किन लगातार विवादित हुँदैछिन् करिश्मा ?


काठमाडौं । जतिबेलासम्म करिश्मा मानन्धरलाई ‘सदावहार’ नायिका मानिन्थ्यो, विवाद उनीबाट पर थियो । सौन्दर्यको चर्चा धेरै हुन्थ्यो । तर यतिबेला करिश्माको चर्चा फिल्म र सौन्दर्यभन्दा राजनीतिक र सामाजिक विषयप्रति उनका विचारलाई लिएर भइरहेको छ । उनी लगातार विवादित भइरहेकी छन् ।

डा. बाबुराम भट्टराईको त्यतिबेलाको राजनीतिक दल नयाँ शक्ति ज्वाइन गरेपछि करिश्मा विवादित बन्न थालिन् । त्यसयता उनले राजनीति र भाइरल विषयवस्तुमा पनि लगातार टिप्पणी गरिरहेकी छन् ।

एमाले प्रवेश गरेपछि उनको चर्चा चुलिएको छ । न्वारनको नाम पनि सूर्यकुमारी बताएपछि त दर्शकले उनलाई करिश्माभन्दा सूर्यकुमारी नामले नै ट्रोल गरिरहेका छन् । तर भाइरल विषयवस्तुमा टिप्पणी गरिहाल्ने र लगत्तै अडान त्याग्ने कारणले करिश्मा विवादित बनेकी हुन् ।

शुक्रबार उनले निहारिका राजपुतको अदालतमा विचाराधीन मुद्दाबारे आफ्नो दृष्टिकोणबाट केही शब्द लेखिन् । ‘अब उप्रान्त भोकोलाई खाना र नांगोलाई लुगाबाहेक रुपैयाँको सहयोग गर्न म सक्दिनँ । निहारिका आमा, बुवासँग माफी माग । बच्चालाई असर पार्छ । तिम्रो जीवनलाई असर पार्छ,’ करिश्माको टिप्पणी थियो ।

सोही स्टाटससँगै उनले निहारिकाका निजी तस्वीर पनि सेयर गरिन् । केही घण्टामै उनको अर्को टिप्पणी आयो- दूधको दूध, पानीको पानी होस् । हामी एटीएम कार्ड होइनौं, मानिस हौं ।’ शनिबार अर्को स्टाटस आयो– झूठो यति नजिक भएछ । सत्य नचिनेको बिरानो लाग्न थाल्यो ।’ अनि त्यसपछि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयका पत्र पनि उनले सार्वजनिक गरिन् ।

बिन्दु चौधरी नामक एक फेसबुक प्रयोगकर्ता उनको स्टाटसमा टिप्पणी गर्छिन्- फिल्मको हिरोइन नै ठीक छ, राजनीति सुहाएन ।’ उनीजस्ता अन्य प्रयोगकर्ताले पनि करिश्माको टिप्पणीबारे आ-आफ्ना धारणा राखिरहेका छन् ।

कतिपय उनका प्रशंसकले करिश्माका यस्ता टिप्पणीलाई अपरिपक्वताको रुपमा व्याख्या गरिरहेका छन् । तर करिश्माले चाहिं विचार राख्न पाउनु सबैको स्वतन्त्रता भएको बताउने गरेकी छन् ।

विकिपिडियाले पनि करिश्मालाई राजनीतिज्ञ भन्दै स्टाटस चेन्ज गरेको छ । सन् १९८८ को फिल्म ‘सन्तान’बाट अभिनयमा डेब्यु गरेकी करिश्माले पछिल्लोपटक ‘फागू’ फिल्म निर्माण गरेकी थिइन् ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...