अपराध

चाडपर्वको मुखमा अनलाइन ठगीको बिगबिगी

चाडपर्वको मुखमा अनलाइन ठगीको बिगबिगी

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँबडादशैँ र तिहारजस्ता चाडबाड नजिकिँदै गर्दा पोखरासहित देशभर अनलाइन ठगीका घटनाहरू चिन्ताजनक रूपमा बढेका छन् ।सामाजिक सञ्जालमा नक्कली विज्ञापन राखेर आकर्षक सामानको प्रलोभन देखाउने र अग्रिम भुक्तानी लिएर सम्पर्कविहीन हुने गिरोह सक्रिय भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले उपभोक्तालाई विशेष शतर्कता अपनाउन आग्रह गरेको हो । पछिल्लो समय अनलाइन सपिङको मोह बढ्दै जाँदा प्रविधिलाई दुरुपयोग गर्दै ठगी गर्ने क्रम पनि ह्वात्तै बढेको छ ।भौतिक रूपमा पसलमा गएर किनमेल गर्नुको सट्टा घरमै बसेर मोबाइलमार्फत अर्डर गर्ने बानीको फाइदा उठाउँदै अपराधीहरूले टिकटक, फेसबुक र इन्स्टाग्रामलाई मुख्य हतियार बनाएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र पासवानकाअनुसार गत वर्षको तुलनामा यस वर्ष अनलाइन ठगीका उजुरीहरू दिनानुदिन थपिँदै गएका छन् ।प्रहरीकाअनुसार...
रुपन्देहीमा लाइसेन्स वितरणमा सेटिङ, ७ जनाविरुद्ध अख्तियारको मुद्दा

रुपन्देहीमा लाइसेन्स वितरणमा सेटिङ, ७ जनाविरुद्ध अख्तियारको मुद्दा

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
रुपन्देही अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध सवारी चालक अनुमतिपत्र वितरणमा अनियमितता गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार अनुसन्धानका क्रममा तत्कालीन कार्यालय प्रमुख यादवले कार्यालयका अन्य कर्मचारी तथा ट्राफिक प्रहरीसँग मिलेमतो गरी लिखित तथा प्रयोगात्मक परीक्षामा सहभागी नै नभएका व्यक्तिलाई समेत उत्तीर्ण गराई सवारी चालक अनुमतिपत्र जारी गरेको पाइएको छ। आयोगले १३ जनालाई नियमविपरीत सवारी चालक अनुमतिपत्र जारी गरिएको जनाएको छ। अनुसन्धानबाट जापानमा वैदेशिक रोजगारीमा रहेका र नेपालमै उपस्थित नभएका एक व्यक्तिलाई समेत लिखित तथा प्रयोगात्मक परीक्षामा उत्तीर्ण गराई जे–१ वर्गको सवारी चालक अनुमतिपत्र जारी गरिएको खुलेको आयोगको दाबी छ। त्य...
भैरहवा सीमा नाकामा २ करोड ५१ लाखको गरगहना बरामद, एक महिला पक्राउ

भैरहवा सीमा नाकामा २ करोड ५१ लाखको गरगहना बरामद, एक महिला पक्राउ

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, सम्पादकिय, स्थानीय
रुपन्देहीरुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित सीमा जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१ लाख रुपैयाँभन्दा बढी मूल्यको गरगहना बरामद गरेको छ। प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेकी एक महिलालाई नियन्त्रणमा लिएर उनको साथबाट उक्त गरगहना बरामद गरेको हो। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा काठमाडौं महानगरपालिका–१९ बस्ने ४६ वर्षीया इला पटेललाई नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी नायब उपरीक्षक गोपीकृष्ण भट्टराईको कमान्डमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सीमा जाँचकक्षमा भारतबाट नेपालतर्फ आउँदै गरेकी पटेललाई जाँच गर्ने क्रममा उनको साथबाट शंकास्पद अवस्थामा ठूलो परिमाणमा गरगहना फेला पारेको जनाएको छ। प्रहरीका अनुसार पटेलको साथबाट विभिन्न डिजाइन तथा आकारका हार, औँठी, चुरा, माला, सिक्री, झु...
रुपन्देहीमा कटुवा पेस्तोलसहित दुईजना पक्राउ

