गुल्मीमा हवाई सेवा सुचारु



गुल्मी
प्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाका अनुसार गत जेठको तेस्रो सातादेखि जिल्लामा हवाई उडान अवरुद्ध भएको थियो ।

खराब मौसम, बाक्लो कुहिरो र हावाको चापका कारण उडान सञ्चालनमा समस्या हुँदै आएको स्टेसन प्रमुख सुमन थापाले बताएका छन् । मङ्गलबार काठमाडौंबाट १३ जना यात्रु बोकेर आएको उक्त विमानले गुल्मीबाट दुई जना मात्र यात्रु बोकेर काठमाडौं फर्किएको छ । नेपाल वायुसेवा निगमले मौसम अनुकूल भएसँगै सातामा तीन दिन उडान गर्ने गरी नयाँ तालिका समेत निर्धारण गरेको छ ।

लामो समयदेखि हवाई सेवा प्रभावित हुँदा वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक कामले राजधानी काठमाडौँसम्म जानुपर्ने यात्रु बढी समस्यामा परेका थिए । यस अघि विमानस्थलसम्म पुगेर उडानको प्रतीक्षामा बसेका यात्रु अन्तिम समयमा मौसम प्रतिकूल भएको भन्दै उडान रद्द हुँदा निराश हुँदै फर्किन बाध्य भएका थिए ।

स्टेसन प्रमुख थापाका अनुसार यस अघि पटकपटक खराब मौसमका कारण टिकट लिएका यात्रु समेत विमानस्थल पुगेर फर्कनुपर्ने अवस्था थियो । प्राविधिक दृष्टिले बिहानको समयमा मौसम अनुकूल हुने भएका कारण गुल्मीमा बिहानको समयमा मात्र हवाई सेवा सञ्चालन हुँदै आएको छ । रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले १८ सिट क्षमताको ट्विनअटर विमान मार्फत काठमाडौं–गुल्मी र गुल्मी–काठमाडौं उडान गर्दै आएको छ ।

निगमले मंगलवार देखि उडान तालिका समयमा समेत परिवर्तन गरेको छ । जसअनुसार आईतबार र मङ्गलबार काठमाडौंबाट रेसुङ्गाका लागि बिहान ७ः१५ बजे र रेसुङ्गाबाट काडमाडौंका लागि बिहान ८ः१५ वजे र शुक्रबार काठमाडौंबाट रेसुङ्गाका लागि बिहान ६ः२० र रेसुङ्गाबाट काडमाडौंका लागि बिहान ७ः२० वजेको तालिका रहेको छ । निगमले काठमाडौंबाट गुल्मीका लागि १० हजार ७१० रूपैयाँ र गुल्मीबाट काठमाडौंका लागि रु १० हजार ५१० रूपैयाँ हवाई भाडा निर्धारण गरेको छ ।
गुल्मीमा हवाई सेवा सुरु भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा समेत सहजता आएको थियो । सडकमार्गबाट राजधानी पुग्न १२ देखि १६ घण्टासम्म लाग्ने यस क्षेत्रका नागरिकलाई हवाई सेवाले ४५ देखि ५० मिनेटमै काठमाडौँ आवतजावत गर्न सहज बनाएको छ । गुल्मीमा हवाई सेवा सञ्चालनका लागि रेसुङ्गा नगरपालिकाले समेत सहयोग गर्दै आएको छ ।

नेपाल वायुसेवा निगमले २०८० वैशाख २९ गतेदेखि गुल्मीमा व्यावसायिकरूपमा हवाई सेवा सुरु गरेको थियो । पछिल्लो समय इन्धनको मूल्य वृद्धि, सडक पूर्वाधारको स्तरोन्नति र आरामदायी सार्वजनिक यातायातका साधन सहज रूपमा उपलब्ध हुन थालेपछि रेसुङ्गा विमानस्थलबाट हवाई यात्रा गर्ने यात्रुको संख्यामा कमी आएको बताइएको छ ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...