युवतिलाई एक्लै पारी जवरजस्ती करणी गर्न खोज्ने पुरुष पक्राउ


सालझण्डी । घाँस काट्न जङगलमा गएकी युवतिलाई एक्लै पारी जवरजस्ती करणी गर्न खोज्ने एक जना पुरुषलाई ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको छ ।  साउन १० गते बिहान करिब नौ बजेपछि गाँउकै महिला दिदी नाता पर्नेसँग घाँसदाउरा गर्न युवति जङगल गएकोमा उनकि दिदी केहि समयमै जरुरी कामले फर्किएपछि जंगलमा एक्लै देखि सोहि मौका पारी जवरजस्ती करणी उद्योग गर्ने सैनामैना नगरपालिका वडा नं ५ मलमलाटोल बस्ने बर्ष ४८ को निलमणी दमाईलाई प्रहरीले पक्राउ गरेको हो।

सैनामैना नगरपालिका अन्तरगत तुलबुलिया खोलाको पुर्वपट्टी रहेको नेवारडाँडो जङगलको करिब पाँच सय मिटर माथिको जंगलमा घाँस काटि भारी पुर्याईरहँदा युवतिलाई बारुलाले टोकेपछि होहल्ला गरेको सुनि सोहि जंगलमा दाउरा काट्न गएका निलमणि दमाईले के भयो भनि सहयोग गर्ने बाहनामा गई एकान्त पारी युवतिको संवेदनशील अङगहरुमा छुन खोजि जवरजस्ती करणी गर्न खोजेकोमा बल प्रयोग गरी जंगलैजंगलको बाटो हुँदै युवति भागि निस्किएकी थिईन् ।

उक्त जवरजस्ती करणी उद्योग घटनाकी पिडित युवति १९ बर्षिया छिन् । बिवाहित समेत रहेकी युवतिलाई निलमणी दमाईद्वारा साउन १० गते दिउँसो करिब १२:३० बजेको समयमा जवरजस्ती करणीको प्रयास(उद्योग) भएकोमा बलपूर्वक ति व्यक्तिको पञ्जाबाट उम्किएर घर आईपुगेपछि आफूमाथि भएको घटना तत्काल ससुरालाई सुनाउँदा लुकाएर नराखी प्रहरीलाई भन्नुपर्छ भनेपछि तुरुन्तै सालझण्डी प्रहरीलाई खबर गरेकी थिईन ।

तत्काल घटनास्थल पुगेको प्रहरी निरीक्षक सहितको प्रहरी टोलीले घटनामा संलग्न बर्ष ४८ को निलमणी दमाईलाई लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी करणी सम्बन्धी कसुर (उद्योग) अन्तर्गत म्याद थप गरि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

छुटाउनुभयो कि ?

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...
आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा ? 

आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा ? 

१५ भदौ, वकाठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लाग्नेछ । देशका ...
विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...