बाढीपहिरोमा ३१ जनाको मृत्यु, १ हजार ६०४ जनाको उद्धार



काठमाडौं
असोज ८ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी देशभर ३१ जनाको मृत्यु भएको छ। विपद्मा परी १२ जना बेपत्ता भएका छन् भने १ हजार ६०४ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ।

विपद्मा गण्डकीमा सबैभन्दा बढी २० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। यसैगरी लुम्बिनीमा ५, बागमतीमा ३, कर्णालीमा २ र मधेसमा १ जनाको मृत्यु भएको छ।

यस्तै विपद्मा ८ जना घाइते भएका छन्। बाढीपहिरोले १६८ घर, २० गोठ, ४ पुल, एक विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुर्‍याएको छ। ११३ पशुचौपाया मरेका छन् भने २ हजार ३२२ परिवार विस्थापित भएका छन्।

वर्षा केही कम भएपनि बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड अझै अवरुद्ध छन्।

कान्ति लोकपथ, पृथ्वी राजमार्गका धादिङ र तनहुँका विभिन्न खण्ड, रसुवा–नुवाकोटका मुख्य राजमार्ग, हेटौंडा–भैंसे–भीमफेदी–फाखेल–काठमाडौं सडक, नारायणगढ–मुग्लिङ, मध्यपहाडी लोकमार्गका विभिन्न खण्ड, कालीगण्डकी करिडोर, चामे–बेँसीसहर, बेनी–जोमसोम, जोमसोम–कोरोला, कर्णाली राजमार्ग, कर्णाली करिडोर, भेरी करिडोर र महाकाली राजमार्गलगायत सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

पृथ्वी राजमार्गको कृष्णभीर, मध्यपहाडी लोकमार्गको पर्वत तामादी खोला र बीपी राजमार्गको काभ्रे खण्ड भने एकतर्फी सञ्चालनमा आएका छन्। सिद्धिचरण लोकमार्ग, मध्यपहाडी लोकमार्गको भोजपुर खण्ड र टोखा–छहरे सडकमा भने रातिको आवतजावत रोकिएको छ।

प्रहरीले स्थानीय तह तथा अन्य निकायसँगको समन्वयमा अवरुद्ध सडक खुलाउन र पहिरो पन्छाउन उपकरणसहित टोली परिचालन गरेको जनाएको छ। यात्रामा निस्कनुअघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

छुटाउनुभयो कि ?

बुटवलमा असोज १६ गते देखि नयाँ प्रविधियुक्त महोत्सव सञ्चालन हुने

बुटवलमा असोज १६ गते देखि नयाँ प्रविधियुक्त महोत्सव सञ्चालन हुने

बुटवलरुपन्देही बुटवलमा यहि असोज १६ देखि ३१ गते सम्म रमाइलो बुटवल महोत्सव सञ्चालन हुने भएको छ।सोमबार पत्रकार सम्मेलन मार्फत आय...
बाढीपहिरोमा ३१ जनाको मृत्यु, १ हजार ६०४ जनाको उद्धार

बाढीपहिरोमा ३१ जनाको मृत्यु, १ हजार ६०४ जनाको उद्धार

काठमाडौंअसोज ८ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी देशभर ३१ जनाको मृत्यु भएको छ। विपद्मा परी १२ जना बेपत्ता भए...
बेलायतको अमेरिकी एयरबेसमा आक्रमण प्रयास , इरानको संलग्‍नता आशंकामा अनुसन्धान हुँदै

बेलायतको अमेरिकी एयरबेसमा आक्रमण प्रयास , इरानको संलग्‍नता आशंकामा अनुसन्धान हुँदै

काठमाडौँबेलायतको ग्लुचेस्टरसायरस्थित अमेरिकी सेनाले प्रयोग गर्दै आएको ‘आरएएफ फेयरफोर्ड’ एयरबेसनजिकै भएको सम्भावित बम हमलाको ष...
आज देखि बुटवलमा मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता, पुर्व राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

आज देखि बुटवलमा मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता, पुर्व राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

बुटवलमदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भ...