चौतारामा २ सय ५० जना शिशुका लागि पौष्टिक आहार वितरण


सिन्धुपाल्चोक || चौतारा साँगाचोकगढी नगरपालिका ५ मा ६ महिना देखि २३ महिना सम्मका २ सय ५० जना शिशुका लागि पौष्टिक आहार वितरण गरिएको छ । बलियो नेपालको प्रायोजनमा लायन्स क्लब अफ काठमाण्डौ सिन्धु चौतारा सिटीको आयोजनामा पौष्टिक आहार वितरण गरिएको हो । प्रत्येक शिशुलाई ३० दिनको लागि पुग्ने पौष्टिक पिठो वितरण गरीएको लायन्स क्लब अफ काठमाण्डौ सिन्धु चौतारा सिटीका अध्यक्ष सन्देश श्रेष्ठले जनकारी दिए ।
बालबालिकाको क्षेत्रमा गरेको अहिलेको सानो लगानीले भविष्यमा ठुलो प्रतिफल पाउने भएकोले यस्तो कार्यक्रम आयोजना गरिएको समेत अध्यक्ष श्रेष्ठबताए ।

पौष्टिक आहार वितरण कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा, वडा नंम्बर ५ का अध्यक्ष शिव श्रेष्ठ, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ लगायतले क्लबको कार्यप्रति प्रशंसा व्यक्त गरे । नगर प्रमुख सापकोटाले बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार ल्याउनको लागि पौष्टिक आहारमा नगरपालिकाले प्राथमिकता दिएर काम गर्ने उल्लेख गर्नुभयो ।

छुटाउनुभयो कि ?

बूढीगण्डकी बाढी: विपद व्यवस्थापन प्राधिकरणले यस्तो भन्यो

बूढीगण्डकी बाढी: विपद व्यवस्थापन प्राधिकरणले यस्तो भन्यो

काठमाडौंगोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि आएको बाढीले नदी तटी...
बाढीपछिको त्यो यात्रा : मनमा उठेका पीडा,प्रश्न र समाधान

बाढीपछिको त्यो यात्रा : मनमा उठेका पीडा,प्रश्न र समाधान

श्रीराम ज्ञवालीकाठमाडौंदेखी नारायणगढ सम्मको यात्रा सधैँ एउटा चुनौतीपूर्ण अनुभव रहँदै आएको छ। तर, हालै रसुवा र भोटेकोशी क्षेत्...
बुढीगण्डकी बाढीः ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

बुढीगण्डकी बाढीः ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

काठमाडौंबूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् । दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल...
धैर्य हुनुस्,आपतकालीन सहयोगका लागि मन्त्रालयमा सम्पर्क गर्नुस्: गृहमन्त्री गुरुङ

धैर्य हुनुस्,आपतकालीन सहयोगका लागि मन्त्रालयमा सम्पर्क गर्नुस्: गृहमन्त्री गुरुङ

काठमाडौंगृहमन्त्री सुधन गुरुङले विशेष गरी बूढीगण्डकी नदी तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्...