
बुटवल
रुपन्देही बुटवलमा यहि असोज १६ देखि ३१ गते सम्म रमाइलो बुटवल महोत्सव सञ्चालन हुने भएको छ।
सोमबार पत्रकार सम्मेलन मार्फत आयोजक संस्था रेडरक इभेन्ट एण्ड म्यानेजमेन्टका सिइयो विकल क्षेत्रीले महोत्सवको आयोजना गरिएको जानकारी गराएका हुन्।
बुटवल उपमहानगरपालिकाका वडानं ११ देविनगर, रंगशालामा आयोजना गरिएको महोत्सवमा २ सय ५० स्टल रहने जसमा स्थानीय र कृषि प्रवर्द्धनलाई प्रमुख प्राथमिकतामा राखिएको क्षेत्रीले वताए।
उनले महोत्सवको आम्दानीको ५ प्रतिषत रकम बाढी प्रभावितलाई सहयोग गर्ने योजना रहेको जनाए।
महोत्सवमा नेपालकै नयाँ प्रविधि वाल उद्यान अन्तर्गत ग्राभिटी राईभ ,हट एयर बेलुन (आकासमा उड्न सकिने) प्रविधिको समेत व्यवस्था रहेको छ भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ।
महोत्सवमा डान्स आईडियल, मम्मी डान्सको तैयारी रहेको र भोटिङ,टिकटलाई महत्व नदिने साथै जजमेन्टको आधारमा मुल्यांकन हुने समेत जानकारी दिएका छन्।