नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ: मन्त्री पुन



काठमाडौँ
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नवप्रवर्तनका क्षेत्रमा लगानी गरेर देशको अर्थतन्त्रमा सुधार गर्न सकिने बताए ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सङ्घीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले आ–आफ्नो पुँजीगत बजेटको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तन विकासमा विनियोजन गर्न सुझाव दिए ।

‘इनोभेटिभ आइडिया’ भएको जनशक्तिलाई सिर्जनात्मक कार्य गर्न उपयुक्त वातावरणसहितको स्रोतसाधन उपलब्ध गराउनु नै नवप्रवर्तन भएको बताउँदै मन्त्री पुनले विगतमा अनुसन्धान गर्ने अनि कागजमा थन्क्याउने मात्रै काम भइरहेको धारणा व्यक्त गरे ।
सरकारले औद्योगीकरण र अर्थतन्त्रमा सुधारमा जोड दिने बताउँदै उनले बजेटको एक प्रतिशत रकम विनियोजन अहिलेको लागि पर्याप्त रहेको विचार व्यक्त गरे ।

नवप्रवर्तन प्रभावकारी बनाउन सबैको सहकार्य र सहयोग आवश्यक रहेको बताउँदै मन्त्री पुनले भने, “विज्ञान तथा नवप्रवर्तनका विषयमा कार्य सुरु गर्न यससँग सम्बन्धित कानुन, ऐन तथा नीति बनाउनुपर्नेछ ।”

नवप्रर्वतनसँगसम्बन्धी विभिन्न विधागत नौ वटा नियमावली बनाउने तयारी भएको पनि उनले जानकारी दिए । उनका अनुसार विज्ञान तथा प्रविधि तथ्याङ्क ऐन, नेपाल सरकारको कार्य विभाजन नियमावली २०८३ को नियमावलीलाई आधार मानेर मन्त्रालयसँग सम्बन्धित नौ वटा नियमावली बनाउने तयारी रहेको छ ।

मन्त्री पुनले भने, “विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन २०८३, विज्ञान ऐन, आणविक ऊर्जा ऐन, राष्ट्रिय अनुसन्धान तथा विकास ऐन, आणविक ऊर्जा ऐन, जैविक सुरक्षा तथा जैविक प्रविधि ऐन, रासायनिक पदार्थ व्यवस्थापन ऐन, वैज्ञानिक मापन तथा मेट्रोलोजी ऐन, विज्ञान तथा प्रविधि तथ्याङ्क ऐनलगायत विभिन्न आवश्यक ऐन ल्याउने योजना छ ।” उनले मन्त्रालयको कार्य प्रभावकारी बनाउन सर्वप्रथम पूर्वाधार निर्माण र कानुन तर्जुमा आवश्यक रहेको बताए ।
नेपाल जस्तो विकासोन्मुख देशले नवप्रवर्तनमै जोड दिनुपर्ने धारणा राख्दै मन्त्री पुनले भने, “यसले युवाले स्वदेशमै रोजगार पाउँछन् । देशको अर्थतन्त्र वृद्धि हुन्छ ।”

मन्त्री नवप्रवर्तनका विषयमा नेपालका उद्योगपतिले बुझ्न आवश्यक देखिएको धारणा व्यक्त गरे ।

छुटाउनुभयो कि ?

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौंऔषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ प...
बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...