सम्पादकिय

कारागारबाट भागेका ठूला अपराधमा संलग्न कैदी फर्काउन चुनौती

कारागारबाट भागेका ठूला अपराधमा संलग्न कैदी फर्काउन चुनौती

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, सम्पादकिय
बुटवलजेन–जी आन्दोलनका बेला मौका छोपेर कारागारबाट भागेका कैदीमध्ये ठूला अपराधमा संलग्नहरु अझै फरार छन् ।उनीहरु सहजै सम्पर्कमा आउँछन् भन्नेमा प्रशासन ढुक्क छैन । उनीहरुलाई कारागार फर्कन, कानुनी कारबाहीबाट बच्न प्रहरी र कारागार प्रशासनले निरन्तर आग्रह गरिरहेको छ । जेन–जी आन्दोलन तोडफोड, आगजनी र लुटपाटमा परिणत भएपछि कारागारबाट सबैभन्दा बढी तनाव गम्भीर अपराध (हत्या, हातहतियार खरखजना, डकैती, लागुऔषध, खोटा मुद्दा, अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणी मुद्दा) मा सजाय पाएकाहरु फरार भएकोमा छ। ‘समान्य कसुरमा जेल परेका र सजाय सकिन लागेकाहरु धेरैजसो कारागार फर्किए ,ठूला अपराध गरेकाहरु फर्केलान् जस्तो देखिंदैन। उनीहरुलाई व्यापक खोजतलास गरेर ल्याउनुपर्ने अवस्था छ ।’प्रशासनलाई सबैभन्दा बढी तनाव भारतीय कैदीबन्दीको छ । ...
तुइन खोलामा खसेको पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

तुइन खोलामा खसेको पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

Breaking news 2, ताजा अपडेट, समाचार, सम्पादकिय
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको हो । उनका अनुसार झण्डै १०० मिटर माथिबाट पहिरो झरेको हो । निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पहिरो पन्छाउन सकिएको थिएन । बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने काम सुरु गरिएको छ । दुवैतर्फबाट एक–एक वटा लोडरले पहिरो पन्छाउने काम थालेका छन् । नारायणगढतर्फ सेती दोभान क्याम्पमा रहेको एउटा स्काभेटर पनि पठाइएको लामिछानेले बताए । ...
खट्किएको कुरा ! बदलिएको मानसिकता र हाम्रो कार्यभार !!

खट्किएको कुरा ! बदलिएको मानसिकता र हाम्रो कार्यभार !!

Breaking news 2, ताजा अपडेट, राजनीति, लेख रचना, विविध, सम्पादकिय
के राजनीतिको तत्त्व सकिएकै हो त ?त्यसो भए ! राजनीतिमा तत्त्व भनेको के हो ?राजनीतिमा मुख्य रुपमा तत्त्व भनेको दार्शनिक पक्ष हो । दार्शनिक पक्ष भनेको जीवन र जगतलाई हेर्ने विश्व दृष्टिकोण हो । जीवन जगतलाई हेर्ने दृष्टिकोण मात्र होइन तदअनुरुप आफुलाइ बदल्ने कठिन साधना पनि हो । जीवन र जगतलाइ कुन दृष्टिकोणबाट हेरिन्छ, त्यसको सापेक्षता धारणा बनेको हुन्छ ।ब्रह्माण्डको उत्पत्तिको मुलश्रोत के हो भन्ने बारेमा आफ्नो धारणा र चेतनाको आधारमा दृष्टिकोण निर्माण हुन्छ । जीवन र जगतलाई हेर्ने दृष्टिकोण बिज्ञानमा आधारित भएन भने दार्शनिक पक्ष कमजोर हुन्छ । अनि सामान्य र आफ्नो मात्र अनुकुलता वा प्रतिकुलताको आधारमा आफुलाइ केन्द्रमा राखेर धारणा बनाउछ । यो एक किसिमको सतही तदर्थवाद र अवसरवाद पनि हो । अहिलेको राजनीति यही मनोबैज्ञानिकमा आधारित भएर चलेको छ । जो घातक छ । दार्शनिक रुपमा च्युत भएको राजनीतिले क्षेणिक र...
विगतका तीन दशकको समीक्षा गरौं

विगतका तीन दशकको समीक्षा गरौं

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, राजनीति, शिक्षा, समाचार, समाज, सम्पादकिय
नेपालको इतिहासका विभिन्न कालखण्डसँगै पृथ्वीनारायण शाहले एकीकरण गरेपश्चात मुलुकले एक खालको पहिचान बनायो। विक्रम सम्वत १८७३ सालमा सुगौली सन्धि नहुँदासम्म करिब ७२ वर्षसम्म नेपालमा एकीकरण अभियान चलेको थियो। वि.सं .१८२५ देखि २०६५ साल सम्म २३८ वर्षसम्म नेपालमा शाहवंशले शासन गरे ।त्यस कालमा राजालाई संविधानभन्दा माथि राखियो ,संविधानभन्दा माथि राजा हुनाले केहीले राम्रो गरे कतिले नराम्रो गरे तर त्याे कानुन रुपमा अगाडि बढ्न सकेन। ५० काे दशक मुलुक द्वन्द्वमै बित्यो । २०६२/ ६३ को जनआन्दोलनको जगमा भएको निर्वाचनबाट गठित संविधान सभाको पहिलो बैठकले २०६५ जेष्ठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो। मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पश्चात संविधान निर्माणका लागि दुई संविधानसभा निर्वाचन, दुईवटा प्रदेश ,प्रतिनिधि सभा निर्वाचन र दुईवटा स्थानीय निर्वाचन भए। तत्पश्चात १७...
खुट्टाको सहारा बिनानै परिवारको सहारा बनेका रामप्रसाद

