चौतारामा २ सय ५० जना शिशुका लागि पौष्टिक आहार वितरण


सिन्धुपाल्चोक || चौतारा साँगाचोकगढी नगरपालिका ५ मा ६ महिना देखि २३ महिना सम्मका २ सय ५० जना शिशुका लागि पौष्टिक आहार वितरण गरिएको छ । बलियो नेपालको प्रायोजनमा लायन्स क्लब अफ काठमाण्डौ सिन्धु चौतारा सिटीको आयोजनामा पौष्टिक आहार वितरण गरिएको हो । प्रत्येक शिशुलाई ३० दिनको लागि पुग्ने पौष्टिक पिठो वितरण गरीएको लायन्स क्लब अफ काठमाण्डौ सिन्धु चौतारा सिटीका अध्यक्ष सन्देश श्रेष्ठले जनकारी दिए ।
बालबालिकाको क्षेत्रमा गरेको अहिलेको सानो लगानीले भविष्यमा ठुलो प्रतिफल पाउने भएकोले यस्तो कार्यक्रम आयोजना गरिएको समेत अध्यक्ष श्रेष्ठबताए ।

पौष्टिक आहार वितरण कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा, वडा नंम्बर ५ का अध्यक्ष शिव श्रेष्ठ, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ लगायतले क्लबको कार्यप्रति प्रशंसा व्यक्त गरे । नगर प्रमुख सापकोटाले बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार ल्याउनको लागि पौष्टिक आहारमा नगरपालिकाले प्राथमिकता दिएर काम गर्ने उल्लेख गर्नुभयो ।

छुटाउनुभयो कि ?

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...
रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

बुटवलयातायात व्यवस्था कार्यालय, रुपन्देहीमा लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी १३ जनालाई गैरकानुनी रूपमा सवारी ...