आज देखि बुटवलमा मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता, पुर्व राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने


बुटवल
मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ बुटवलमा आयोजना भएको छ ।

आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले सोमबार बुटवलमा मदन भण्डारी कप – २०८३ को ट्रफि अनावरण र तयारीको बारे जानकारी गराउन पत्रकार सम्मेलन गरी प्रतियोगिता आज अर्थात् असोज १२ गतेदेखि १७ गतेसम्म बुटवलमा सञ्चालन हुने जानकारी दिएको हो ।


एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले कार्यक्रमको उद्घाटन पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ३ वजे गर्ने कार्यक्रम तय गरिएको र एक खेल समेत खेलाउने जानकारी दिए।
आचार्यका अनुसार ‘सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगितामा नेपालका साथै भारत र श्रीलंकाका गरी ८ वटा पुरुष भलिबल टोलीहरूले सहभागिता जनाउनेछन् ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगर उपप्रमुख सावित्रा अर्यालले मदन भण्डारीको स्मृतिसंगै एकेडेमीले अन्तर्राष्ट्रिय भलिबल कप बुटवलमा आयोजना गरी खेलकुद,व्यवसाय, पर्यटकीयसंगै बुटवलको पहिचान देश तथा विदेशमा पहिचान गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको धारणा राखिन्।
अर्यालले स्वास्थ्यका लागि खेल आवस्यक रहेको र आफ्नो नगरमा आयोजना गरिएकोले सक्दो सहयोग गर्ने र आम बुटवलवासी र खेलप्रति हरुलाई साथ दिन आग्रह गरिन्।

प्रतियोगितामा नेपालमा ५ र विदेशी ३ टिम हुने अध्यक्ष आचार्यले बताए । उनका अनुसार नेपाल पुलिस क्लब, नेपाल ए.पि.एफ. क्लब, मणिमुकुन्द भलिबल क्लब, सभापोखरी भलिबल क्लब र गल्कोट भलिबल क्लब नेपालका हुन् । यस्तै गुजरात स्टेट भलिबल एसोसिएस र खैरा क्लब पन्जाब भारतबाट प्रतिनिधत्व गर्दैछन् भने श्रीलंकन टिमको रुपमा श्रीलंका पुलिस क्लब रहेको छ ।

प्रतियोगितामा विजेता टिमले ७ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने द्वितीय हुनेले ३ लाख ५० हजार, तृतीयले १ लाख ७५ हजार र सान्त्वना पुरस्कार स्वरूप ७५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
त्यस्तै, उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ तथा उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, प्रशिक्षक, ब्लकर र डिफेन्डरलाई जनही ५ हजार रुपैयाँ पुरस्कार दिइनेछ । प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’ले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ट्रफी, मेडल, प्रमाणपत्र तथा विधागत पुरस्कारसहित कुल ३१ लाख ६१ हजार रुपैयाँ पुरस्कार तथा सम्मानमा खर्च हुनेछ ।

प्रतियोगिता सञ्चालनका लागि कुल १ करोड ५३ लाख ४४ हजार ९०० रुपैयाँ बजेट अनुमान गरिएको अध्यक्ष आचार्यले जानकारी दिए ।

जसअन्तर्गत खेलाडी, अफिसियल तथा आयोजक व्यवस्थापनमा ५६ लाख २३ हजार ९०० रुपैयाँ, यातायात खर्चमा १० लाख रुपैयाँ, कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा २७ लाख ६० हजार रुपैयाँ, प्रचारप्रसार तथा सञ्चारमा १३ लाख ७५ हजार रुपैयाँ र अन्य विविध खर्च १४ लाख २५ हजार रुपैयाँ छुट्याइएको छ । यसका लागि राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद, स्थानीय सरकार, कर्पोरेट प्रायोजक, बैंक तथा वित्तीय संस्थालगायतका स्रोतहरूबाट आर्थिक व्यवस्थापन गरिने पनि उनले बताए ।

प्रतियोगितामा अन्तर्राष्ट्रिय रेफ्रि चन्द्र बदना राई रेफ्रि डेलिगेटको रूपमा रहनेछन् । सहभागी खेलाडी, निर्णायक र प्राविधिक जनशक्तिका लागि दुर्घटना बीमाको व्यवस्था गरिएको पनि उनले बताए ।

नेपाली भलिबलको विकास, प्रतिभा पहिचान तथा छिमेकी मुलुकहरूसँगको खेल सम्बन्ध मजबुत बनाउन यो प्रतियोगिता महत्त्वपूर्ण हुने एकेडेमीका अध्यक्ष आचार्यले विश्वास व्यक्त गरे ।

छुटाउनुभयो कि ?

बुटवलमा असोज १६ गते देखि नयाँ प्रविधियुक्त महोत्सव सञ्चालन हुने

बुटवलमा असोज १६ गते देखि नयाँ प्रविधियुक्त महोत्सव सञ्चालन हुने

बुटवलरुपन्देही बुटवलमा यहि असोज १६ देखि ३१ गते सम्म रमाइलो बुटवल महोत्सव सञ्चालन हुने भएको छ।सोमबार पत्रकार सम्मेलन मार्फत आय...
बाढीपहिरोमा ३१ जनाको मृत्यु, १ हजार ६०४ जनाको उद्धार

बाढीपहिरोमा ३१ जनाको मृत्यु, १ हजार ६०४ जनाको उद्धार

काठमाडौंअसोज ८ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी देशभर ३१ जनाको मृत्यु भएको छ। विपद्मा परी १२ जना बेपत्ता भए...
बेलायतको अमेरिकी एयरबेसमा आक्रमण प्रयास , इरानको संलग्‍नता आशंकामा अनुसन्धान हुँदै

बेलायतको अमेरिकी एयरबेसमा आक्रमण प्रयास , इरानको संलग्‍नता आशंकामा अनुसन्धान हुँदै

काठमाडौँबेलायतको ग्लुचेस्टरसायरस्थित अमेरिकी सेनाले प्रयोग गर्दै आएको ‘आरएएफ फेयरफोर्ड’ एयरबेसनजिकै भएको सम्भावित बम हमलाको ष...
आज देखि बुटवलमा मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता, पुर्व राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

आज देखि बुटवलमा मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता, पुर्व राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

बुटवलमदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भ...