
गुल्मी
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडानं ८ मजुवामा रहेको तुराङ बहुप्राविधिक शिक्षालय स्थापना भएको पाँच बर्षमै अस्तित्व जोगाउने संकटमा पुगेको छ।
सम्मानित रोजगारी र सुनिश्चित भविष्यको लागि प्राविधिक शिक्षाको मुलनारा लिएर गुल्मीको मजुवामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटीको आफ्नै आंगिक सरकारी शिक्षालयको रूपमा २०७८सालमा सम्वन्धन प्राप्त भएर अंगाडी बढेको हो।
यस शिक्षालयमा ३बर्षे कृषि वाली विज्ञान तथा पशु विज्ञान संचालनमा रहेको छ।
उक्त शिक्षालय देशभरका सिटिइभिटीको आङ्गिक ६६ सरकारी शिक्षालय हरु मध्येकै महत्वपूर्ण शिक्षालय हो। यस शिक्षालयमा प्रयोगात्मक अभ्यासका लागि शिक्षालयको आफ्नै कृषि फिल्ड तथा पशु फार्म रहेको छ।
नविनतम खोज ,सिकाई, अध्यायन,अध्यापन हुन्छ। शान्त बातावरण,स्मार्ट वोर्ड तथा कम्प्युटर सहित प्रविधि मैत्री वातावरण रहेको छ। विषय विज्ञ तथा अनुभवी प्रशिक्षकबाट प्रशिक्षण गराईन्छ। अतिरिक्त कक्षाहरू समेत सञ्चालन गरेको छ। शैद्धान्तिक तथा व्यवहारिक शिक्षालाई विषेश जोड दिएको छ।

उक्त शिक्षालयबाट ज्ञान सीप हासिल गरि योग्य वनेर विभिन्न सरकारी निकायहरू (संघ, प्रदेश, स्थानीय तह) मा प्रविधिक रूपमा पाँचौं र चौथो तहमा रोजगारीको अवसर प्राप्त गर्न सकिन्छ। संघ,संस्थान, वोर्ड, निगम, परिषदका विभिन्न पदमा रोजगारीका अवसर प्राप्त गर्न सकिन्छ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय गैर सरकारी परियोजनामा प्राविधिक वन्ने अवसर प्राप्त हुन्छ।
आफ्नै व्यवसाय कृषि फार्म, भेटेनरी सञ्चालन गरि उद्यमशील वन्न सकिन्छ।
यस शिक्षालयले शिक्षक, प्राविधिक , कर्मचारी गरी प्रत्यक्ष १२ जना, आंसिक ९ जनालाई रोजगारी दिएको छ भने अप्रत्यक्ष व्यपार व्यवसाय जस्ता विविध क्षेत्रमा टेवा पुगेको छ।

यि र यस्ता धेरै अवसर शिक्षालयमा हुंदा हुंदै पनि विद्यार्थीको अभावले देश र नागरिकको लगानी धरासायी हुने अवस्थामा पुग्नुमा हरेक विद्यालय, कलेज, क्याम्पसहरुले आफ्ना विद्यार्थीलाई आफ्नै शिक्षालयमा अध्यायन गर्न प्रोत्साहन गर्नु, विदेश र शहर केन्द्रित धारणा, वसाईसराई जस्ता कारणले आकर्षण कम हुंदै गएको शिक्षालयका प्राचार्य त्रिभुवन चौधरी बताउंछन्।
आफ्नै स्थानीय तह र आफ्नै वडामा महत्वपूर्ण शिक्षालय स्थापना गरि पालिकाका हरेक वडाका १/१ जना विद्यार्थीलाई पुर्ण छात्रवृत्ति उपलव्ध गराउंदा र स्थानीय समाजसेवी र शिक्षाप्रेमीहरुले ४३ रोपनी जग्गा दान गर्दा समेत विद्यार्थीको अभावले संकट देखिनु गम्भीर रहेको सोही वडाका वडाध्यक्ष फणिन्द्र अर्यालले वताए।
अर्यालले कृषि तथा पशुपालनमा टाइसुट लगाई ,एसी , कम्युटरमा वस्ने भन्दा फिल्डमा खट्नु पर्ने कारणले पनि आकर्षण कम भएको हुन सक्ने वताए।

नेपाल जस्तो कृषिप्रधान देशमा यि र यस्ता कृषिमुलक शिक्षालय हरुमा संकट देखिनु दुःखद र गम्भीर विषय रहेको र अहिले धेरै नेपाली नागरिकहरुमा धन सम्पत्ति,ऐस-आराम , अर्गानिक खानाको कमी, शारीरिक श्रमको कामीका कारण जटील प्रकारका रोगहरू वढ्दै गएको अवस्था छ। कृषि क्षेत्रले नागरिकमा आर्थिक, सामाजिक, स्वास्थ्य हरेक हिसाबले महत्वपूर्ण हुनाले आम नागरिकले चासो दिनु र चेतनशिल हुन आवश्यक देखिन्छ।