पहिरोले विभिन्न राजमार्ग प्रभावित, केही सडक एकतर्फी सञ्चालनमा



काठमाडौँ
देशका विभिन्न भागमा परेको अविरल वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्ग तथा सहायक सडक खण्डहरू नराम्ररी प्रभावित भएका छन्। नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार धेरैजसो राजमार्गहरूमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

काठमाडौँ उपत्यका र बागमती प्रदेशअन्तर्गत ललितपुरको कान्तिलोकपथ र टिकाभैरव-चारघरे सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द भएका छन्। धादिङको पृथ्वी राजमार्गमा पर्ने कृष्णभिर र चालिसेमा पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालन गरिए पनि धादिङ र आसपासका क्षेत्रमा सुरक्षाका कारण अर्को सूचना नभएसम्मका लागि आवागमनमा रोक लगाइएको छ। यस्तै रसुवाका सबै मुख्य राजमार्गहरू बाढीका कारण ठप्प छन् भने मकवानपुरको हेटौँडा-भैँसे-भिमफेदी-फाखेल-काठमाडौँ सडक खण्ड पहिरोले पूर्ण रूपमा ठप्प छ। काभ्रेको बीपी राजमार्गमा भने एकतर्फी यातायात चालु गरिएको छ।
कोशी प्रदेशको सोलुखुम्बुमा भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सिद्धिचरण लोकमार्गसहितका सडकमा राति ८ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक बाहेकका सवारी र पैदल यात्रीको आवातजावतमा रोक लगाइएको छ।

गण्डकी प्रदेशमा पनि पहिरोका कारण सडक सञ्जाल अस्तव्यस्त बनेको छ। मनाङको चामे-बेशिसहर, बागलुङको कालिगण्डकी करिडोर, म्याग्दीको बेनी-जोमसोम र बेनी-दरबाङ सडक खण्ड पूर्ण रूपमा बन्द छन्। मुस्ताङको जोमसोम-कोरला, पर्वतको मालढुङ्गा-बेनी, नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, लमजुङको मध्य पहाडी लोकमार्ग र तनहुँको पृथ्वीराजमार्ग (घाँसीकुवा) मा पनि पहिरोले गर्दा यातायात पूर्ण रूपमा ठप्प भएको छ।

यसैगरी लुम्बिनी प्रदेशको गुल्मीस्थित कालिगण्डकी करिडोर तथा कर्णाली प्रदेशको कालिकोटस्थित कर्णाली राजमार्ग (गगने खोला) र मुगुको नाग्म-गमगढी सडक खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।

प्रहरी तथा स्थानीय प्रशासनले अवरुद्ध सडकहरू खुलाउने प्रयास गरिरहेका छन्। यात्रामा निस्कनुअघि सम्बन्धित क्षेत्रको सडक स्थितिबारे जानकारी लिन प्रहरीले सबैमा अनुरोध गरेको छ।

छुटाउनुभयो कि ?

मौसम पूर्वानुमान : लुम्बिनी प्रदेशसहित केही स्थानमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान : लुम्बिनी प्रदेशसहित केही स्थानमा वर्षाको सम्भावना

काठमाडौंजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
दशैंमा ‘चमेलीको पोइ’, असोज १६ देखि देशभर प्रदर्शनमा

दशैंमा ‘चमेलीको पोइ’, असोज १६ देखि देशभर प्रदर्शनमा

बुटवलनिर्देशक एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘चमेलीको पोइ’ आगामी असोज १६ गतेदेखि देशभरका हलमा...
आजको प्रतिनिधिसभा बैठक : विभिन्न विधेयक छलफलका लागि प्रस्तुत गरिँदै

आजको प्रतिनिधिसभा बैठक : विभिन्न विधेयक छलफलका लागि प्रस्तुत गरिँदै

काठमाडौंप्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा विभिन्न विधेयकमा...
नियामक निकायविनै रुपन्देहीमा उद्योग अनुगमन गर्न खोजेको भन्दै उद्योग संघको आपत्ति

नियामक निकायविनै रुपन्देहीमा उद्योग अनुगमन गर्न खोजेको भन्दै उद्योग संघको आपत्ति

बुटवलसम्बन्धित सरकारी नियामक निकायविनै उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्षले बुटवलमा मसला उद्योगको अनुगमन गर्न पाउन...