रुपन्देहीवाट ५ जना विद्यार्थीले एसईईमा ल्याए चार जीपीए


बुटवल । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा रुपन्देहीवाट ५ जना विद्यार्थीले जीपीए चार ल्याएका छन् । जिल्ला शिक्षा इकाई रुपन्देहीका अनुसार एक सामुदायिक बिद्यालयसहित रुपन्देहीमा पाँचजनाले ल्याएका हुन् । अक्सफोर्ड माबिका दुई, होराइजन माबिका दुई जना र कालिका मानवज्ञानबाट एक जनाले जीपीए चार ल्याएका हुन् ।

बुटवलको सामुदायिक विद्यालय कालिका मानव ज्ञान माविबाट एक जनाले जीपीए चार प्राप्त गरेका हुन् कालिकाका छात्र विवेक न्यौपानेले ४.० जीपीए ल्याएको विद्यालयका शिक्षक युवराज कंडेलले जानकारी दिनुभयो । कालिका नेपालकै धेरै विद्यार्थीले अध्ययन गर्ने सामुदायक स्कुल हो जहाँ आठ हजार विद्यार्थी अध्ययनरत छन् । परीक्षामा ६०६ जना विद्यार्थी सहभागी भएका थिए ।

अक्सफोर्डका बिद्यार्थीहरु बिलक्षण भुसाल र दिपेश भुसालले जिपीए चार ल्याएको बिद्यालयले जनाएको छ । त्यस्तैगरी बुटवल – ११ कालिकानगरस्थित न्यू होराइजन इङ्गलिस बोर्डिङ स्कूलबाट दुई जनाले जीपीए चार प्राप्त गरेका हुन् । होराइजनका स्प्रीया ढकाल र बिमर्श ज्ञवालीले जीपीए चार ल्याएको बिद्यालयले जनाएको छ । रुपन्देहीका ३३५ बिद्यालयका १७ हजार ६९३ जना बिद्यार्थी परिक्षामा सामेल भएको जिल्ला शिक्षा इकाई रुपन्देहीले जनाएको छ । लुम्बिनी प्रदेशमा ८६ हजार ४८७ उत्तीर्ण भएका छन् । जुन कुल उत्तीर्णको १७.४५ प्रतिशत हो ।

छुटाउनुभयो कि ?

बाढीपछिको त्यो यात्रा : मनमा उठेका पीडा,प्रश्न र समाधान

बाढीपछिको त्यो यात्रा : मनमा उठेका पीडा,प्रश्न र समाधान

श्रीराम ज्ञवालीकाठमाडौंदेखी नारायणगढ सम्मको यात्रा सधैँ एउटा चुनौतीपूर्ण अनुभव रहँदै आएको छ। तर, हालै रसुवा र भोटेकोशी क्षेत्...
बुढीगण्डकी बाढीः ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

बुढीगण्डकी बाढीः ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

काठमाडौंबूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् । दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल...
धैर्य हुनुस्,आपतकालीन सहयोगका लागि मन्त्रालयमा सम्पर्क गर्नुस्: गृहमन्त्री गुरुङ

धैर्य हुनुस्,आपतकालीन सहयोगका लागि मन्त्रालयमा सम्पर्क गर्नुस्: गृहमन्त्री गुरुङ

काठमाडौंगृहमन्त्री सुधन गुरुङले विशेष गरी बूढीगण्डकी नदी तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्...
बूढीगण्डकी नदीमा भीषण बाढी : गोरखाको सल्लेरी बजार बगायो

बूढीगण्डकी नदीमा भीषण बाढी : गोरखाको सल्लेरी बजार बगायो

काठमाडौँबूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले गोरखामा ठूलो क्षति गरेको छ। एकाबिहानै बाढीले गर्दा त्यहाँको अवस्था तनावग्रस्त बन...