किन लगातार विवादित हुँदैछिन् करिश्मा ?


काठमाडौं । जतिबेलासम्म करिश्मा मानन्धरलाई ‘सदावहार’ नायिका मानिन्थ्यो, विवाद उनीबाट पर थियो । सौन्दर्यको चर्चा धेरै हुन्थ्यो । तर यतिबेला करिश्माको चर्चा फिल्म र सौन्दर्यभन्दा राजनीतिक र सामाजिक विषयप्रति उनका विचारलाई लिएर भइरहेको छ । उनी लगातार विवादित भइरहेकी छन् ।

डा. बाबुराम भट्टराईको त्यतिबेलाको राजनीतिक दल नयाँ शक्ति ज्वाइन गरेपछि करिश्मा विवादित बन्न थालिन् । त्यसयता उनले राजनीति र भाइरल विषयवस्तुमा पनि लगातार टिप्पणी गरिरहेकी छन् ।

एमाले प्रवेश गरेपछि उनको चर्चा चुलिएको छ । न्वारनको नाम पनि सूर्यकुमारी बताएपछि त दर्शकले उनलाई करिश्माभन्दा सूर्यकुमारी नामले नै ट्रोल गरिरहेका छन् । तर भाइरल विषयवस्तुमा टिप्पणी गरिहाल्ने र लगत्तै अडान त्याग्ने कारणले करिश्मा विवादित बनेकी हुन् ।

शुक्रबार उनले निहारिका राजपुतको अदालतमा विचाराधीन मुद्दाबारे आफ्नो दृष्टिकोणबाट केही शब्द लेखिन् । ‘अब उप्रान्त भोकोलाई खाना र नांगोलाई लुगाबाहेक रुपैयाँको सहयोग गर्न म सक्दिनँ । निहारिका आमा, बुवासँग माफी माग । बच्चालाई असर पार्छ । तिम्रो जीवनलाई असर पार्छ,’ करिश्माको टिप्पणी थियो ।

सोही स्टाटससँगै उनले निहारिकाका निजी तस्वीर पनि सेयर गरिन् । केही घण्टामै उनको अर्को टिप्पणी आयो- दूधको दूध, पानीको पानी होस् । हामी एटीएम कार्ड होइनौं, मानिस हौं ।’ शनिबार अर्को स्टाटस आयो– झूठो यति नजिक भएछ । सत्य नचिनेको बिरानो लाग्न थाल्यो ।’ अनि त्यसपछि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयका पत्र पनि उनले सार्वजनिक गरिन् ।

बिन्दु चौधरी नामक एक फेसबुक प्रयोगकर्ता उनको स्टाटसमा टिप्पणी गर्छिन्- फिल्मको हिरोइन नै ठीक छ, राजनीति सुहाएन ।’ उनीजस्ता अन्य प्रयोगकर्ताले पनि करिश्माको टिप्पणीबारे आ-आफ्ना धारणा राखिरहेका छन् ।

कतिपय उनका प्रशंसकले करिश्माका यस्ता टिप्पणीलाई अपरिपक्वताको रुपमा व्याख्या गरिरहेका छन् । तर करिश्माले चाहिं विचार राख्न पाउनु सबैको स्वतन्त्रता भएको बताउने गरेकी छन् ।

विकिपिडियाले पनि करिश्मालाई राजनीतिज्ञ भन्दै स्टाटस चेन्ज गरेको छ । सन् १९८८ को फिल्म ‘सन्तान’बाट अभिनयमा डेब्यु गरेकी करिश्माले पछिल्लोपटक ‘फागू’ फिल्म निर्माण गरेकी थिइन् ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...