खुट्टाको सहारा बिनानै परिवारको सहारा बनेका रामप्रसाद

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, लेख रचना, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
बुटवल बुटवलको दीपनगर शिवालय टोलमा बस्दै आएका ६९ वर्षीय रामप्रसाद उपाध्यायका दुबै खुट्टाले काम गर्दैनन् ।५ जनाको परिवार रहेका उनले आफै आम्दानी जुटाएर सम्पूर्ण परिवारको पालनपोषण गर्दै आएका छन् । जन्मजात दुई खुट्टाकाे सहारा विहिन उपाध्यायले बैसाकिकाे सहाराले सामान्य हिडडुल गर्ने गर्छन् । उनले पुजापाठ र जनै बनाउने र बिक्री गर्ने गरी आम्दानीको स्रोत जुटाएर परिवार मात्र पालेका छैनन् एक छोरीलाई युरोपमा अध्ययनको लागि पठाएका पनि छन् । घरमा श्रीमती ,दुई छोरा र एक छोरी गरी पाँच जनाको परिवार रहेका उनी २०३५ सालमा पाल्पाको रैनादेवी छहराबाट बुटवल आएका हुन्। पाल्पाबाट खाली हात आएका उपाध्याय बुटवल आएर बुटबलको दीपनगर शिवालय मन्दिरमा पुजारी बने। केही समय पछाडि सोही मन्दिर नजिक शिवालयपथ सिद्धेश्वरी मैदानको किनारमा थोरै जग्गामा बसोबास गर्न थाले। तथापि उनीसँगै बुटवल दिपनगरका अन्य बस्तीहरूले ...
पहिरोले गुल्मीको वामी–रिडी सडकखण्ड अवरुद्ध

पहिरोले गुल्मीको वामी–रिडी सडकखण्ड अवरुद्ध

Breaking news 2, ताजा अपडेट, समाचार, सम्पादकिय
१६ असार, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका–८ तल्लो फाँटस्थित वामी–रिडी सडक खण्डमा पहिरो खसेपछि यातायात आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण सडकमा ठूलो पहिरो खस्दा आउ–जाउ पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए ।वामी–रिडी सडकखण्ड गुल्मी जिल्लाको प्रमुख आवागमन मार्गमध्ये एक हो । सडक अवरुद्ध हुँदा दैनिक यात्रा गर्ने सर्वसाधारण, यात्रुहरू मारमा परेका छन् । पहिरो गएको स्थानमा प्रहरी चौकी मजुवा, गुल्मीबाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) शिवधन प्रसाद कठरियाको नेतृत्वमा टोली खटिएको छ । स्थानीय सरकार, प्रशासन, प्रहरी र स्थानीयवासीको सहकार्यमा पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ । ...
मेयर उद्यम तालिमले फेरियाे बुटवलकी ओसिङ थपागुरुङकाे जीवन

मेयर उद्यम तालिमले फेरियाे बुटवलकी ओसिङ थपागुरुङकाे जीवन

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, सम्पादकिय, स्थानीय
बुटवल बुटवल उपमहानगरले भाैतिक निर्माण संगै मानविय संसाधनकाे विकासमा महत्वपुर्ण काम गरिरहेकाे छ। मानविय संसाधनकाे विकास अन्तर्गत मेयर उद्धम तालिमबाट धेरै नगरवासीहरू रोजगार ,व्यवसायी ,उद्यमी प्रशिक्षक भइसकेका छन्। जसको सानो एक उदाहरण हुन् बुटवल ३ ज्योतिनगरकी ओसिङ थापागुरुङ। केही गराैं भन्ने चाहना भएको तर अवसर नपाएकी गुरुङ तीन वर्ष पहिला मेयर उद्यममार्फत बुटवल वडा नम्बर ३ को आयोजनामा तालिम सञ्चालन गरिएको हातले बनाएका जुत्ता -चप्पल बनाउने एक हप्ते तालिम लिएकी थिइन्। अहिले प्रशिक्षण सँगै व्यवसाय गरी राम्रो आम्दानी गरिरहेकी छन्। तालिम प्रशिक्षणबाट मासिक ३ लाख आम्दानी गर्छिन् भने सोही व्यवसायबाट मासिक १ लाख आम्दानी गर्छिन्। उनले तालिम अनलाइन मार्फत देशका विभिन्न जिल्ला धनगढी ,कैलाली, रोल्पा जस्ता विभिन्न क्षेत्रमा १ हजार जनालाई तालिम दिइसकेकी छन्। यसैगरी गुरुङले ५ जनालाई रोजगा...
गुल्मी र गुल्मेलीको पहिचान

