सडक र यातायात व्यवस्थापनप्रति सरकार गम्भीर नभएको आरोप



काठमाडौं
प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सडक सुरक्षाजस्तो संवेदनशील विषयमा सरकार र सम्बन्धित मन्त्रालय गम्भीर नभएको बताएका छन् ।
मंगलबार बसेको समितिको बैठकमा बोल्दै उनले संसद्को आकस्मिक बैठकमा सडक दुर्घटनाका कारण हुने मृत्युका विषयले ठाउँ लिइरहेको भएपनि मन्त्रालयले आवश्यक चासो नदिएको बताएका हुन् । उनले सडक सुरक्षा विधेयक तयार भएको पाँच–छ वर्ष बितिसक्दा पनि संसद्मा पेस हुन नसक्नु गम्भीर विषय भएको बताए । उनले भने, ‘संसद्को आकस्मिक बैठकमा धेरै भन्दा धेरै सडक सुरक्षामा मृत्यु भएको विषयले ठाउँ लिइरहेको छ । यस्तो संवेदनसिल विषयमा पनि मन्त्रालय गम्भीर नहुनु दुःखद हो । यस विषयमा उत्तर चाहिएको छ । सडक सुरक्षा विधेयक बनेको पाँचट वर्ष हुँदा पनि संसद्मा पेस गर्न सकेको छैन ।’
यातायात मन्त्रालयको जिम्मेवारी घटाउने विषय उठिरहेको अवस्थामा यसलाई गम्भीर रूपमा लिनुपर्ने उनको बताए । उनले पूर्वाधार विकास मन्त्रालयले यातायात व्यवस्थापनको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको टिप्पणी गर्दै नीति तथा कार्यक्रममा हवाई, रेल, जल र सडक यातायातलाई समेटेर एकीकृत विकास प्रणालीको अवधारणा अघि सारिएको समेत बताए । तर, त्यसको कार्यान्वयनका लागि आवश्यक यातायात मन्त्रालयको भूमिकामा कमजोरी देखिएको बताए ।

उनले भने, ‘पूर्वाधार विकास मन्त्रालय भनेर यातायात मन्त्राललयलाई भनिएको छ । हाम्रो नीति कार्यक्रममा एकीकृत विकास प्रणाली गर्ने भनेर हवाई, रेल, जल र सडक राखेका छौँ । त्यो विकास गर्नको लागि यातायात मन्त्रालय चाहिन्छ । तर उहाँहरुलाई ठेकापट्टा लगाउँदै फुर्सद छैन ।’

उनले तीन खर्ब रुपैयाँभन्दा बढी बजेट भएको मन्त्रालयले धेरै काम गर्नुपर्ने हुन्छ, तर यातायात व्यवस्थापनले ध्यान नदिएको बताए । ‘विकास गर्नको लागि यातायात मन्त्रालय चाहिन्छ । तर उहाहरु लाई ठेका पटा लगाउँदै फुर्सद छैन । कतिवोला उहाँहरुले यातायात व्यवस्था गदिनु हुम्छ । बैठकमा नै पाउन पाउनु हुन्न कुरा राख्नु हुन्न । ३ खर्बको बजेट उहाँहरुसँग छ । ३ खर्बको काम धेरै हुन्छ । त्यसले गर्दा यातायातमा ध्यानै गएन,’ उनले भने ।

वर्तमान पुस्ताको मात्र नभई भावी पुस्ताको सुरक्षाका लागि पनि सडक सुरक्षा र यातायात व्यवस्थापनलाई प्राथमिकतामा राख्न आवश्यक रहेको उनले उल्लेख गरे ।

छुटाउनुभयो कि ?

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौंऔषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ प...
बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...