक र सशक्त रूपमा अघि बढ्ने दृढ प्रतिबद्धता व्यक्त गरे। उनले संघको समग्र विकास, उद्योगी–व्यवसायीहरूको हित संरक्षण तथा संस्थागत सुदृढीकरणका लागि परिषद् निरन्तर सक्रिय, जिम्मेवार र परिणाममुखी भूमिकामा रहने बताए ।
भेलामा सहभागी पूर्व अध्यक्षहरूले पनि संघको ऐतिहासिक गौरव र उद्देश्यलाई आत्मसात गर्दै समसामयिक चुनौतीहरूको सामना गर्न एकता आवश्यक रहेकोमा जोड दिएका थिए । पूर्व अध्यक्ष पी.एल. श्रेष्ठले संघको स्थापना उद्देश्यअनुसार गतिविधि अघि बढाउन सुझाव दिए । महेन्द्रनारायण श्रेष्ठले संस्थाको गरिमा कायम राख्न पूर्व अध्यक्ष र वर्तमान कार्यसमितिको सहकार्य अपरिहार्य रहेको बताए भने दिनेशराज रेग्मीले उद्योग क्षेत्रले भोगिरहेको निराशाजनक अवस्थालाई मिलेर सामना गर्नुपर्ने धारणा राखे। पूर्व अध्यक्ष वोनिन पियाले संघको गौरवपूर्ण इतिहास संरक्षण गर्दै उद्योगीहरूको वर्तमान आवश्यकता र अपेक्षालाई सम्बोधन गर्न नेतृत्वले अझ सक्रिय भूमिका खेल्नुपर्ने सुझाव दिए ।
भेलामा पूर्व अध्यक्ष गणेशप्रसाद अधिकारीले संघको संस्थागत गरिमा कायम राख्दै उद्योगी–व्यवसायीका समस्या समाधानका लागि एकताबद्ध रूपमा अघि बढ्नुपर्ने बताए । त्यसैगरी पूर्व अध्यक्ष बाबुराम बोहोराले उद्योग क्षेत्रको विकास र उद्योगीहरूको हित संरक्षणका लागि साझा प्रयास र सहकार्य अपरिहार्य रहेको बताए ।
भेलामा वोल्दै संघका सल्लाहकार समितिका संयोजक तथा पूर्व अध्यक्ष माधवप्रसाद पौडेलले उद्योग र उद्योगीका समस्या पहिचान गरी समाधानका लागि संघ निरन्तर सक्रिय रहनुपर्नेमा जोड दिए । निवर्तमान अध्यक्ष दिलीप सापकोटाले हालको औद्योगिक वातावरणमा देखिएको चुनौती र त्यसको असर अर्थतन्त्रमा परेको उल्लेख गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको जानकारी दिए ।
भेलामा संघका वरिष्ठ उपाध्यक्ष जिवकान्त काफ्ले, प्रथम उपाध्यक्ष हरि बहादुर खत्री, द्वितीय उपाध्यक्ष युवराज आचार्य, महासचिव सुमन बस्याल, कोषाध्यक्ष विशाल बेल्बासे, सचिव अशोक कुवँर,महिला सचिव मञ्जु भुसाल ,सचिवालय सदस्य शारदा भट्टराई तथा प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारील गायतको उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज तीन हप्ता भएको छ । अहिलेसम्म १ हजार ३९५ जनाको श...
कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

बुटवलनेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले यस वर्षको पर्व लक्षित नयाँ फेस्टिभ क्याम्पेन टिभ...
३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

काठमाडौँबिदुर नगरपालिकास्थित पीपलटारको होल्डिङ सेन्टरमा ५ वर्षीया योबिसा श्रेष्ठ २३ भदौको दिउँसोसम्म खेलिरहेकी थिइन् । तर रात...
नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न भारतको स्वीकृति

नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौँभारतको विद्युत् मन्त्रालयले नेपाललाई आगामी डिसेम्बर ३१ सम्म दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ...