पत्रपत्रिका

कांग्रेस महाधिवेशन सर्यो, असोज १८ मा उद्घाटन हुने

कांग्रेस महाधिवेशन सर्यो, असोज १८ मा उद्घाटन हुने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँनेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने भएको छ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेपनि प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया केही निर्वाचन क्षेत्रमा जारी रहेको र देशका विभिन्न स्थानमा भारी वर्षाले उत्पन्न गरेको असहज परिस्थितिका कारण केही क्षेत्रमा अधिवेशन र प्रतिनिधि चयन प्रक्रिया पूरा हुन नसकेकाले महाधिवेशन दुई दिन पछि सारिएको छ । यसअघि काँग्रेसको महाधिवेशन असोज १६ गतेदेखि शुरु हुने तय भएको थियो । ...
बुटवल नगरको निर्णय : विपद् प्रभावित पाँच घरलाई तीन महिनासम्म मासिक १५ हजार राहत

बुटवल नगरको निर्णय : विपद् प्रभावित पाँच घरलाई तीन महिनासम्म मासिक १५ हजार राहत

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठक नगर प्रमुख खेलराज पाण्डेको उपस्थितिमा सम्पन्न भएको छ। बैठकले बुटवल–११ टप मजुवामा विपद्का कारण पूर्ण तथा आंशिक क्षति भएका घरपरिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ। बैठकले पूर्ण क्षति भएका तीन घर र आधा क्षति भएका दुई घरलाई मासिक १५ हजार रुपैयाँका दरले तीन महिनासम्म राहत उपलब्ध गराउने निर्णय गरेको हो। नगर प्रमुख खेलराज पाण्डेले विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउनु स्थानीय सरकारको प्राथमिकता भएको बताउँदै जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय गरेर काम अघि बढाइने बताए। यस्तै, टप मजुवा क्षेत्रमा पक्की ढलान गरिएको पर्खाल निर्माणको काम छिटोभन्दा छिटो अघि बढाउन जनताको तटबन्ध कार्यालयलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ। जोखिमयुक्त क्षेत्रमा थप क्षति हुन नदिन आवश्यक संरचन...
पहिरोले विभिन्न राजमार्ग प्रभावित, केही सडक एकतर्फी सञ्चालनमा

पहिरोले विभिन्न राजमार्ग प्रभावित, केही सडक एकतर्फी सञ्चालनमा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँदेशका विभिन्न भागमा परेको अविरल वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्ग तथा सहायक सडक खण्डहरू नराम्ररी प्रभावित भएका छन्। नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार धेरैजसो राजमार्गहरूमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। काठमाडौँ उपत्यका र बागमती प्रदेशअन्तर्गत ललितपुरको कान्तिलोकपथ र टिकाभैरव-चारघरे सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द भएका छन्। धादिङको पृथ्वी राजमार्गमा पर्ने कृष्णभिर र चालिसेमा पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालन गरिए पनि धादिङ र आसपासका क्षेत्रमा सुरक्षाका कारण अर्को सूचना नभएसम्मका लागि आवागमनमा रोक लगाइएको छ। यस्तै रसुवाका सबै मुख्य राजमार्गहरू बाढीका कारण ठप्प छन् भने मकवानपुरको हेटौँडा-भैँसे-भिमफेदी-फाखेल-काठमाडौँ सडक खण्ड पहिरोले पूर्ण रूपमा ठप्प छ। काभ्रेको बीपी राजमार्गमा भने एकतर्फी यातायात चालु गरिएको छ।कोशी प्रदेशको सोलुखुम्बुमा भारी वर्...
एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्षमा नेपाल चयन, अर्थमन्त्री वाग्लेले जिम्मेवारी सम्हाल्ने

एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्षमा नेपाल चयन, अर्थमन्त्री वाग्लेले जिम्मेवारी सम्हाल्ने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, विविध, शिक्षा, समाचार
काठमाडौँनेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को उपाध्यक्षमा चयन भएको छ। कतारको राजधानी दोहामा आयोजित बैंकको ११औँ वार्षिक बैठकमा नेपाललाई आगामी वर्षका लागि उपाध्यक्ष पदमा चयन गरिएको हो।नेपालका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले उक्त जिम्मेवारी ग्रहण गरेका छन्। नेपालसँगै आयरल्यान्ड पनि उपाध्यक्षमा चयन भएको जनाइएको छ।बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालजस्ता विकासशील देशको आर्थिक विकासका लागि पूर्वाधारमा लगानी बढाउनुपर्ने बताए। उनले सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिए। साथै, विकासशील देशको आवश्यकताअनुसार बैंकले सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्ने बताए।वाग्लेले स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्न सहज हुने गरी वित्तीय सहयोग उपलब्ध गराउन पनि आग्रह गरे। यसअघि अर्थमन्त्री वाग्लेले बैंककी अध्यक्ष...
बुटवलमा असोज १६ गते देखि नयाँ प्रविधियुक्त महोत्सव सञ्चालन हुने

बुटवलमा असोज १६ गते देखि नयाँ प्रविधियुक्त महोत्सव सञ्चालन हुने

Breaking news 3, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, राेचक जानकरी, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देही बुटवलमा यहि असोज १६ देखि ३१ गते सम्म रमाइलो बुटवल महोत्सव सञ्चालन हुने भएको छ।सोमबार पत्रकार सम्मेलन मार्फत आयोजक संस्था रेडरक इभेन्ट एण्ड म्यानेजमेन्टका सिइयो विकल क्षेत्रीले महोत्सवको आयोजना गरिएको जानकारी गराएका हुन्। बुटवल उपमहानगरपालिकाका वडानं ११ देविनगर, रंगशालामा आयोजना गरिएको महोत्सवमा २ सय ५० स्टल रहने जसमा स्थानीय र कृषि प्रवर्द्धनलाई प्रमुख प्राथमिकतामा राखिएको क्षेत्रीले वताए।उनले महोत्सवको आम्दानीको ५ प्रतिषत रकम बाढी प्रभावितलाई सहयोग गर्ने योजना रहेको जनाए। महोत्सवमा नेपालकै नयाँ प्रविधि वाल उद्यान अन्तर्गत ग्राभिटी राईभ ,हट एयर बेलुन (आकासमा उड्न सकिने) प्रविधिको समेत व्यवस्था रहेको छ भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ।महोत्सवमा डान्स आईडियल, मम्मी डान्सको तैयारी रहेको र भोटिङ,टिकटलाई महत्व नदिने साथै जजम...
बाढीपहिरोमा ३१ जनाको मृत्यु, १ हजार ६०४ जनाको उद्धार

बाढीपहिरोमा ३१ जनाको मृत्यु, १ हजार ६०४ जनाको उद्धार

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार, समाज
काठमाडौंअसोज ८ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी देशभर ३१ जनाको मृत्यु भएको छ। विपद्मा परी १२ जना बेपत्ता भएका छन् भने १ हजार ६०४ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ। विपद्मा गण्डकीमा सबैभन्दा बढी २० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। यसैगरी लुम्बिनीमा ५, बागमतीमा ३, कर्णालीमा २ र मधेसमा १ जनाको मृत्यु भएको छ। यस्तै विपद्मा ८ जना घाइते भएका छन्। बाढीपहिरोले १६८ घर, २० गोठ, ४ पुल, एक विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुर्‍याएको छ। ११३ पशुचौपाया मरेका छन् भने २ हजार ३२२ परिवार विस्थापित भएका छन्। वर्षा केही कम भएपनि बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड अझै अवरुद्ध छन्। कान्ति लोकपथ, पृथ्वी राजमार्गका धादिङ र तनहुँका विभिन्न खण्ड, रसुवा–नुवाकोटका मुख्य राजमार्ग, हेटौंडा–भैंसे–भीमफेदी–फाखेल–काठमाडौं सडक, नारायणगढ–मुग्...
बेलायतको अमेरिकी एयरबेसमा आक्रमण प्रयास , इरानको संलग्‍नता आशंकामा अनुसन्धान हुँदै

