बुटवल नगरको निर्णय : विपद् प्रभावित पाँच घरलाई तीन महिनासम्म मासिक १५ हजार राहत



बुटवल
बुटवल उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठक नगर प्रमुख खेलराज पाण्डेको उपस्थितिमा सम्पन्न भएको छ। बैठकले बुटवल–११ टप मजुवामा विपद्का कारण पूर्ण तथा आंशिक क्षति भएका घरपरिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ।

बैठकले पूर्ण क्षति भएका तीन घर र आधा क्षति भएका दुई घरलाई मासिक १५ हजार रुपैयाँका दरले तीन महिनासम्म राहत उपलब्ध गराउने निर्णय गरेको हो।

नगर प्रमुख खेलराज पाण्डेले विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउनु स्थानीय सरकारको प्राथमिकता भएको बताउँदै जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय गरेर काम अघि बढाइने बताए।

यस्तै, टप मजुवा क्षेत्रमा पक्की ढलान गरिएको पर्खाल निर्माणको काम छिटोभन्दा छिटो अघि बढाउन जनताको तटबन्ध कार्यालयलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ। जोखिमयुक्त क्षेत्रमा थप क्षति हुन नदिन आवश्यक संरचना निर्माण तथा व्यवस्थापनलाई प्राथमिकतामा राखिने जनाइएको छ।

बैठकले विपद्का समयमा उद्धार, राहत तथा व्यवस्थापनमा खटिएका सुरक्षा निकाय, जनप्रतिनिधि, टोल समिति, नागरिक समाज, सञ्चारकर्मी तथा बुटवल उपमहानगरपालिकाको विपद् शाखालाई धन्यवादसमेत व्यक्त गरेको छ।

विपद्का समयमा विभिन्न निकायबीचको समन्वय र सहकार्यले प्रभावित नागरिकलाई तत्काल राहत तथा सुरक्षा प्रदान गर्न सहयोग पुगेको भन्दै बैठकले सबैप्रति आभार व्यक्त गरेको हो।

छुटाउनुभयो कि ?

एसिया कप राइजिङ स्टार्स: युएईविरुद्ध नेपालको सानदार जित

एसिया कप राइजिङ स्टार्स: युएईविरुद्ध नेपालको सानदार जित

काठमाडौँनेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित नि...
असल पत्रकार र पत्रकारिता कुकर्मको चपेटामा

असल पत्रकार र पत्रकारिता कुकर्मको चपेटामा

श्रीराम ज्ञवालीसमाजको ऐना र लोकतन्त्रको चौथो अङ्ग मानिने पत्रकारिता आज एक गम्भीर नैतिक सङ्कट र व्यावसायिक विचलनको मोडमा उभिएक...
वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का हुंदै

वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का हुंदै

काठमाडौंवैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी हुँदासमेत लामो समयदेखि फरार रहेका आरोपितको बैंक खाता तथा सम्पत...
औषधी व्यवसायी संघको राष्ट्रिय अधिवेशन स्थगित

औषधी व्यवसायी संघको राष्ट्रिय अधिवेशन स्थगित

काठमाडौँनेपाल औषधि व्यवसायी सङ्घ (एनसीडीए) को १५औँ राष्ट्रिय अधिवेशन, ५३औँ केन्द्रीय वार्षिक साधारणसभा तथा निर्वाचन प्रक्रिया...