रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा



बुटवल
यातायात व्यवस्था कार्यालय, रुपन्देहीमा लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी १३ जनालाई गैरकानुनी रूपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरिएको खुलासा भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानका क्रममा परीक्षाको नतिजामा केरमेट तथा थपघट गरी झुट्टा विवरण तयार पारेर लाइसेन्स जारी गरिएको पाइएको हो।
आयोगका अनुसार २०७८ साल असार ११ गते सञ्चालन भएको लिखित परीक्षा र असार १४ गते लिइएको प्रयोगात्मक परीक्षा (ट्रायल) को नतिजामा अनधिकृत रूपमा हेरफेर गरिएको थियो।

परीक्षासम्बन्धी अभिलेखमा केरमेट गर्ने, विवरण थपघट गर्ने तथा नतिजा सच्याउने काम गरी अनुत्तीर्ण व्यक्तिलाई समेत उत्तीर्ण देखाएर लाइसेन्स जारी गरिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

यसरी परीक्षाको नतिजा फेरबदल गरी १३ जनालाई ‘जे–१’ र ‘जे–२’ वर्गका सवारी चालक अनुमतिपत्र जारी गरिएको पाइएको हो।

गैरकानुनी रूपमा लाइसेन्स प्राप्त गरेको भनिएका व्यक्तिहरूमा इन्द्र जिसी, सञ्जु खाँड, दीपेन्द्र कुँवर, खिमबहादुर ढेंगा, डिलबहादुर आचार्य, यदु खड्का, विकास घिमिरे, सूर्यबहादुर थापा, रुद्रबहादुर गाहा मगर, शम्भु केसी, लेखबहादुर रेश्मी, ओमप्रकाश चौधरी र आसिफ खवास रहेका छन्।

अख्तियारले अनुसन्धानबाट अनियमितता देखिएका सवारी चालक अनुमतिपत्र रद्द गर्न तथा घटनामा संलग्न कर्मचारी र अन्य व्यक्तिमाथि कानुनबमोजिम कारबाही अघि बढाउन निर्देशन दिएको छ।

आयोगले लुम्बिनी प्रदेशको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात व्यवस्था मन्त्रालयलाई पत्राचार गर्दै गैरकानुनी रूपमा जारी भएका लाइसेन्सको नम्बर र वर्गसहितको विवरण पठाएको छ।

साथै, सम्बन्धित व्यक्तिहरूको अनुमतिपत्र रद्द गर्ने प्रक्रिया अघि बढाउन र अनियमिततामा संलग्नमाथि आवश्यक कानुनी कारबाही गर्न आयोगले मन्त्रालयको ध्यानाकर्षण गराएको छ।

लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा नै फेरबदल गरी लाइसेन्स वितरण गरिएको विषय सार्वजनिक भएसँगै यातायात कार्यालयको परीक्षा प्रणाली, अभिलेख व्यवस्थापन र लाइसेन्स वितरण प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठेको छ।

छुटाउनुभयो कि ?

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...
रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

बुटवलयातायात व्यवस्था कार्यालय, रुपन्देहीमा लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी १३ जनालाई गैरकानुनी रूपमा सवारी ...