बेलायतको अमेरिकी एयरबेसमा आक्रमण प्रयास , इरानको संलग्‍नता आशंकामा अनुसन्धान हुँदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, विविध, समाचार, समाज
काठमाडौँबेलायतको ग्लुचेस्टरसायरस्थित अमेरिकी सेनाले प्रयोग गर्दै आएको ‘आरएएफ फेयरफोर्ड’ एयरबेसनजिकै भएको सम्भावित बम हमलाको षड्यन्त्रमा अहिले अनुसन्धान चलिरहेको छ । इरानको सम्भावित संलग्नतालाई मुख्य आधार मानेर अनुसन्धान चलिरहेको बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् । बेलायती आतंकवाद नियन्‍त्रण प्रहरीले यस घटनामा अनुसन्धान गरिरहेको छ । अहिलेसम्म यस घटनामा ५ जना पक्राउ परेका छन् । आइतबार मध्यरात एयरबेसतर्फ शंकास्पद रूपमा अगाडि बढिरहेका तीनवटा सेतो भ्यानहरू देखिएपछि सुरक्षा निकायलाई सतर्क गराइएको थियो ।त्यसलगत्तै प्रहरीले अनुसन्धानको नेतृत्व गर्दै विष्फोटक पदार्थसम्बन्धी कसुर र पछि ‘आतङ्ककारी कार्यको तयारी’ गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको हो। सोमबार पनि उनीहरू प्रहरी हिरासतमा नै छन्। प्रहरीले खतराको प्रकृतिबारे विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन । आइतबार साँझ नै खतरा टरिस...
आज देखि बुटवलमा मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता, पुर्व राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

आज देखि बुटवलमा मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता, पुर्व राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

Breaking news 2, खेलकुद, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलमदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ बुटवलमा आयोजना भएको छ । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले सोमबार बुटवलमा मदन भण्डारी कप - २०८३ को ट्रफि अनावरण र तयारीको बारे जानकारी गराउन पत्रकार सम्मेलन गरी प्रतियोगिता आज अर्थात् असोज १२ गतेदेखि १७ गतेसम्म बुटवलमा सञ्चालन हुने जानकारी दिएको हो । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले कार्यक्रमको उद्घाटन पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ३ वजे गर्ने कार्यक्रम तय गरिएको र एक खेल समेत खेलाउने जानकारी दिए।आचार्यका अनुसार ‘सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगितामा नेपालका साथै भारत र श्रीलंकाका गरी ८ वटा पुरुष भलिबल टोलीहरूले सहभागिता जनाउनेछन् । कार्यक्रममा वोल्दै प्रमुख अतिथि बुटवल उपमहानग...
आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँसङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् । यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै, बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यसै गरी, अपराह्न १ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रा...
सि जिनपिङको विकास मोडल: समतामूलक समाजसंगै चिनियाँ विशेषतासहितको समाजवाद

सि जिनपिङको विकास मोडल: समतामूलक समाजसंगै चिनियाँ विशेषतासहितको समाजवाद

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवालीचिनिका राष्ट्रपति सि जिनपिङको विकास मोडलमा चिनियाँ विशेषतासहितको समाजवादमा आधारित रहेर चीनलाई विश्वको विकसित राष्ट्र बनाउन बृहत् राजनीतिक र आर्थिक योजना तयार पारेका छन्।यस मोडलले पश्चिमा पुँजीवादी प्रजातन्त्रको विकल्पको रूपमा चिनियाँ कम्युनिष्ट पार्टीको बलियो नियन्त्रण र बजार अर्थतन्त्रको मिश्रणलाई जोड दिन्छ।सि जिनपिङको विकास मोडलका मुख्य स्तम्भहरूमा चिनियाँ सपना र राष्ट्रिय पुनरुत्थान हुने विश्वास रहेको छ । चीनलाई सन् २०४९ सम्म (जनवादी गणतन्त्र चीन स्थापनाको १ शताब्दी पुग्दा) एक समृद्ध, शक्तिशाली, लोकतान्त्रिक (चिनियाँ शैलीको), सांस्कृतिक रूपमा उन्नत र आधुनिक समाजवादी राष्ट्र बनाउने रणनीति छ । चीनलाई रक्षा र प्रविधिको क्षेत्रमा आत्मनिर्भर र विश्वकै नेतृत्वदायी स्थानमा पुर्‍याउने, साझा समृद्धि,सि जिनपिङले तीव्र आर्थिक वृद्धिका कारण बढेको धनी र गरिब बीचको खाडललाई कम ग...