रुपन्देहीमा कटुवा पेस्तोलसहित दुईजना पक्राउ

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीमा कटुवा पेस्तोलसहित दुईजनालाई प्रहरीलाई पक्राउ गरेको छ । ओमसतिया गाउँपालिका–६ बस्ने २३ वर्षिय अमन कुमार धवल र २० वर्षिय सुनिल केवटलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक आशिष विश्वकर्माले बताउनुभयो । प्रहरी निरीक्षक विश्वकर्माका अनुसार मंगलबार बिहान ७ बजे ओमसतिया–६ नरैनापुर बस्ने अमन कुमार धवलको घरमा कटुवा पेस्तोल लुकाईछिपाई राखिएको छ भन्ने गोप्य सूचना प्रहरीलाई प्राप्त भएको थियो । उक्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको टोलीले उक्त घरमा खानतलासी गर्दा कटुवा पेस्तोल १ थान, छर्रा २५ राउण्ड फेला परेपछि बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार थप अनुसन्धान जारी छ । ...
नवलपरासीमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली, दुई भारतीय पक्राउ

नवलपरासीमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली, दुई भारतीय पक्राउ

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलपश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले लागुऔषध कारोबारीमाथि गोली चलाएको छ। ब्यूरोको भैरहवा शाखाबाट खटिएको टोलीले लागुऔषध कारोबारमा संलग्न दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिने क्रममा चार राउण्ड गोली चलाएको हो। प्रहरीका अनुसार पक्राउ परेका दुवै जना भारतीय नागरिक हुन्। उनीहरूको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन। लागुऔषध नियन्त्रण ब्यूरोका एक अधिकृतका अनुसार उनीहरूलाई नियन्त्रणमा लिने क्रममा चार राउण्ड फायर गरिएको हो। घटनाका क्रममा प्रहरीले १५८ ग्राम खैरो हेरोइन बरामद गरेको ब्यूरो स्रोतले जनाएको छ। पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप विवरण सार्वजनिक गर्ने तयारी गरेको छ। ...
बुटवलमा जुवा खेलिरहेका ९ जना पक्राउ, १ लाख ३२ हजार नगद बरामद

बुटवलमा जुवा खेलिरहेका ९ जना पक्राउ, १ लाख ३२ हजार नगद बरामद

Breaking news 3, अपराध, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलबुटवल प्रहरीले जुवा खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट १ लाख ३२ हजार रुपैयाँ नगदसमेत बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार बुटवल उपमहानगरपालिका–३ गोलपार्कमा घर भाडामा लिएर जुवा सञ्चालन गर्दै आएका दम्पतीसहित ९ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा ५३ वर्षीया शिवानी शाही र उनका श्रीमान् देवकुमार शाही रहेका छन्। उनीहरूले जापानमा बस्ने एक व्यक्तिको घर पूरै भाडामा लिएर जुवा सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ।गोलपार्कमा भाडाको घरमा जुवा सञ्चालन भइरहेको सूचना पाएपछि बिहीबार प्रहरीले छापा मारेको थियो। सो क्रममा जुवा खेलिरहेका अन्य व्यक्तिसहित शाही दम्पतीलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार पक्राउ परेका अन्य व्यक्तिहरू बुटवल र पाल्पाका विभिन्न स्थानका जुवाडे हुन्। प्रहरीले उनीहरू...
चेक अनादर मुद्दामा फैसला, रुपन्देहीबाट दुई फरार प्रतिवादी पक्राउ

चेक अनादर मुद्दामा फैसला, रुपन्देहीबाट दुई फरार प्रतिवादी पक्राउ

Breaking news 3, अपराध, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल रुपन्देही प्रहरीले चेक अनादर मुद्दामा अदालतबाट फैसला भई कैद तथा जरिवाना तोकेर फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहत कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी सम्मानित रुपन्देही जिल्ला अदालतमा फैसला कार्यान्वयनका लागि पेश गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ प्रेमपथका राजु खनाल र लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का सन्तु चाई रहेका छन्। प्रहरीका अनुसार खनाललाई चेक अनादर मुद्दामा अदालतले ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो भने चाईलाई सोही प्रकृतिको मुद्दामा ३ हजार रुपैयाँ जरिवाना तोकेको थियो। दुवै जना अदालतको फैसला कार्यान्वयन नभई फरार रहेका थिए। प्रहरीले उनीहरूलाई २०८३ साल साउन २१ गते रुपन्देहीका विभिन्न स्थानबाट पक्राउ गरी अदालतमा पेश गरेको जनाएको छ। जि...
स्पाको चमकभित्रको अँध्यारो खोज्दै प्रहरी : बुटवल–तिलोत्तमामा एकैपटक छापा

