अनावश्यक ‘एप डाउनलोड’ नगर्न साइबर ब्युरोको आग्रह



काठमाडौँ
नेपाल प्रहरीको साइबर ब्युरोले विश्वकप फुटबल २०२६ हेर्न सकिने भन्दै प्रचार गरिएका अनावश्यक तथा शङ्कास्पद ‘एपहरू डाउनलोड’ तथा ‘इन्स्टल’ नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिलीपकुमार गिरीद्वारा जारी विज्ञप्तिमा पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न ‘अनलाइन’ माध्यममार्फत विश्वकप २०२६ हेर्न सकिने भन्दै ‘एन्ड्रोइड एप इन्स्टल’ गर्न लगाउने, विभिन्न प्रकारका अनुमति माग्ने र त्यसको दुरुपयोग गरी मोबाइल बैङ्किङ एप ह्याक गरेर आर्थिक ठगी गर्ने गतिविधि बढ्दै गएको उल्लेख गरिएको छ ।

साइबर ब्युरोले एपिके, इएक्सइ, बट, इएचलगायत अनावश्यक तथा अपरिचित फाइलहरू डाउनलोड गरी इन्स्टल नगर्न सचेत पनि गराएको छ । साथै बैङ्क तथा वित्तीय संस्थाहरूको आधिकारिक सूचना र निर्देशनका आधारमा मात्र बैङ्किङ प्रणाली ‘अपडेट’ गर्न अनुरोध गरिएको छ ।

ब्युरोले यस विषयसँग सम्बन्धित सचेतनामूलक सामग्रीहरू आफ्नो आधिकारिक ‘फेसबुक पेज’मार्फत सार्वजनिक गरिरहेको जनाएको छ । विश्वकप फुटबलको नाममा हुने साइबर ठगीबाट जोगिन सर्वसाधारणलाई सचेत रहन र आवश्यक जानकारी आधिकारिक स्रोतबाट मात्र प्राप्त गर्न आग्रह गरिएको छ ।

छुटाउनुभयो कि ?

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौंऔषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ प...
बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...