गुल्मी र गुल्मेलीको पहिचान

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, फिचर, लेख रचना, शिक्षा, समाचार, सम्पादकिय
श्रीराम ज्ञवाली, गुल्मी नेपालको मध्यपश्चिम भागमा पर्ने लुम्बिनी प्रदेशका १२ जिल्ला मध्येको हरेक हिसाबले अग्रभागमा आउने पहाडी जिल्ला हो गुल्मी। तत्कालीन ७९ गाविसलाई संघीयता पश्चात परिमार्जन गरी १२ स्थानीय तहमा व्यवस्थित गरिएको छ। जिल्लामा दुई रेसुङ्गा र मुसिकोट नगरपालिका रहेका छन् भने अन्य १० गाउँपालिकाहरूमा रुरुक्षेत्र गाउँपालिका ,छत्रकोट गाउँपालिका, गुल्मीदरबार गाउँपालिका ,कालीगण्डकी गाउँपालिका ,चन्द्रकोट गाउँपालिका ,सत्यवती गाउँपालिका ,मालिका गाउँपालिका ,धुर्कोट गाउँपालिका ,मदाने गाउँपालिका र इस्मा गाउँपालिका रहेका छन्। जिल्ला सदरमुकाम रेसुङ्गा नगरपालिकाको तम्घासमा अवस्थित छ। प्रत्येक पालिकाका आआफ्नै विशेषता र पालिकावासीको आफ्नै पहिचानबाट सिंगो गुल्मी जिल्लाको गरिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रख्यात छ। जिल्ला र जिल्लावासीका धेरै पहिचान छन्। सबै पहिचानहरू १ हजार शब्द...
विपन्न वर्गमुखी बनौँ द्वन्द्व अन्त्य गरौं

विपन्न वर्गमुखी बनौँ द्वन्द्व अन्त्य गरौं

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, सम्पादकिय
आर्थिक वर्गीयताका हिसाबले समाजमा सम्पन्न वर्ग ,मध्यम वर्ग र विपन्न वर्ग गरी तीन वर्गमा विभाजन भएको देखिन्छ। प्रति व्यक्ति आय दैनिक २० डलर भन्दा माथि हुनेहरूलाई सम्पन्न वर्ग मानिन्छ। हाम्रो देशमा १ लाख सम्पन्न वर्गभित्र पर्दछन्। दैनिक दुई डलरदेखि २० डलरसम्म प्रतिव्यक्ति आए हुनेहरू मध्यम वर्गमा पर्छन्। यो वर्ग विभिन्न तथ्याङ्क अनुसार २३प्रतिशत रहेको छ। त्यसैगरी दैनिक दुई डलर भन्दा कम प्रतिव्यक्ति आय हुनेहरू विपन्न वर्गमा पर्दछन्। सम्पन्न वर्गहरू नेपालको सन्दर्भमा हरेक हिसाबले अझ बढी सबल बन्दै गएको देखिन्छ। हाम्रो जस्तो विकासोन्मुख मुलुकमा राज्यको सम्पूर्ण शक्ति यी वर्गको हातमा रहेको देखिन्छ। पैसा र पावरको दुरुपयोग गरी विभिन्न विकृति पनि मौलाएको देखिन्छ । सम्पन्न वर्गले मध्यम वर्ग र विशेषगरी विपन्न वर्गलाई हरेक हिसाबले अगाडि बढाउन साथ सपोर्ट दिनुपर्ने हुन्छ। तर विभिन्न कोणबाट शोषण भइ...
दुई मन्त्रीको द्वन्द्वले तरुण दल लमजुङ अधिवेशनमा खुकुरी प्रहार

दुई मन्त्रीको द्वन्द्वले तरुण दल लमजुङ अधिवेशनमा खुकुरी प्रहार

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाज, सम्पादकिय
पोखरा नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल लमजुङमा निम्तिएको विवादले जिल्ला अधिवेशन रणमैदानमा परिणत भएको छ । सदरमुकाम बेसीसहरमा भएको अधिवेशनको विवादले शनिबार एउटा समूहबाट खुकुरी नै प्रहार भएको छ । ज्यानै जान सक्नेगरी भएको खुकुरी प्रहारले ४ जना घाइते भएका छन्, जसमध्ये २ जनालाई उपचारका लागि चितवन रिफर नै गरिएको छ । पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बेसीसहर बजारमै भएको खुकुरी प्रहारबाट नगरपालिका–९ का वडाअध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजंग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य शंकर सापकोटा भएका हुन् । गम्भीर घाइते बनेका खुसीजंग र सुदीलाई थप उपचारका लागि चितवन रिफर गरिएको छ । उनीहरूको टाउकोमा गम्भीर चोट लागेको छ । अन्य दुई जनाको भने लमजु...