रुपन्देहीवाट ५ जना विद्यार्थीले एसईईमा ल्याए चार जीपीए


बुटवल । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा रुपन्देहीवाट ५ जना विद्यार्थीले जीपीए चार ल्याएका छन् । जिल्ला शिक्षा इकाई रुपन्देहीका अनुसार एक सामुदायिक बिद्यालयसहित रुपन्देहीमा पाँचजनाले ल्याएका हुन् । अक्सफोर्ड माबिका दुई, होराइजन माबिका दुई जना र कालिका मानवज्ञानबाट एक जनाले जीपीए चार ल्याएका हुन् ।

बुटवलको सामुदायिक विद्यालय कालिका मानव ज्ञान माविबाट एक जनाले जीपीए चार प्राप्त गरेका हुन् कालिकाका छात्र विवेक न्यौपानेले ४.० जीपीए ल्याएको विद्यालयका शिक्षक युवराज कंडेलले जानकारी दिनुभयो । कालिका नेपालकै धेरै विद्यार्थीले अध्ययन गर्ने सामुदायक स्कुल हो जहाँ आठ हजार विद्यार्थी अध्ययनरत छन् । परीक्षामा ६०६ जना विद्यार्थी सहभागी भएका थिए ।

अक्सफोर्डका बिद्यार्थीहरु बिलक्षण भुसाल र दिपेश भुसालले जिपीए चार ल्याएको बिद्यालयले जनाएको छ । त्यस्तैगरी बुटवल – ११ कालिकानगरस्थित न्यू होराइजन इङ्गलिस बोर्डिङ स्कूलबाट दुई जनाले जीपीए चार प्राप्त गरेका हुन् । होराइजनका स्प्रीया ढकाल र बिमर्श ज्ञवालीले जीपीए चार ल्याएको बिद्यालयले जनाएको छ । रुपन्देहीका ३३५ बिद्यालयका १७ हजार ६९३ जना बिद्यार्थी परिक्षामा सामेल भएको जिल्ला शिक्षा इकाई रुपन्देहीले जनाएको छ । लुम्बिनी प्रदेशमा ८६ हजार ४८७ उत्तीर्ण भएका छन् । जुन कुल उत्तीर्णको १७.४५ प्रतिशत हो ।

छुटाउनुभयो कि ?

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय वि...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्...
आज श्रीकृष्ण जन्माष्टमी मनाइदै

आज श्रीकृष्ण जन्माष्टमी मनाइदै

काठमाडौँवैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक...
जलवायु परिवर्तनको असर र समाधान

जलवायु परिवर्तनको असर र समाधान

श्रीराम ज्ञवालीजलवायु परिवर्तन वर्तमान विश्वको सबैभन्दा ठूलो र गम्भीर चुनौती हो, जसले मानव सभ्यता, प्राकृतिक पारिस्थितिक प्रण...