स्पाको चमकभित्रको अँध्यारो खोज्दै प्रहरी : बुटवल–तिलोत्तमामा एकैपटक छापा

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलका व्यस्त बजार, मुख्य सडक र आवासीय क्षेत्र आसपास पछिल्लो समय स्पा तथा मसाज सेन्टरको संख्या बढ्दो छ। बाहिरबाट हेर्दा आधुनिक सेवा व्यवसायजस्तो देखिने यी केन्द्रभित्र के भइरहेको छ भन्ने प्रश्न भने पटक–पटक उठ्दै आएको छ। यही प्रश्नको जवाफ खोज्दै प्रहरीले बुधबार बुटवल र तिलोत्तमा क्षेत्रमा सञ्चालित २५ वटा स्पामा एकैपटक अनुगमन तथा छापा मारेको छ। इलाका प्रहरी कार्यालय बुटवलले विशेष सूचनाका आधारमा विभिन्न स्थानमा रहेका स्पा तथा मसाज सेन्टरमा एकसाथ टोली परिचालन गरेको थियो। प्रहरीका अनुसार केही स्पामा सेवा प्रवाहको आवरणमा मर्यादाविपरीत तथा गैरकानुनी गतिविधि भइरहेको सूचना आएपछि निगरानी बढाइएको थियो। अनुगमनका क्रममा बुटवलस्थित इनटाउनबाट सात महिला र पाँच पुरुष गरी १२ जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरू अमर्यादित गतिविधिमा संलग्न भएको आरोपमा नियन्त्रणमा परेको प्रहरीले जनाएको छ। नियन्...
थाइल्यान्डका एक किशोरले हजुरबुबा-हजुरआमा,शिक्षकगरी कम्तीमा सातको गरे हत्या

थाइल्यान्डका एक किशोरले हजुरबुबा-हजुरआमा,शिक्षकगरी कम्तीमा सातको गरे हत्या

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौँथाइल्यान्डमा एक किशोरले विद्यालय पुगेर शिक्षकहरूको हत्या गर्नुअघि आफ्ना हजुरबुबा–हजुरआमाको हत्या गरेका थिए। उनले गोली हानेपछि कम्तीमा सात जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। स्वास्थ्यमन्त्री पट्टाना प्रोम्फातका अनुसार विद्यालयमा ५ जना शिक्षकको मृत्यु भएको छ। गोली हान्ने आरोपित १४ वर्षीय विद्यार्थी पनि मृत भेटिएका छन्। उनले राजधानी बैंककको बाहिरी क्षेत्रमा रहेको आफ्नो घरमा हजुरबुबा–हजुरआमालाई मारेपछि विद्यालय गएको थाइल्यान्डका सार्वजनिक स्वास्थ्यमन्त्रीले बताए।उनका अनुसार हजुरबुबा–हजुरआमा घरमै मृत भेटिएका थिए। प्रहरीका अनुसार ती किशोरले प्रयोग गरेको ९ एमएम पिस्तोल उनका हजुरबुबाको थियो। हजुरबुवा शिक्षक थिए। सातौं कक्षाकी एक विद्यार्थीले आफू कक्षाकोठामा हुँदा गोली हान्ने ती किशोर एक कोठाबाट अर्को कोठामा हिँडिरहेका देखेको बताइन्। त्यसपछि उनले कक्षाकोठाको अगाडि उ...
रुपन्देहीबाट ७० हजार नक्कली भारतीय रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ

रुपन्देहीबाट ७० हजार नक्कली भारतीय रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १२ बाट प्रहरीले ठूलो परिमाणको नक्कली भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। नक्कली भारतीय नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय भैरहवाका प्रहरी निरीक्षक मान बहादुर बि.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले साउन १४ गते राति ९ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश, सिद्धार्थनगर सोहरतगढ बस्ने २१ वर्षीय अभिषेक कसौधन र भारतको महाराष्ट्र बस्ने २४ वर्षीय यश बाउसाहेब ब्राम्हण रहेका छन्। प्रहरीले उनीहरूको साथबाट ५०० दरका १४० थान (७० हजार) नक्कली भारतीय रुपैयाँ, विभिन्न कम्पनीका २ थान मोबाइल र २ थान भारतीय आधार कार्ड बरामद गरेको छ। पक्राउ परेका दुवै जनालाई रुपन्देही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रु...