
श्रीराम ज्ञवाली
चिनिका राष्ट्रपति सि जिनपिङको विकास मोडलमा चिनियाँ विशेषतासहितको समाजवादमा आधारित रहेर चीनलाई विश्वको विकसित राष्ट्र बनाउन बृहत् राजनीतिक र आर्थिक योजना तयार पारेका छन्।
यस मोडलले पश्चिमा पुँजीवादी प्रजातन्त्रको विकल्पको रूपमा चिनियाँ कम्युनिष्ट पार्टीको बलियो नियन्त्रण र बजार अर्थतन्त्रको मिश्रणलाई जोड दिन्छ।
सि जिनपिङको विकास मोडलका मुख्य स्तम्भहरूमा चिनियाँ सपना र राष्ट्रिय पुनरुत्थान हुने विश्वास रहेको छ । चीनलाई सन् २०४९ सम्म (जनवादी गणतन्त्र चीन स्थापनाको १ शताब्दी पुग्दा) एक समृद्ध, शक्तिशाली, लोकतान्त्रिक (चिनियाँ शैलीको), सांस्कृतिक रूपमा उन्नत र आधुनिक समाजवादी राष्ट्र बनाउने रणनीति छ ।
चीनलाई रक्षा र प्रविधिको क्षेत्रमा आत्मनिर्भर र विश्वकै नेतृत्वदायी स्थानमा पुर्याउने, साझा समृद्धि,सि जिनपिङले तीव्र आर्थिक वृद्धिका कारण बढेको धनी र गरिब बीचको खाडललाई कम गर्न “साझा समृद्धि” को नारा अघि सारेका छन्। ठूला प्रविधि कम्पनीहरू (जस्तै अलिबाबा, टेन्सेन्ट) र घरजग्गा क्षेत्रमा सरकारको नियन्त्रण र कर प्रणालीमा सुधार गरेर सम्पत्तिको न्यायोचित वितरण गर्ने प्रयास गरिएको छ,ग्रामीण क्षेत्रबाट पूर्ण रूपमा चरम गरिबी उन्मूलन गर्ने अभियान उनको मोडलको ठूलो सफलता मानिन्छ।
उनको राज्य-नियन्त्रित बजार अर्थतन्त्र जसमा सरकारी उद्योगको भूमिकामा पश्चिमा देशहरूमा निजी क्षेत्र बलियो हुने भए पनि सिको मोडलमा ऊर्जा, दूरसञ्चार, बैंकिङ जस्ता रणनीतिक क्षेत्रका सरकारी कम्पनीहरूलाई थप शक्तिशाली र प्रतिस्पर्धी बनाइन्छ।
दुईतर्फी चक्र अर्थतन्त्र यस रणनीति अन्तर्गत चीनले बाह्य व्यापार र वैदेशिक लगानीलाई निरन्तरता दिँदै देशभित्रकै उत्पादन र उपभोगलाई मुख्य इन्जिन बनाउने नीति लिएको छ, ताकि पश्चिमा प्रतिबन्धहरूले असर नगरोस्।
प्रविधि र नवप्रवर्तनमा आत्मनिर्भरता’मेड इन चाइना २०२५’: सेमिकन्डक्टर (चिप्स), आर्टिफिसियल इन्टेलिजेन्स , हरित ऊर्जा (इलेक्ट्रिक गाडी, सौर्य ऊर्जा) र जैविक प्रविधि जस्ता अत्याधुनिक क्षेत्रमा चीनलाई पूर्ण आत्मनिर्भर बनाउने योजना रहेको छ।
विदेशी प्रविधिमाथिको निर्भरता हटाएर आफ्नै प्रविधि विकास गर्ने। बेल्ट एण्ड रोड इनिसिएटिभ र विश्वव्यापी प्रभाव
विकासको यो मोडल चीनभित्र मात्र सीमित छैन। यस मार्फत चीनले विश्वका १सय भन्दा बढी देशहरूमा सडक, रेलमार्ग, बन्दरगाह र ऊर्जा परियोजनाहरूमा लगानी गरेर आफ्नो राजनीतिक र आर्थिक प्रभाव विस्तार गरिरहेको छ। पश्चिमा देशहरूको प्रभुत्व रहेको अन्तर्राष्ट्रिय प्रणालीको विकल्पमा चीन केन्द्रित साझेदारी निर्माण गर्दछ।
राजनीतिक स्थिरता र पार्टीको पूर्ण नियन्त्रणका लागि एकदलीय कडा शासन लागू गरी आर्थिक विकासका लागि राजनीतिक स्थिरता अनिवार्य सर्त मानिएको छ। यस मोडलमा चिनियाँ कम्युनिष्ट पार्टी र विशेष गरी सि जिङपिङको हातमा शक्ति केन्द्रित गरिएको छ। भ्रष्टाचार विरोधी कडा अभियान चलाएर पार्टीभित्र र बाहिर आफ्नो पकड बलियो बनाइएको छ।
सि जिनपिङको विकास मोडलले “विकासका लागि पश्चिमा देशहरूको जस्तो राजनीतिक उदारीकरण वा बहुदलीय व्यवस्था आवश्यक छैन” भन्ने मान्यता राख्छ। यसले बलियो राजनीतिक नेतृत्व, राज्यको नियन्त्रण र बजार अर्थतन्त्रको उचित सन्तुलनबाट द्रुत आर्थिक विकास र राष्ट्रिय सुरक्षासंगै समतामूलक विकास हासिल गर्न सकिन्छ भन्ने उदाहरण विश्वसामु प्रस्तुत गरेको छ ।